भेषवहादुर दनुवार
पुष्प व्यवसाय भनेको फुलको व्यवसाय वा पुष्प खेति हो, पुष्प व्यवसायको महत्व भनेको फुलको व्यवसाय वा खेतीपातीको गरिमा र उपयोगिताको साथै कृषि क्रान्तिको उपलब्धि पनि हो । बास्तवमा आजभोलि फुलको बहु उपयोग जुन रफतार र गतीमा भइृरहेको छ । फुलको मागमा दिन प्रतिदिन जुन गतिमा बुद्धि भई रहको छ । त्यहि गतिमा यसको खेती वा व्यवसायको महत्वको बारेमा चेतना हरेक स्थानमा जागृत हुनु जरुरी भइरहेको छ । फुल खेती वा पुष्प व्यवसाय आजको युगमा निकै लाभदायक बहु उपयोगी र प्रचुर नाफामुलक व्यवसायका रुपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ र यो नै यस व्यवसाययको महत्व पनि हो ।
मानव सस्कार सस्कृती मा जन्मदेखि मृत्यु सम्म फुलसंग मानिसको अटुट साईनोको रुपमा गासिएको छ । त्यसैले आजको समयमा पुष्प व्यवसायको महत्व बढदै गएको छ । बालकको धर्तिमा आगमन पश्चात त्यसको खुशियालिमा शुभ चिन्तकहरुले पुष्प गुच्छाद्धारा बालकका आमा बुबालाई बधाई टक्राउने परम्परा पनि छ । यहा बाट शुरु हुने मानव र फुलको सम्बन्ध निरन्तर जिवनमा बढदै जान्छ । जन्मोत्सव, विवाहोत्सव र अन्य खुशिका उत्सवहरुमा पुष्प गुच्छाको अर्पण गर्ने पश्चिमी चलनले नेपालका शहरी सभ्यतालाई पच्छाइरहेको छ । विदाइृका आशुका थोपा संग मात्र होईन विदाई पश्चातको स्वागतका हर्षाश्रृ संग संगै पनि पुष्प गुच्छा अपर्ण गर्ने प्रचलन पछिल्लो समय नेपाली परिवेशमा विकसीत भईरहेको छ । मानिस अशक्त र रोगी हुदा शीध्र स्वास्थ लाभको कामना गर्न पनि पुष्प गुच्छाको महत्व बढदै गईरहेको छ ।
रोजगारीमा पदोन्नती र नया नियुक्तिमा बधाई टक्राउन चाहने आफन्तहरुले उल्लासमय बातावरणमा पुष्प गुच्छा नै अर्पण गर्ने गरेको पाईन्छ । प्रेमी प्रेमिका दिवस (भ्यालेण्टाईन डे) का दिन हृदयको प्रेम भावनालाई फुलकै गुच्छा मार्फत प्रेमी प्रेमीकाहरुले प्रेषण गर्दछन् । फुल खुशि र दुःखमा पनि साथ दिने प्रकृतीको अनुपम उपहार हो । कुनै व्यत्तिःले ठुलो पद प्राप्त गर्ना साथ उसलाई पुष्प गुच्छाहरुको शुभ उपहार दिईन्छ । त्यति मात्र होईन मृत्युको काखमा पुगि रहदा पनि पार्थिव शरीरमा श्रदाञ्जली अर्पण गर्न पुष्प पुष्प गुच्छाहरुको नै ओईरो लाग्छ । यसरी जीवनमा जन्म देखि मृत्यु सम्मका घटनाहरुमा र जीवनका दुख सुख पीर मर्का आशु हासो जस्ता क्षणहरुमा निरन्तर उपयोगी हुने फुलले मानव जीवनका सुख दुखमा अनवरत रुपमा साथ दिईरहेको पाईन्छ । त्यसैले फुलको बहुउपयोगीताका सन्र्दभमा यस खेतीको महत्व स्वतः सिद्ध देखिन्छ नै ।
पुष्प व्यवसायबाट व्यवसायिहरुले प्रचुर फाईदा आर्जन गर्न सक्ने हुदा पुष्प व्यवसाय यहा महत्वपुर्ण व्यवसायका रुपमा विकसीत हुन सक्छन । वनमा आफै फुलेका वनफुलहरुबाट मात्र यो व्यवसाय फस्टाउदैन । यसका लागी योजनाबद्ध फुलको व्यवसाय गर्नु पर्ने हुन्छ । फुलको व्यवसायका लागी नेपाल ज्यदै उपयुत्तः भूमि हो, फुलको व्यवसायका लागी विविध युक्त हावापानी चाहिन्छ र नेपाल विविध हावापानी भएको मुलुक हो । । यहाका अहिले हाम्र सयपत्रि, मखमलि, चम्पा, लाली गुराश जस्ता मौसमि फुलहरुका अतिरिक्त विदेशी फुलहरु र कटिङ्ग फुलहरु (डाठ काटिएको फुलहरु) को उत्पादन एवं व्यवसायले बजारमा नया रौनक थपिरहेको छ । विदेशि फुलहरु प्रतिको आर्कषणले यसको खेती तर्फ पुष्प व्यवसायिहरुलाई आकर्षण गराएको छ । हिजो भन्दा आज विभिन्न स्थानमा पुष्प गुच्छाका पसलहरु बजारमा देख्न पाईन्छ ।
