Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल लसुन उत्पादनमा परनिर्भर

प्रभातफेरी अनलाइन ७०८२ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार (६ साल अघि)
नेपाल लसुन उत्पादनमा परनिर्भर

पञ्चमाया तामाङ
मसला बालीमध्ये सदाबहार मसलाको रुपमा लसुनलाई लिने गरिन्छ । पछिल्लो समय नेपालमा उत्पादन गरिने विभिन्न मसला बालीहरूमध्ये हिउँदमा खेतीको रुपमा लसुनलाई लिएता पनि पछिल्लो समय बाह्रै महिना खेती गर्न सकिने भएको छ । जसले गर्दा बेसिजनमा पनि लसुनको स्वाद लिन पाइन्छ । विशेष गरी यसको उत्पादनलाई हिउँदे बालीको रुपमा लिने गरिन्छ ।

जमीनमूनि फलेको लसुनको भागलाई नेपालीमा पोटी, मैथिलीमा झावा र भोजपुरीमा ढेरी तथा छुट्याईएको एउटा भागलाई नेपालीमा बिजुला वा केस्रा, मैथिली र भोजपुरीमा दाना भन्ने गरेको पाइन्छ । वर्षा मौसमको उत्तरार्धमा कम पानी पर्नाले र हिउँदमा पानी नपरी सुख्खा खडेरी हुने तराई मधेश तथा पहाडका उर्वर जमीनहरू खेर गईरहेका भूमीमा खेती गर्न सकिन्छ । लसुन उत्पादन पश्चात अर्को केही महिनासम्म भण्डारण गरी अत्याधिक आम्दानी गर्न सकिने बाली हो ।

यस खेतीको लागि नेपालका तराईदेखि हिमालसम्मकै भू–भागहरु उपयुक्त रहेको पाइन्छ । ठाउँअनुसार खनजोत गरेर यसको खेती गर्ने चलन छ । लसुन अचार, तरकारी, माछा, मासु लगायतमा स्वाद र सुगन्धका लागि मसलाको रूपमा प्रयोग गर्ने गरिन्छ । लसुनमा भएको पौष्टिक तत्वले रूघाखोकी, आँखा पाक्ने, कान दुख्ने, पेट दुख्ने, जुका पर्ने, ग्यास्ट्रीकका साथै भैंसेदादका लागि अचुक औषधीको रुपमा लिन सकिन्छ । कीट तथा रोगनाशक जैविक विषादी बनाउन समेत उपयोग गरिन्छ । लसुनमा एलिसिन नामक रसायन हुने भएकोले ग्राम नेगेटीभ जीवाणु र विभिन्न ढुसीहरूको वृद्धिमा रोकथाम गर्छ । लसुुनको तेल प्रयोग गर्नाले लामखुट्टे र त्यसको फुल र लार्भाहरू मर्छन् । घरको झिङ्गा, आलुको पुतली तथा नरिवल र सुपारीको रातो खपटेको अण्डामा यसको तेल छर्नाले लार्भा निस्कन सक्दैन । लसुनले बाथको रोगमा फाईदा गर्नुका साथै घाँटी फोक्सोलाई सफा राख्दछ । लसुनले एन्टीसेप्टीकको काम गर्दछ । लसुनको दैनिक सेवनले हृदयरोग, रक्तचाप र रगतको कोलेस्टरोल घटाउँछ ।

विशेष गरी १०० ग्राम तौल भएको लसुनमा ६.३ ग्राम प्रोटिन, ०.१ ग्राम चिल्लो पदार्थ, ०.५ ग्राम रेसा, १ ग्राम खनिज पदार्थ, २० ग्राम कार्वोहाईड्रेट, ३० मिलिग्राम क्यालसीयम, ३१० मिलिग्राम फसफोरस, १३ मिलिग्राम भिटामिन सि, १.३ मिलिग्राम फलाम, ०.१६ मिलिग्राम राइबोफ्लेविन, ०.४ मिलिग्राम निकोटिनिक एसिड र १४२ क्यालोारी शक्ति पाईन्छ । लसुनलाई विशेष गरी चिसो हावापानी आवश्यक हुने भएकोले छोटो दिन र लामो रात उपयुक्त मानिन्छ । लसुन खेतीको लागि माटोमा प्रांगारिक पदार्थ प्रशस्त हुनुपर्छ । त्यस्तै पानी नजम्ने, बलौटे दोमट, माटोको पी. एच. ५.८ देखि ६.८ राम्रो हुन्छ ।

लसुन ठाउँअनुसारका जातहरु सिफारिस भएका छन् । विशेष गरी नेपाली भूबनौट अनुसार तपसिलका जातहरु उपयुक्त रहेको विज्ञहरुको राय छ । सि. ओ २, यमुना सफेद १, यमुना सफेद २ आदि जातहरू सिफारिस भएका छन् । मध्य तथा उच्च पहाडका किसानहरू भोटे लसुन तथा पछिल्लो समय चीनका केही जातहरू लगाउने गरेको पाइन्छ । आकार, पोटी संख्या र स्वादको आधारमा लसुनको असल उत्पादनशिल जात छुटयाउन सकिन्छ । ठूला, आकर्षक, चाउरी नपरेका, स्वस्थ्य र पुष्ट पोटी बीउमा प्रयोग गर्नु पर्दछ । रोप्नुभन्दा अगाडी लसुनको बिजुला वा केस्रालाई छुट्याईन्छ । रोप्दा जराको भाग तल र टुसाको भाग माथि गरेर रोप्नुपर्छ ।

साधारणतया लसुन एक बोट देखि अर्काे बोट १०से.मी.मा र हार देखि हार १५ से.मी.मा रोपिँदा राम्रो देखिन्छ । मसला बालीमध्येको नगदे बालीको रुपमा लिने लसुनलाई गाउँघरमा औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको पछिल्लो तथ्यांक हेर्दा नेपालको उत्पादन अत्यन्तै कम भएको सम्बन्धित व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार चीन र भारतबाट नल्याईकन नेपालको आवश्यकता परिपूर्ति गर्न नसकिने अवस्थामा रहेको बताउँछन् । त्यसैले पनि यसको बजार अस्थिर छ । जब नेपालमा उत्पादन भएको लसुन भण्डारणको कमीले गर्दा फागुन, चैत भित्र बजारमा लगिसक्नुपर्ने हुनाले नेपाली उत्पादनले उचित मूल्य पाउन सकिरहेको छैन । तर चीन र भारतमा उचित भण्डारण भएको कारण बेसिजनमा बजारमा ल्याउने भएको कारणले विचौलियाहरुको चलखेल राम्रै भएको पाइन्छ । तसर्थ, यसको उत्पादन, भण्डारण र बजारका लागि राज्यको ध्यान जानु आवश्यक छ ।

  • नेपाल लसुन उत्पादनमा परनिर्भर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0