Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धनकुटाको पहिचान बोकेको अर्काे खेती बन्दागोभी

प्रभातफेरी अनलाइन ७६४६ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १५, मंगलबार (६ साल अघि)
धनकुटाको पहिचान बोकेको अर्काे खेती बन्दागोभी

पञ्चमायाँ तामाङ
सदाबहारको रुपमा पाइने तरकारी बालीमध्ये बन्दागोभी खेती पनि एक हो । यो खेती गर्मीमा भन्दा हिउँदको समयमा बढी हुने गर्दछ । तराई तथा मध्य पहाडमा हिउँदमा तथा उच्च पहाडी क्षेत्रहरू (१५०० देखि २५०० मिटर) वर्षायाममा पनि बन्दा खेती लगाउने गरिन्छ ।

चिसो हावापानीमा खेती गरिने तरकारी बाली तर केही वर्णशङ्कर जातहरू छोटो अवधि र बढी तापक्रममा पनि खेती गर्ने गरेको छ । उन्नत जातहरूमा गोल्डेन एकर, प्राइड अफइन्डिया र वर्णशङ्कर जातहरूमा ग्रीन कोरोनेट, टि–६२१, ग्रीन स्टानेर जेनिथ आदि रहेका छन् ।

बन्दा खेती चैतदेखि फागुनसम्म उच्च पहाड, मध्य पहाड, तराइ र भित्री मधेशमा रोपिन्छ । यसको लागि प्रशस्त प्राङ्गारिक पदार्थ र पिएच मान ५.५ भएको माटो उपयुक्त हुन्छ । तर धनकुटा जिल्लाको उत्तरी भेगमा रहेको उर्वराभूमि यसका लागि सदाबहार मान्न सकिन्छ ।

बन्दा खेतीको लागि चाहिने जग्गाको तयारी भनेको जग्गाको खनजोत गर्ने, आवश्यकता अनुसार झोल मल तथा सुक्ष्म तत्व (बोरोन) प्रयोग गर्ने, प्रति रोपनी १००० केजी देखि १५०० केजी सम्म दिन सकिने कृषि कार्यालयको तथ्यांकले देखाउँछ । जसअन्तर्गत रसायनिक मलको प्रयोग डिएपी ७.० केजी प्रतिरोपनीमा जमिन तयार गर्न सकिन्छ । त्यस्तै पोटास ५.० केजी प्रतिरोपनी, युरिया २.५ केजी प्रतिरोपनी प्रयोग गर्न कृषिले सिफारिस गरेको छ । तर किसानहरु आफ्नै अनुभव प्रयोग गर्ने गर्दा माटो बिग्रिनुको साथसाथै उत्पादन पनि सोचेजति नभएको विज्ञहरुको गुनासो रहेको छ ।

त्यस्तै बिउको प्रयोग उन्नत प्रति रोपनी ३० ग्राम, वर्णशङ्कर प्रतिरोपनी १५ ग्राम, बेर्ना भएपछि रोपनी १५०० ग्राम लाग्छ भने मलखादको मात्रा रासायनिक मलको परिमाण माटोको उर्वरा शक्ति अघिल्लो बाली, कम्पोट मलको परिमाण र बालीको जातमा भर पर्छ ।

विशेष गरी यस खेतीको लागि विरुवाको उमेर र सार्ने तरिका फरक फरक भएता पनि उत्पादनमा त्यस्तो कुनै भिन्नता देखिन्न । अगौटे बन्दालाई वर्षायाममा रोप्दा ड्याङमा ४५×४५ सेमीको जरकमार हिउँदमा उठेको ब्याडमा ६०×४५ सेमीको फरकमा रोप्ने, करिब २५ दिनको बेर्ना ४–५ पाते भएपछि सार्ने, बेर्ना सारेको ३ देखि ४ दिन भित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने, बेर्ना सारेको २५ दिन भित्र पहिलो पटक र ५० दिनभित्र दोस्रो पटक गोडमेल गरी हल्का उकेरा दिनुपर्छ ।

त्यसैगरी सिंचाई र निकास सम्भव भएसम्म आवश्यकता अनुसार २ देखि ३ पटक गोडमेल गर्ने र युरियाले साइड डे«स गरी सिंचाई गर्ने । पानी जम्न नदिने भन्ने कृषिको नीति अनुसार प्रकृतिको वरदान बनेको छ धनकुटाको उत्तरी भूभाग । जहाँ भिरालो भूमि छ र बन्दा खेतीका लागि अत्यन्तै उपयुक्त मानिन्छ ।

यसको मुख्य समस्या बन्दाको पुतली, इँटबुट्टे पुतली र लाही किरा लाग्छ । पुतलीका लार्भाले पात कोक्रेर खान्छ । लाहीले पातबाट रस चुस्छ भएता पनि धनकुटाको उत्तरी भाग चिसो भएको कारणले यस्ता खालका किराहरुको संक्रमण कमै भएको कृषि विज्ञहरुको राय छ ।

रोगमा मुख्यतः क्लब रुट र धुले ढुसी रोग लाग्छ । क्लब रुटले बिरुवाको जरामा गाँठो वा गिर्खा उत्पन्न हुन्छ र बिरुवा ओइलाउने हुन्छ भने धुले ढुसीले हल्का खैरो थोप्लाहरू पात र डाँठमा देखिएर बिरुवा भर्दछ । यी रोगहरूको नियन्त्रण गर्न सिफारिस गरिएका उन्नत तथा वर्णशङ्कर जात मात्र लगाउने, विरुवा उत्पादन (नर्सरी) रोग नलागेको स्थानमा गर्ने ।

क्लब रुटको लागि अम्लियपना जमिनमा बिरुवा लगाउनुभन्दा २ देखि ३ महिना अगाडि प्रति रोपनी १०० केजीका दरले चुन प्रयोग गर्न र वाली चक्र प्रणाली अपनाउने, ढुसीबाट बचाउन २ ग्राम बेभिष्टिन प्रतिकिलो बीऊका दरले मिसाएर बीऊ उपचार गर्ने, कडा बालीमा २.५ ग्राम म्यान कोजेब प्रति लिटर पानीमा मिसाएर गर्ने र बाली चरु प्रणाली अपनाउने गर्नुपर्दछ । जात अनुसार रोपेको ८० देखि १ सय २० दिनमा कसिलो भएपछि बन्दा काट्न सकिन्छ भने जात र व्यवथापन अनुसार प्रति रोपनी १५००–२००० केजी उत्पादन हुन्छ ।

यसको बजार नेपालका विभिन्न शहरहरु भएता पनि विशेष गरी नेपालको पूर्वी नाका हुँदै बंगलादेश जाने गरेको छ । जसले गर्दा यहाँका किसानले लगानी अनुसारको राम्रो मूल्य लिन सकेको कृषि विज्ञहरुको दाबी छ ।

  • धनकुटाको पहिचान बोकेको अर्काे खेती बन्दागोभी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0