Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रमा राजधानी बनाउने बिषयमा धेरै संघर्ष गरीयो -लम्साल

प्रभातफेरी अनलाइन ४९५६ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार (६ साल अघि)
काभे्रमा राजधानी बनाउने बिषयमा धेरै संघर्ष गरीयो -लम्साल

पाँचखाल/प्रदेस सांसद लक्ष्मण लम्सालले चिर्वाचनको समयमा आफुहरुले भने अनुसार काभे्रमा प्रदेश नं ३ को राजधानी बनाउन धेरै संघर्ष गरेको बताउनु भयो । “अन्तत हाम्रो संघर्षको केही लागेन, हेटौडा हुदैन भन्ने पक्षमा बहुमत थियो तर नेकपाको सचिवालयको निर्णय साथै प्रतीपक्षको भुमिका खेल्दै गरेको काँगे्रसले अशहयोगले गर्दा राजधानी हेटौंडामै भयो ।”सांसद लम्सालले थप्नुभयो ।

डोने (राईदनुवार) मैलिक हल्लेउ (माघे सक्राती) उपलक्ष्यमा आयोजित शुभकामना तथा वृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सांसद लम्सालले उक्त धारणा राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लम्सालले थप्नुभयो प्रदेसमा रहेका ११० जना सांसद मध्य हेटौडाको विपक्षमा वहुमत तयार हुंदा पनि परिवन्धले गर्दा सफल हुन नसकेको बताउनु भयो । काभे्रमा रहेको सांसदहरुले जतीनै प्रयास गर्दापनि परिवन्धले गर्दा राजधानी हेटौडामै भयो ।

राजधानीको बिषयलाई लिएर हामी विरुद्ध विभिन्न भ्रम फैलाउन काम पनि नभएको होईन , तर वास्तविक शत्य कुरो लुक्दैन, त्यसको बिषयमा काभे्रली जनताले राम्रोसंग बुझेका छन् । हामी काभे्रलीले नचाहाँदा नचाहँदैपनि हेटौडा राजधानी भएको भन्ने बिषयमा राम्रोसंग बुझेका छन् काभे्रका जनताले । हामी अन्तिम समय सम्म धेरै लडेउ तर के गर्नु सफल हुन दिईएन । उहाँले भन्नुभयो “हामी सफल नभएको होईन, सफल हुन नदिएको हो ।”

कार्यक्रममा प्रमुख अतिथि लम्सालले इतिहासलाई राम्रोसंग चिन्न नसके टोल, गाँउ, संस्कृति मात्रै होईन राष्ट्रलाई जोगाउन समेत नसक्ने हुँदा ईतिहासको राम्रो मुल्याँकन गर्दै डोनेहरुले संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भयो । नेपालको बिभिन्न १४ जिल्लामा छरिएर रहेका डोने (दनुवार) हरुले आफ्नो संस्कृती , भोसभुषाको संरक्षण गर्न एक जुट भएर अघि बड्नुपर्ने बताउनु भयो । संस्कृती जोगाउने नाउमा भड्कीलो तरिकाले पर्व मनाए जोगिने नभई लोपहुने खतरा बढ्ने भएकोले आफ्नो क्षमता अनुसार पर्व मनाउनु पर्ने बताउनु भयो । पाँचखालका डोनेका छोरा छारी पढ्ने विद्यालय भएको नाताले आजाद माध्यमिक विद्यालयलाई नमुना विद्यालय वनाउनको लागि आफुले पहल गरेको बताउंदै डोने समाजको नव निर्मित भवनको लागि सहयोग गर्ने बताउनु भयो । राजधानी काभे्रमा ल्याउन नसकेपनि समृद्ध काभे्रको लागि हामी लागिरहेका छौं, त्यसकालागी सम्पुर्ण जनताको साथ र सहयोग आवश्यक हुने बताउनु भयो ।

कार्यक्रममा पाँचखाल नगरपालिकाको उप—मेयर लक्ष्मी दनुवारले नेपालको प्रमुख पहिचान भनेको बिभिन्न प्रकारको सँस्कृति, बिभिन्न भेसभुष, बिभिन्न जाती साथै भिन्न भिन्न धर्म हो । जसमध्य डोने (दनुवार) हरुको पनि छुट्टै भेसभुषा र पहिचान रहेको बताउनु भयो । पछिल्लो समयमा डोनेको पहिचान हराउने खतरामा परेकोले संरक्षणको लागि गोलबद्ध हुदै छ त्यसको लागि आफुले सक्दो सहयोग गर्दै आएको र निरन्तर रुपमा लागिरहने बताउनु भयो । डोनेको पहिचान साथै संस्कृति संरक्षणको लागि नेपालका १४ जिल्लामा छरिएर रहेका डोनेहरुलाई समेटेर अगाडी बड्ने लक्ष लिएको बताउनु भयो । हामीले आफ्नो पहिचान कायम गर्न नसक्दा “दनुवार” भन्दा कुन दनुवार थारु दनुवार कि राई दनुवार भनि सोध्ने गरेको पिडा सुनाउँदै आफ्नो पहिचानको लागि संग्राहलयको व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो । उहँले थप्नुभयो डोने समाजको भवन वनाउने कार्यको सुरुवात गरेका छौं, विस्तारै हाम्रो संस्कृति, भाषा, पहिचान संरक्षणको लागि अगाडी बढ्ने बताउनु भयो ।

आफ्नै डोने बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण डोनेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल डोने विकास समाजका अध्यक्ष राजन डोने, नेपाल डोने विकास समाजका सदस्य हरी वहादुर डोने, समाजसेवी शिमराज डोने लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो । आफ्नै डोने बचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख शत्रुधन डोनेले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा सार्क च्याम्पियन सिप कराते प्रतियोगितामा रजत पदक हासिल गर्न सफल चञ्चला हनुवार, कराते साहशिक व्यक्तित्व अशोक जंग दनुवार र हरिवहादुर दनुवार, कराते उत्कृष्ट व्यक्तित्वहरु गणेश दनुवार र रमेस दनुवारलाई सम्मान गरेको थियो । कार्यक्रम संञ्चालन नेपाल डोने विकास समाजका सचिव राजेश डोनेले गर्नुभएको थियो । कार्यक्रममा सिमल्टार साँस्कृतिक समुह, भिमटार साँस्कृतिक समुह, बकुलटार साँस्कृतिक समुह, पाँचखाल साँस्कृतिक समुह लगाएतले भाग लिनुभएको थियो ।

  • काभे्रमा राजधानी बनाउने बिषयमा धेरै संघर्ष गरीयो -लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0