Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उद्यम विकासको प्रेरणाबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ -बञ्जारा

प्रभातफेरी अनलाइन ५११९ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार (६ साल अघि)
उद्यम विकासको प्रेरणाबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ -बञ्जारा

पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि. पनौती ७ काभ्रेको १३औं स्थापना दिवस प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख गिता बञ्जाराले महिलाहरु पनि पुरुषभन्दा कम नरहेको तथा थोरै पूँजीमा पनि सफल व्यवसायी बन्न सक्नेका साथै बचत समेत गर्ने भएको हुँदा महिला दिदीबहिनीहरुलाई अझ बढिभन्दा बढी उद्यमीझैं आत्मनिर्भर रही स्व–आर्जन गर्नमा समेत प्रेरित हुनको लागि सम्पूर्ण सम्मानित दिदीबहिनीहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

विगतका वर्षहरुभन्दा फरक शैलीमा संस्थाका शेयर सदस्यहरु मध्ये ऋणको कारोबार गरी नियमित बचत तथा ऋणका साथै आफैं स्वयं उद्यमी भई उद्यम गर्नुहुने संस्थाका ६ जना महिलाहरुलाई उद्यमी महिला सम्मान २०७६ बाट सम्मानित गरी दोसल्ला प्रमाणपत्र तथा नगद रु. ३ हजारका दरले सम्मान पत्र वितरण गरिएको थियो । सो कार्यक्रममा सञ्चारकर्मी प्रदिप केसीले संस्थाले विगतका वर्षझैं यस पटक महिला उद्यमीहरुलाई सम्मान गर्दा ज्यादै खुशी लागेको व्यक्त गर्नुभएको थियो । त्यस्तै सहयोगी रोजगारदाता सेवा केन्द्र प्रमुख जुना केसीले संस्थाले दिन दुगुणा रात चौगुणा प्रगति गर्दै गइरहेको तथा महिलाहरु पनि समाजमा केही गर्न सक्छ भन्ने भाव व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरुमध्ये टिकारानी माया वाइबाले ०६४÷०६५ मा आफूले संस्थाको २० हजार ऋणको व्यवसायबाट आफू आज यो अवस्थामा सम्वृद्ध हुन सकेको अवस्थामा आभार व्यक्त गर्नुभएको थियो । जसको परिणाम उद्यम विकासले गर्दा आफैंले १२ जना व्यक्तिलाई रोजगारी दिन सफल भएको हुँदा उद्यम विकासप्रति आफूलाई गौरवको महसुस गरेको व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष सनिल सुन्दर सैंजूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ऋषिराम सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा तपसिलका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । दिपा श्रेष्ठ पिया, वसुनमाया बल, गोमादेवी बञ्जारा, दुर्गा परियार र सृजना तिमल्सिना रहनुभएको छ ।

  • उद्यम विकासको प्रेरणाबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ -बञ्जारा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0