Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किबी फलको सम्भावना र महत्व

प्रभातफेरी अनलाइन ४८५६ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (६ साल अघि)
किबी फलको सम्भावना र महत्व

पञ्चमायाँ तमाङ
नेपाललाई कृषि प्रधान देशका रुपमा वर्णन गरिए पनि राज्यबाट जुन किसिमको गहन अध्ययन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । जसका कारण नेपालको उत्पादनहरु विश्वका विभिन्न मुलुकमा अति उपयोगी फलको रुपमा लिने गरिन्छ तर बिडम्बना भनौं त्यो लिखतमा मात्रै सीमित छ । जसको कारण नेपाली किसानहरु नयाँ तथा आधुनिक कृषि प्रणालीलाई अपनाएर आफ्नो आर्थिक उन्नती गर्न सकिरहेका छैनन् । यसको निम्ति पछिल्लो समयमा नेपालमा किवी खेती निकै नै लोकप्रिय बन्दै गइरहेको छ । फल मध्येको राजा भनेर चर्चा गरिन्छ । किवी फल एक किसिमको पोषणदार र महंगोखालको फलको रुपमा हेरिन्छ । यो अंगुरजस्तै लहरामा फल्ने फल हो । पछिल्लो समयमा नेपालका प्रायः सबै भूभागमा उन्नत किसिमको किबी उत्पादन हुने गरेको कृषि विज्ञहरुको भनाइ छ ।

यसको वैज्ञानिक नाम ब्अतष्लष्मष्ब म्भष्अिष्यकभ र अंग्रेजीमा पष्धषचगष्त हो । अध्ययन अनुसार नेपालीमा यसको नामकरण भएको छैन । किबीको बोटको लहर जाने, पानको पात जस्तै वाक्लो फराकिलो पात भएको झुसिलो रौँ भएको, खैरो, अण्डाकारको फल हो । यसलाई काटेर हेर्दा यसको आकर्षण लोभ लाग्दो देखिनु र विशष्ट गुण रहेको अध्ययनले देखाएको छ ।

यसको उत्पादन सुरुवाती दक्षिण पूर्वी चीनको याङजे भ्यालीमा भएको एक बहुपयोगी फलका रुपमा लिइन्छ । चिनियाँ भाषामा यसलाई याङताओ भनिन्छ । सन् १९०४ तिर न्युजिल्यान्डका ध्बलनबलगष् नष्चकि अयििभनभ का प्रिन्सिपल इसाबेर फ्रासरले चीनको मिसन स्कुलमा भ्रमण रहेको समयमा सन् १९०६ मा विउ ल्याई मालीलाई दिएको अध्ययनमा उल्लेख छ । सन् १९१० मा पहिलोपटक उक्त फल मालीको बगैँचामा फलाइएको पुष्टि हुन्छ । फल पाकेपछि नययकभ दभचचथ को जस्तो वासना दिने भएकाले यसलाई ऋजष्लभकभ न्यककभ दभचचथ भन्न थालियो । तर यो नययकभ दभचचथ को जातिमा पर्दैन । यसको महत्व बुझ्दै गएपछि व्यवसायिक रुपमा खेती सुरुवात गरिएको बुझिन्छ ।

१९२४ मा ज्बथधबचम ध्चष्नजत ले नयाँ जातको छनोट गरी हे–वाड नाम राखे र घरवारी बगैँचामा सुरुमा लगाएको पाइन्छ । सन् १९४० पछि मात्र व्यवसायीक रुपमा किवी खेत गर्न थालिएको बुझिन्छ । सुरुमा अध्ययन अनुसार न्यूजिल्यान्डमा व्यापक रुपमा खेती हुन थालेपछि सन् १९७४ मा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन, किवी फ्रुटको नामबाट राष्ट्रिय फलको रुपमा आधिकारिक घोषणा गरिएको थियो । आज विश्वमा नै यो फल किवी फलको नामबाट परिचित छ । किवी खेती गर्ने प्रमुख राष्ट्रको रुपमा न्युजिल्यान्ड, अस्टे«लिया, फ्रान्स, इटाली, चिली, चिन, स्पेन, जापान र भारत हुन् भने पछिल्लो समय नेपालका विभिन्न स्थानमा यसको खेती फस्टाउँदै गएको छ ।

किवी ब्अतष्लष्मष्बअभबभ परिवार अन्तर्गत ब्अतष्लष्मष्ब प्रजातीमा पर्दछ र किवी फलको धेरै थरि उपजातिहरु हुन्छन् । हालसम्म ७६ उपजाति पहिचान भईसकेको विज्ञहरुले जनाएका छन् । किवी फलको वैज्ञानिक नाम ब्अतष्लष्मष्ब कउउ। हो ।
किवी फलको धेरैथरि जातहरु भएता पनि व्यवसायिक खेती गरिएको प्रमुख तीन थरि उपजातिहरु छन् ।
१) ँगशशथ पष्धष् ९बअतष्लष्मबष्मभष्अिष्यकब० झुस भएको हरियो
२) ज्बष्चभिकक प्ष्धष् ९बअतष्लष्मष्ब ऋजष्लभलकष्क० रातो, पहेलो
३) ज्बचमष् प्ष्धष् ९ब्अतष्लष्मष्ब बचनगतब० दबदथ पष्धष् सानो आकारको किवी

