Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिसोबाट बचौं, अरुलाई पनि बचाऔं

प्रभातफेरी अनलाइन ४६७९ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २२, मंगलबार (६ साल अघि)
चिसोबाट बचौं, अरुलाई पनि बचाऔं

आर.एल.श्रेष्ठ

गत वर्षको तुलनामा यस वर्ष चिसोको कारणले मृत्यु हुनेको संख्या ह्वात्तै बढेको स्वास्थ्यसँग सरोकार राख्ने निकायहरुले बताएका छन् । यसबाट पनि के पुष्टि हुन्छ भने चिसोले मानिसहरुलाई कतिको समस्या सिर्जना गरेको छ भन्ने प्रष्ट हुन्छ । त्यसैले चिसोबाट बच्नका लागि खेल्नपर्ने भूमिकाका बारेमा सूसुचित हुनु आवश्यक छ ।

विषेशतः गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । चिसोमा हुने समस्यामध्ये विशेषगरी हिउँ पर्ने ठाउँमा देखिएको छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहिरहे हिउँले खाने समस्या हुन सक्छ । यसमा शरीरका मूल भागबाट टाढा रहेका अङ्गहरु खासगरी हातखुट्टाका औला, अनुहार, नाक, कान आदि हिउँले खान सक्छ । त्यसैले शरीरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउनु पर्छ । यदि हिउँले धेरै खाएमा उक्त ठाउँलाई चिरेर फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । जस्तैः सजिलो भाषामा भन्नुपर्दा ग्याङ्ग्रिन लागेको औंलाहरु सम्झँदा हुन्छ ।

त्यस्तै अर्काे समस्या हाइपोथर्मियालाई पनि लिन सकिन्छ । यो समस्या शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ । यसको लक्षण तापक्रमअनुसार फरकफरक हुनसक्छ । मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ । कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ । यदि यसको समयमा नै उपचार वा रोकथाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा अधिकांशको मृत्यु मुटुको धड्कन बन्द भएको देखिन्छ ।त्यसैले आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ । ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा उलन तथा उनबाट बनेका लुगाहरू लगाउनु उपयुक्त देखिएको छ ।

त्यस्तै फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने यो एउटा सरुवा रोग हो । यो ए, बी, सी र डी गरी ४ प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने सी एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ । तर, ए र बी भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ । नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिन्छ । पछिल्लो समय स्वाइन फ्लु, हङकङ फ्लु र बर्ड फ्लुका कारण विशेष गरी पंक्षी व्यवसाय धराशयी भएको पाइन्छ । यो पनि चिसो लगायतकै उपज हो भन्ने गरिन्छ ।

यो पंक्षीमा मात्र नलागेर मानिसमा पनि संक्रमित हुन्छ । विशेष गरी व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ । त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ । संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्ने गरेको अनुसन्धानले देखाएको छ ।फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिक स्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हातमुख साबुन पानीले धुने गर्नुपर्छ । संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमा संक्रमण सर्ने सम्भावना कम रहन्छ भनिएता पनि नेपालको सन्दर्भमा त्यो लागू हुन सक्दैन । जुन किसिमको संस्कारमा हुर्किएको छ, त्यसले यो संक्रमणबाट टाढा राख्न सक्दैन । त्यसैले समस्या उत्पन्न हुनुभन्दा समस्या आउन नदिनु बुद्धिमानी हुन्छ ।

विशेष गरी जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । रुघाखोकी मात्रै होइन यो सँगै एलर्जी पनि हुन्छ । रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिने गरी सुरक्षित तवरले यात्रा गर्दा व्यवहारिक मानिन्छ । भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालय जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ । साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ । तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ । किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन् । बालबालिकाको हकमा त यो समय अत्यन्तै सावधान रहनुपर्छ ।
यो वर्षको सुरुवाती चिसोले विशेष गरी बालबालिका र बुढाबुढीलाई निकै सास्ती दिएको भएतापनि वयस्कहरु धेरैले मुटुसम्बन्धी समस्याको कारण ज्यान गुमाइसकेको तथ्य सार्वजनिक भएको छ । त्यसैले चिसोबाट जोगिनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना टाँस गरेरै नागरिकहरुलाई सूसुचित गरेको छ ।

अत्याधिक चिसोको कारण कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ । विशेष गरी ३ प्रकारबाट हृदयघात हुने भएतापनि यो समय चिसोकै कारण बढीभन्दा बढी मानिसको हृदयघात, रक्तप्रवाहमा समस्या आएरै भएको सम्बन्धित निकायको भनाई छ ।
चिसो मौसममा मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन । बिहान–बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ । सन्तुलित भोजनका साथ फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यस्तै चिसोबाट बच्न शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ । चिसोले छालामा भएको चिल्लो पदार्थलाई सोसेर सुख्खा बनाइदिन्छ र छालाले गर्नुपर्ने काम गर्न सक्दैन । त्यसैले जाडोमा छालाको राम्रो हेरचाह गर्नुपर्छ ।

  • अरुलाई पनि बचाऔं
  • चिसोबाट बचौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0