हिन्दु सस्कार र मान्यता अनुरुप फुलहरु देवताका प्रसाद हुन । मन्दिर परिसरमा फुल बेच्ने व्यपारीहरुले आफ्नो दैनिक गुजारा साथै पारीवारीक संरचना धानेको समेत पाउन सक्छौ । घरमा हुने विभिन्न पुराण, पुजा आजा र ब्रतहरुमा पनि फुल नै चाहिन्छ । गाउमा फुलको खेती गरेर शहरमा पु¥याउने उचित बाताबरण र निकाय हुने हो भने पनि अतिरिक्त आर्थिक उपार्जनको बाटो निमार्ण हुने र आर्थिक स्थिती सुधार हुने देखिन्छ । हिन्दु हरुका चाड, पर्व, उत्सव ब्रत, अनुष्ठान आदी अवसरमा फुलको उपयोगीता अत्यधिक मात्रामा भईरहेको छ । यसको महत्व अनादी काल देखि नै रहि आएको छ । पुष्प व्यवसायको अर्को महत्वपुर्ण पक्ष मौरि पालन व्यवसा िर कृषि व्यवसाय संग पनि यसको सम्बन्ध हुनु जहा फुल फल्दछ त्याहा मौरी झुल्दछ भन्ने उक्ति लागु हुन्छ नै । फुलको खेती संगै गामिण क्षेत्रमा मौरी पालनको व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
मौरि पालन र पुष्प व्यवसाय गरिने स्थानमा रासायनिक विषादी मुक्त्त क्षेत्र भएको खण्डमा प्रभावकारी रुपमा दुबै व्यवसाय फस्टाउन सकिन्छ । अन्य खेती वाली संगै सयपत्रि साथै अन्य फुल हरु मिस्रित बालि प्रणालिको रुपमा लगाएमा बालिमा लाग्ने विभिन्न प्रकारका रोग किराको नियन्त्रण हनुका साथै माटोमा रहेको नेमाटोडको समेत नियन्त्रण हुने कुरा परंपरागत रुपमा मिस्रित बालि प्रणालि खेती गर्ने अग्रजबाट सुन्न बुझ्न सकिन्छ । नेपालको सबै भेगमा पुष्प व्यवसायको उक्तिकै महत्व छ भनेर भन्न सकिन्छ । अधिकांश नेपालको पश्चिमी क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा पुष्प व्यवसायको निकै महत्व रहेको छ । नेपालका हरेक ग्रामिण क्षेत्रमा फुललाई आगनका डिल र करेसा बारीमा पुजाको लागी पनि हरेक घर घरमा आगनका डिलमा, करेसा बारीमा नित्य पुजा आजा तथा प्रयोगको लागी आवश्यक्ता पुरा गर्न सबैले लगाएको पाउन सकिन्छ । फुलको किनबेच हुन्छ भने सुन्दा पनि कति पय क्षेत्रका मानिसहरु हास्छन तर पश्चिम सस्कृती र सस्कारमा सम्प्रेषण विभिन्न प्रसारण माध्ययम द्धारा शहरीया युवा पुस्ता आकर्षित भई फुलको उपयोगीता गर्ने प्रचलन बढेको पाईन्छ । फुलको बढदै गएको सौख तथा हाम्रो जस्तो वातावरणीइ विविधता भएको मुलुकमा त यस व्यवसायको सञ्चालन गर्दा यो अत्यन्तै फदायक हुने देखिन्छ ।
