Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एभोकाडो गुणकारी फल

प्रभातफेरी अनलाइन ६४३७ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष ८, मंगलबार (६ साल अघि)
एभोकाडो गुणकारी फल

पञ्चमाया तामाङ
नेपालको धनकुटा जिल्लामा बढी उत्पादन हुने एभोकाडो जसलाई नेपालीमा घिउ फल भन्ने गरिन्छ । यो फल मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय नगदे फल हो । यसको वैज्ञानिक नाम पेर्से अमेरिकाना हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन्् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन्् ।

नेपालको धनकुटा लगायत उच्च पहाडी भागमा यसको राम्रो उत्पादन रहेको तथ्यांकबाट पुष्टि गर्दछ । समग्रमा मुलुकका अन्य विभिन्न ठाउँमा एभोकाडो फलेको पाइए पनि नेपालीहरुले यसको महत्व नबुझेकाले कमैले सेवन गर्छन्् । संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि यसलाई व्यावसायिक खेतीको रुपमा सुरु गरिएको छ ।

व्यावसायिक सोचमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्् । पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ । नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडोको राम्रो उत्पादन हुने गर्दछ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ ।

एभोकाडो समुन्द्र सतहबाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । माटोको पी एच छ ५.५ देखि देखि ६.५ भएको ठाउँ यसको लागि निकै राम्रो मानिन्छ । ३ फिट लम्बाई ३ फिट चौडाईको खाडल खन्नु पर्छ । १ः१ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवालाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ, बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोशे बाली रोप्दा माटोको उर्वरा शक्ति बढ््ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट््ने र हटाउने गर्नु पर्छ । बिरुवा रोपेको ३ देखि ५ वर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ । श्रावन देखि कार्तिक मंसिरसम्म टिपिने यो फलको मुख्य सिजन भने भाद्रदेखि असोजसम्म हो । नेपालमा एभोकाडो गुणस्तर अनुसार प्रति केजी ३०० देखि ५०० सम्म पर्छ भने ठाउँ अनुसार १०० देखी २८० सम्म बिक्रि हुने गर्दछ ।
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन्् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो कोहीले सेवन गर्न सक्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ भने हृदयघात र मृर्गाैला बिग्रिनबाट समेत बचाउँछ ।

त्यस्तै यो फलबाट हुने अर्काे फाइदा भनेको यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा चिनीको मात्रलाई सन्तुलित गरी मधुमेहबाट बचाउँछ । एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइने भएकोले आँखालाई स्वस्थ राख्न मदत गर्दछ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउँछ । अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमोथेरापीको साइड इफेक्टलाई न्युन गराउँछ र प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

एभोकाडोले दिने अर्काे फाइदा भनेको तौल नियन्त्रण गराउनु हो । चिकित्सकहरुको अनुसन्धान अनुसार एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दत गर्छ ।

एभोकाडोको समस्या भनेको एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ । मंसीरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ । बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै नलाग्नु यसको मुख्य समस्या रहेको छ । नेपाली बजारमा मंसीरतिर प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ । लगानी र प्रविधि प्रयोग गर्न सकियो भने नेपाली एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ ।

  • एभोकाडो गुणकारी फल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0