Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एन्टिबायोटिकमा नागरिकको सरोकार

प्रभातफेरी अनलाइन ४९२८ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार (६ साल अघि)
एन्टिबायोटिकमा नागरिकको सरोकार

आर.एल.श्रेष्ठ

विश्वका कयौं मुलुकहरुमा प्रतिबन्धित औषधीको रुपमा रहेको एन्टिबायोटिक औषधी नेपालमा सामान्य फार्मेसीमा समेत सहजै उपलब्ध हुन्छ र प्रयोग गरिन्छ । जसको दीर्घकालिन असरका बारेमा चासो दिएको पाइँदैन । जसबाट जटिल अवस्था सिर्जना हुन्छ तब चिकित्सकको निगरानीमा बिरामी आइपुग्छ । यसले नेपालको चिकित्सा क्षेत्रलाई नै आक्रान्त बनाएको छ । यसका पछिल्ला घटनाक्रमलाई लिने हो भने चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक औषाधि सेवन गर्नेको संख्या बढ्दै गएको छ । चिकित्सकले सिफारिस नगरी एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेतापनि नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा बिक्री र प्रयोग हुँदै आएको स्वास्थ्यसँग सरोकार राख्ने विज्ञहरुको धारणा छ । स्वास्थ्य विज्ञहरुका अनुसार एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु एन्टिबायोटिकको गलत प्रयोगले हुने गरेको तथ्य सार्वजनिक गरेको छ । यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ । यो जोखिममबाट बच्नका लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोधी न्यूनीकरण गर्न विश्वव्यापी कार्ययोजना अपनाएको थियो । यो योजनामा सन् २०१६ मा संयुक्त राष्ट्रसंघले प्रतिबद्धता जनाएको थियो ।

एन्टिबायोटिकका बारेमा जान्न आवश्यक छ । यो ग्रिक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो । अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जिवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ भन्ने बुझिन्छ । जिवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियो साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ । सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन नामक पहिलो एन्टिबायोटिक निकालेका थिए ।
मानव शरीरमा दुई तरिकाले एन्टिबायोटिक प्रवेश गर्ने बताइन्छ । पहिलो प्रत्यक्ष एन्टिबायोटिक सेवनबाट भने दोस्रो अप्रत्यक्ष बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक । जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरण (हावा, पानी, माटो) बाट शरीरमा प्रवेश गर्छ ।

जथाभावी एन्टिबायोटिक प्रयोगका कारण पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको सरोकारवालाहरुको गुनासो छ । यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनिरहेको बेला हाम्रोजस्तो विकासोन्मुख देशका लागि चुनौती अझै भयावह अवस्थामा रहेको छ । यसको बारेमा सर्वसाधारणदेखि सरोकारवालासम्म चेतनाको खाँचो रहेको स्वास्थ्य विज्ञहरुको आग्रह छ ।

विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिक रेसिस्टेन्सका कारणहरुलाई तपसिल बमोजिम वर्गीकृत गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु, बिरामीले उपचार बीचैमा छाड्नु, पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु, अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु, सरसफाइ तथा स्वच्छताको अभाव हुनु र नयाँ एन्टिबायोटिक उत्पादन नहुनुलाई लिएको छ ।

एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ । तर स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीति–निर्माता सबै जिम्मेवार रहेका छन् । एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर संक्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य सङ्गठनको ठहर छ । तसर्थ, यस किसिमको प्रयोगलाई निरुत्साहित गर्न नागरिक समाजको ठूलो भूमिका रहेको पाइन्छ । हामी विशेष गरी नेपालीहरु आफैं चिकित्सकझैं औषधी प्रयोग गर्ने संस्कार अन्त गर्न आवश्यक छ । तबमात्र यस्ता किसिमका जटिल समस्याहरु सहज रुपमा अन्त हुन सक्छन् ।

  • एन्टिबायोटिकमा नागरिकको सरोकार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0