Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १९, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

काभ्रेपलाञ्चोक जिल्लाका सबै नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउने अठोट

प्रभातफेरी अनलाइन ३४३ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार (९ महिना अघि)
रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

काभ्रेपलाञ्चोक/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकले जिल्लाका सबै नागरिकहरुलाई निःशुल्क गरत उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षयकोष स्थापनाका लागि आयोजित छलफल कार्यक्रममा जिल्ला शाखाले अपेक्षा गरेभन्दा सयौं गुणा बढी दाताहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आयोजित अक्षयकोष स्थापनार्थ घोषणा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापति देवेन्द्र भैलले जिल्लाका कोहिपनि नागरिकहरु रगत नपाएर मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्य सहित स्थापना गर्न लागिएको जिल्ला रेडक्रस अक्षयकोषका लागि न्युनतम दुई करोड रकम जम्मा गर्ने लक्षलाई पुरा गर्नका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाहरुका सभापति र प्रतिनिधिहरुको सहभागितामा भएको छलफलमा यो उपलब्धी हासिल भएको हो । जिल्ला शाखाले प्रत्येक उपशाखाबाट न्युनतम १ लाख रुपियाँ अपेक्षा गरेकोमा आ–आफ्नो प्रतिबद्धा व्यक्त गर्ने क्रममा ३८ लाखको अपेक्षालाई दोब्बर बनाउने र आआफ्नो उपशाखामा यसबारेमा जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेपश्चात जिल्ला शाखा योअभियानलाई सफल बनाउन उत्साहित भएको सम्बोधनका क्रममा बताउनुभएको छ ।

कार्यक्रममा सहभागिहरुले पछिल्ला दिनहरुमा रगतको अभाव बढ्दै गएको बताए । हरेक दुई सेकेन्डमा विश्वभर कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । प्लाज्मा थेरापी, दुर्घटना, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि अवस्थामा रगतको एकदमै आवश्यकता हुने गर्छ । रगतको समूह प्रत्येक व्यक्तिअनुसार फरक हुने भएकाले समेत आवश्यक रगतको अभाव भइरहेको हुन्छ । संसारभरि बिरामीको सहजताका लागि ब्लड बैंकहरू सञ्चालनमा छन्, तर पनि प्रत्येक दिन रगत अभाव भइरहेको हुन्छ । जीवित रहनका लागि नभई नहुने तत्व हो रगत जुन प्लाज्मा र रक्तकोषबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषकतत्व सँगै अक्सिजनलगायतका आवश्यक पदार्थ प्रत्येक अंगमा पु¥याउने काम गर्छ । रगतले कार्बनडाइअक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने पदार्थलाई बाहिर निकाल्ने कामसमेत गर्छ । स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व हो, जुन प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ । यदि तीन महिनामा रक्तदान गर्ने हो भने शरीरमा नयाँ रगत बन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ । सामान्यतया, १८ वर्षदेखि ५६ वर्षको स्वस्थ व्यक्तिले रगत दान गर्न सक्छन् । सामान्यतया रक्तदान गर्दा कमजोरीपन देखिने भन्ने भ्रम रहेको पाइन्छ । तर, आवश्यक पौष्टिक आहारको सेवन गर्दा स्वास्थ्य समस्या देखिँदैन । तर, रक्तदान गर्दा स्वास्थ्य अवस्थाको भने ख्याल राख्नुपर्छ । रगतमा आइरन र हेमोग्लोबिनको कमी भएका व्यक्तिले रक्तदान गर्नुहुँदैन । जसले गर्दा उनीहरूमा झन् कमी भई समस्या हुन सक्छ । रक्तदान गर्ने व्यक्ति कुनै दीर्घरोग र संक्रामक रोग नभएको हुनुपर्छ । जस्तै– छारे रोगको औषधि सेवन गरिरहेको व्यक्तिले रक्तदान गर्न मिल्दैन ।

कार्यक्रममा ३८ वटा उपशाखाका सभापति तथा प्रतिनिधिहरुले यो मानविय अभियानमा सक्रिय सहभागिता जनाउने बताउँदै आम काभ्रेली नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन तथा रगत संकलन कार्यक्रमलाई विस्तार गर्न सक्रिय रहने बताए । अक्षकोष स्थापना भएपछि रत्तदान र चेतनामुलक कायक्रमहरुलाई बढाउँदै रगत संकलन तथा वितरणलाई प्रभावकारी पारदर्शी बनाउने प्रतिबद्धता जिल्ला नेतृत्वले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0