Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एभोकाडो गुणकारी फल

प्रभातफेरी अनलाइन ५९८५ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष ८, मंगलबार (३ साल अघि)
एभोकाडो गुणकारी फल

पञ्चमाया तामाङ
नेपालको धनकुटा जिल्लामा बढी उत्पादन हुने एभोकाडो जसलाई नेपालीमा घिउ फल भन्ने गरिन्छ । यो फल मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय नगदे फल हो । यसको वैज्ञानिक नाम पेर्से अमेरिकाना हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन्् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन्् ।

नेपालको धनकुटा लगायत उच्च पहाडी भागमा यसको राम्रो उत्पादन रहेको तथ्यांकबाट पुष्टि गर्दछ । समग्रमा मुलुकका अन्य विभिन्न ठाउँमा एभोकाडो फलेको पाइए पनि नेपालीहरुले यसको महत्व नबुझेकाले कमैले सेवन गर्छन्् । संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि यसलाई व्यावसायिक खेतीको रुपमा सुरु गरिएको छ ।

व्यावसायिक सोचमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्् । पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ । नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडोको राम्रो उत्पादन हुने गर्दछ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ ।

एभोकाडो समुन्द्र सतहबाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । माटोको पी एच छ ५.५ देखि देखि ६.५ भएको ठाउँ यसको लागि निकै राम्रो मानिन्छ । ३ फिट लम्बाई ३ फिट चौडाईको खाडल खन्नु पर्छ । १ः१ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवालाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ, बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोशे बाली रोप्दा माटोको उर्वरा शक्ति बढ््ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट््ने र हटाउने गर्नु पर्छ । बिरुवा रोपेको ३ देखि ५ वर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ । श्रावन देखि कार्तिक मंसिरसम्म टिपिने यो फलको मुख्य सिजन भने भाद्रदेखि असोजसम्म हो । नेपालमा एभोकाडो गुणस्तर अनुसार प्रति केजी ३०० देखि ५०० सम्म पर्छ भने ठाउँ अनुसार १०० देखी २८० सम्म बिक्रि हुने गर्दछ ।
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन्् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो कोहीले सेवन गर्न सक्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ भने हृदयघात र मृर्गाैला बिग्रिनबाट समेत बचाउँछ ।

त्यस्तै यो फलबाट हुने अर्काे फाइदा भनेको यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा चिनीको मात्रलाई सन्तुलित गरी मधुमेहबाट बचाउँछ । एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइने भएकोले आँखालाई स्वस्थ राख्न मदत गर्दछ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउँछ । अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमोथेरापीको साइड इफेक्टलाई न्युन गराउँछ र प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

एभोकाडोले दिने अर्काे फाइदा भनेको तौल नियन्त्रण गराउनु हो । चिकित्सकहरुको अनुसन्धान अनुसार एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दत गर्छ ।

एभोकाडोको समस्या भनेको एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ । मंसीरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ । बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै नलाग्नु यसको मुख्य समस्या रहेको छ । नेपाली बजारमा मंसीरतिर प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ । लगानी र प्रविधि प्रयोग गर्न सकियो भने नेपाली एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ ।

  • एभोकाडो गुणकारी फल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

  • लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0