Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्यको लागि सुन्तला

प्रभातफेरी अनलाइन ५५४१ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (३ साल अघि)
स्वास्थ्यको लागि सुन्तला

आर.एल.श्रेष्ठ

नेपालमा उत्पादन हुने फलफूलमध्ये सम्भवतः पहिलो स्थानमा रहेको सुन्तला खेतीका बारेमा भनिराख्नु नपर्ला । यो फलफूलभित्र रहेका पौष्टिक तत्व भनौं या भिटामिनका बारेमा अझै पनि नेपाली अनविज्ञ रहेका छन् । नेपाली समाजमा अझै पनि चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा कृत्रिम भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक रहेको छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ ।

दैनिक सुन्तलाको सेवन गर्दा विभिन्न रोगहरु कम गर्न मद्धत गर्छ । सुन्तला खानाले मिर्गौलाको पत्थरी, दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई समेत फाइदा पुग्ने अध्ययनले देखाएको छ । त्यसैगरी डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाले फाइदा गर्छ भने रक्सीको लतलाई पनि यसले कम गर्नमा मदत पु¥याउँछ ।

विशेषतः सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकोले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । त्यसैगरी अहिले समस्याको रुपमा रहेको मृगौला सम्बन्धी रोगका लागि पनि सुन्तला खानु निकै उत्तम रहेको छ । सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

स्वास्थ्यको लागि घातक मानिने कोलेस्टरोल (अस्वभाविक बोसो) घटाउन सुन्तलामा रहेको फाइबरले महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य विज्ञहरुको भनाइ छ । सुन्तलामा पोटासियम र इलेक्ट्रोलाइट मिनरल हुनेहुँदा यसले मुटुको गतिविधिलाई स्वस्थका साथ सुचारु गर्न सहयोग दिन्छ । यसको अर्को फाइदा भनेको रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट सुन्तलामा पाइने पोलिफेनोल्स तत्वबाट जोगाउँछ ।

त्यस्तै अर्काे समस्या कब्जियत भएका व्यक्तिहरुको लागि पनि सुन्तलाले निकै राम्रो भूमिका निर्वाह गर्छ । यसमा फाइबरको मात्रा धेरै हुने भएकोले पाचन प्रक्रियालाई बलियो बनाई कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । सुन्तलामा पाइने भिटामिन सी पाउनुका साथै भिटामिन ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

अहिलेको समयमा उच्च रक्तचाप नहुने व्यक्ति सायदै कमै होलान् । सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ भने सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो राम्रो एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउन ठूलो भूमिका खेल्दछ भने सुन्तला बहुउपयोगी फलको रुपमा लिन सकिन्छ । समग्रमा यसको बोक्रा समेत स्वास्थ्यको लागि अत्यन्तै उपयोगी तत्वको रुपमा रहेको पाइन्छ ।

  • स्वास्थ्यको लागि सुन्तला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0