ँगशशथ पष्धष् (बअतष्लष्मबष्मभष्अिष्यकब) खेती अन्तर्गत फलको दानामा झुस भएको किवी ब्अतष्लष्मष्ब मभष्अिष्यकब उपजातिमा पर्छ । खैरो रौले ढाकेको फलभित्र हरियो गुदी पाइन्छ । हरियो गुदीभएका विभिन्न जातहरु यो उपजातिमा पर्दछ । यसमा पर्ने जातहरुमा हेवार्ड, एलिसन, मोन्टी, ब्रुनो र एबोट हुन् । विशेष गरी नेपालमा यो जातका किबीहरुको खेती फस्टाएको सरोकारवालाको भनाइ छ ।

हेवार्ड जातको किबी विश्वमै सबैभन्दा प्रसिद्ध जातको मानिन्छ । यो जातको किबी अन्य जातभन्दा एक वर्ष बढी फल्ने अर्को वर्ष कम फल्ने, फल चेप्टो फराकिलो भई लम्वाई भन्दा चौडाइ बढी, फलको बोक्रा हरियो रङको हुन्छ भने फलमा वाक्यलो झुस भइकन पनि नरम हुन्छ । यो फल स्वादिलो मिठो र गुलियो, बढी चिलिङ चाहिने, ढिलो फल्ने र पाक्ने भएता पनि नेपाली कृषकहरुको रोजाइमा अझसम्म जोडिन सकेको पाइँदैन ।

त्यस्तै एलिसन किबी हल्का ठूलो र लामो खालको हुन्छ । फल चाँडै पाक्ने र अत्याधिक फल्ने, अमिलोपना कम भई स्वादमा मिठो, बढी चिसो हावापानीको लागि उपयुक्त मानिन्छ । जसको कारण नेपालको उत्तरी भूभाग यसको लागि उर्वरा भूमीको रुपमा लिन सकिन्छ । जस्तैः धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाहरु यस फलको लागि उपयुक्त मान्न सकिन्छ ।

त्यसैगरी किबीको अर्काे जात मोन्टी हो । यो ढिलो फूल फूल्ने भए पनि पाक्ने समय अन्य जात जस्तै हो । यो झुप्पामा धेरै फल फल्ने बढी फल छाट्नु पर्ने, फल हल्का लामो र मध्य खालको, भेट्नो साँघुरो टुप्पोतिर फुलेको हुन्छ । यसको स्वाद र गुलियोपना मध्यम हुन्छ भने यसमा बढी अमिलोपना हुन्छ ।

ब्रुनो फल ढिलो पाक्ने जात हो । यो फल सिलिन्ड जस्तो गोलो अन्य जात भन्दा लामो भेट्नोति साँघुरो तर टुप्पोतिर हल्का फराकिलो हुन्छ । फलमा गाढा खैरो रङको छाला भएको राँै ज्यादै वाक्लो तर छोटो हुने हुँदा अत्याधिक फल्ने स्वभावको तर ब्कअयचदष्अ बअष्म बढी हुने गर्दछ ।
यसैगरी किबी फलको अर्काे जात भनेको अबुट हो । यस फलमा फूल अलि चाँडै फुल्ने अगौटे जातको हुन्छ । फल मध्यम साइज अण्डा आकारको, लामो र बाक्लो झुस फलमा हुने भएकोले कम अमिलोपना भएको मीठो र स्वादिलो जात हुन्छ । यो नेपालको सबै भूभागमा सहजै खेती गर्न सकिने अध्ययनमा देखाएको छ ।

किबी फल नेपालमा महङ्गो मूल्य पर्ने फलफूल मध्ये यो फल पनि एक हो । यो फलको प्रयोग नेपालीहरुले भन्दा पनि विदेशीहरुले बढी उपयोग गरेको पाइन्छ । कृषि विज्ञका अनुसार ६ मिटर दुरीमा रोप्दा प्रतिरोपनी १५ बोट विरुवा अटाउँछ । व्यवस्थित बगैँचामा कम्तीमा पनि १० बोटमा फल लाग्ने गरेको कृषकहरु बताउँछन् भने रोपेको ५ वर्षदेखि सरदर प्रतिबोट ५० केजी फल फल्ने बताइएको छ । किबी ४० देखि ५० वर्षसम्म लगातार उत्पादन दिने हुँदा लामो समयसम्म फाइदा लिन सकिन्छ ।
किबी फलबाट विशेष गरी प्रेसर, मुटुको रोगी, मधुमेह रोगी, कोलेस्ट्रोल घटाउन सहयोग गर्ने, पेटसम्बन्धी रोगहरु, कोलन क्यान्सर र दमको रोगीहरुका लागि यो फल निकै लाभदायी रहेको चिकित्सकहरुले बताएका छन् ।

  • किबी फलको सम्भावना र महत्व
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0