बनेपा/बनेपामा रहेको सिभिल बैंकमा सम्मान बचत खाता खोल्ने खातावालालाई उपचार खर्च बापतको रकम प्रदान गरेको छ ।बैंकले खातावालालाई ७ लाखसम्म दुर्घटना वीमा र वर्षमा १ लाख सम्मको उपचार खर्च दिने व्यवस्था गरे अनुसार उपचार खर्च वापत २३ हजार ८ सय रकम बराबरको चेक शुक्रबार बैंकको शाखाकार्यालय बनेपामा हस्तान्तर गरिएको हो ।
सिभिल बैंक लि. बनेपा शाखामा विगत ६ महिना अघि खाताखोलेका खातावाला प्रकाश मानन्धरलाई उक्त चेक बैंकका शाखा प्रमुख सुरज धितालले हस्तान्तरण गर्नुभएको थियो । । बैंकले हाल संचालनमा ल्याएको सिभिल सम्मान बचत खाता अन्तर्गत खाता खोलिएको खातावालाले ७ लाखसम्म दुर्घटना वीमा र वर्षमा रु.१ लाख सम्म उपचार खर्च दावीगर्न पाउने व्यवस्था रहेको छ ।
खातावालाहरुको मन जित्दै विश्वास हासिल गर्न सफल बैंकले विभिन्न आकर्षक बचत योजना ल्याई खातावालाको बचत तथा सेवामा समर्पित सिभिल बैंकले बचत योजनाहरुमा आकर्षक व्याज समेत प्रदान गरिदै आईरहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |