Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्यको लागि सुन्तला

प्रभातफेरी अनलाइन ६२६७ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (६ साल अघि)
स्वास्थ्यको लागि सुन्तला

आर.एल.श्रेष्ठ

नेपालमा उत्पादन हुने फलफूलमध्ये सम्भवतः पहिलो स्थानमा रहेको सुन्तला खेतीका बारेमा भनिराख्नु नपर्ला । यो फलफूलभित्र रहेका पौष्टिक तत्व भनौं या भिटामिनका बारेमा अझै पनि नेपाली अनविज्ञ रहेका छन् । नेपाली समाजमा अझै पनि चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा कृत्रिम भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक रहेको छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ ।

दैनिक सुन्तलाको सेवन गर्दा विभिन्न रोगहरु कम गर्न मद्धत गर्छ । सुन्तला खानाले मिर्गौलाको पत्थरी, दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई समेत फाइदा पुग्ने अध्ययनले देखाएको छ । त्यसैगरी डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाले फाइदा गर्छ भने रक्सीको लतलाई पनि यसले कम गर्नमा मदत पु¥याउँछ ।

विशेषतः सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकोले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । त्यसैगरी अहिले समस्याको रुपमा रहेको मृगौला सम्बन्धी रोगका लागि पनि सुन्तला खानु निकै उत्तम रहेको छ । सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

स्वास्थ्यको लागि घातक मानिने कोलेस्टरोल (अस्वभाविक बोसो) घटाउन सुन्तलामा रहेको फाइबरले महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य विज्ञहरुको भनाइ छ । सुन्तलामा पोटासियम र इलेक्ट्रोलाइट मिनरल हुनेहुँदा यसले मुटुको गतिविधिलाई स्वस्थका साथ सुचारु गर्न सहयोग दिन्छ । यसको अर्को फाइदा भनेको रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट सुन्तलामा पाइने पोलिफेनोल्स तत्वबाट जोगाउँछ ।

त्यस्तै अर्काे समस्या कब्जियत भएका व्यक्तिहरुको लागि पनि सुन्तलाले निकै राम्रो भूमिका निर्वाह गर्छ । यसमा फाइबरको मात्रा धेरै हुने भएकोले पाचन प्रक्रियालाई बलियो बनाई कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । सुन्तलामा पाइने भिटामिन सी पाउनुका साथै भिटामिन ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

अहिलेको समयमा उच्च रक्तचाप नहुने व्यक्ति सायदै कमै होलान् । सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ भने सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो राम्रो एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउन ठूलो भूमिका खेल्दछ भने सुन्तला बहुउपयोगी फलको रुपमा लिन सकिन्छ । समग्रमा यसको बोक्रा समेत स्वास्थ्यको लागि अत्यन्तै उपयोगी तत्वको रुपमा रहेको पाइन्छ ।

  • स्वास्थ्यको लागि सुन्तला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0