पुष्प व्यवसायको महत्व हिजो भन्दा आज आज भन्दा भोलि झन झन टडकारो रुपमा बढदै जाने देखिन्छ । अन्य व्यवसायलाई झै सरकारको यस व्यवसायको सञ्चालनका लागी आवश्इक सुबिधा उपलब्ध गराई सञ्चार माध्ययमहरु मार्फत यसको महत्व उजागर गर्न अपरिहार्य भईरहेको छ । पुष्प व्यवसाय र पर्यटन व्यसायको पारस्परिक सम्बन्धको महत्वको सहकार्य समेत देखाउन जरुरी छ । पुष्प व्यवसाय र पर्यटनको सम्बन्ध सुमधुर बनाउन सकेको खण्डमा नेपालमा रहेको ७०० सात सय प्रचाति फुल नेपाल र पर्यटन मार्फत आर्थिक उपार्जनको क्रान्ति बन्न एक आधार निमार्ण हुने देखिन्छ । पुष्प व्यवसाय गर्ने व्यवसायि हिजोको दिनको जस्तो डोकोमा देवी देवताको मन्दिर अगाडी फुल राखेर बस्ने निश्चित समुदाय मात्र आजको व्यवसायि छैनन । ठुला लगानी कर्ता, ठुला ब्यपारिक केन्द्रहरुमा व्यवसायिक पुष्प गुच्छाहरुको विक्रि वितरण भएको आधारमा भन्न सकिन्छ । यसबाट पुष्प व्यवसायको भविष्य समज्वल छ । यस पुष्प व्यवसायिलाई अंगालेर व्यवसायहरुले प्रचुर मात्रामा आफ्नो आय आर्जन गर्न सक्छन भन्न सकिन्छ ।
पछिल्ले समय काभ्रेमा व्यसायिक रुपमा पुष्प व्यवसाय गर्ने संख्या उल्लेख्य रुपमा रहेको पाईन्छ । स्थानिय सरकार मार्फत समेत पुष्प व्यवसाय प्रर्बद्धन गर्न बजेट विनियोजन गर्ने गरेको समेत पाईन्छ । यस बाट के देखिन्छ भने पुष्प व्यवसायमा मोह बृद्धि भईरहेको छ । व्यवसायिक रुपमा पुष्प व्यवसाय गरेको खण्डमा पक्कै पनि स्थानिय तहमा पुष्प आयात गर्न त पर्दैन र आर्थिक नगद निर्यात पनि हुदैन भन्ने मानसिकताको विकास भएको छ । केहि वर्ष अगाडी सम्म काभ्रेको जिल्ला स्तरका कार्यक्रम, स्थानिय तह स्तरको कार्यक्रम, होटल व्यवसायिहरु तथा गै.स.स. हरुले काभ्रेबाट काठमाडौं पठाईएको फुल पुन काभ्रेमा प्रयोगमा काठमाडौं बाटनै प्राविधिक ल्याउने परम्परा रहेको थियो । आजको समयमा काभ्रेमा बाह्रय पुष्प व्यवसाय कसरी कम गर्ने चुनौति समेत थपिएको छ । विगतका समयमा काभ्रेका हरेक व्यवसायिको पुष्प सेड हाउस हावा हुरी तथा बाडि पहिरो बाट क्षेती भएर करौडौ नोक्सान भएको समाचार आउथ्यो । पछिल्लो समयमा सेड हाउस हरु स्थायि प्रकृतीका निमार्ण भएका छन भने उच्च प्रविधि अवलम्बन भएको छ । पुष्प व्यवसायिहरुको लागी कृषि संग सम्बन्धित निकाय मार्फत अल्पकालिन शित भण्डार निमार्णमा समेत हातेमालो भईरहेको छ । अवको आवश्यक्ता काभ्रेमा पुष्प व्यवसायिको लागी नया स्थानमा व्यवसाय गर्नेलाई प्राथमिकता र काठमाडौं सम्म निकासीको लागी कुलिङ्ग डेलिभरी भ्यान आवश्यक्ता रहेको छ । जसको मद्धतबाट काभ्रेमा उत्पादन भएको पुष्प काठमाडौंमा एक घण्टामा पु¥याउन सकिन्छ । यसमार्फत पुष्प व्यवसायि कृषकको लागी थप उर्जा र काठमाडौंमा छिमेकि मुलुकको पुष्प आयात प्रतिस्थापन गर्न सकिन्छ ।
नेपालमा पछिल्लो समयमा काठमाडौं उपत्यकामा छिमेकि मुलुकहरुबाट पुष्प आयात गरी नेपालको उत्पादन र व्यासायिलाई निरुत्साहित पार्ने कार्यलाई प्राथमिकतामा राखिएको होकि भन्ने भान व्यवसायिहरुमा छ । यसर्थ आयत पुष्पको क्वारेन्टाईन गरिने प्रावधान नै छैन र नेपालि उत्पादनलाई सरकारी निकायबाट प्राथमिकतामा नै राखिएको छैन अनि कसरी हुन्छ व्यवसायिमा उत्साह तसर्थ पुष्प आयातमा कडा निति नल्यायको खण्डमा पक्कै पनि पुष्प व्यसायिलाई गरीएको लगानी खोलामा पानी र व्यवसाियको मिहेनत उसै खेर जाने देखिन्छ । तर्सथ पुष्प व्यवसायको उन्नती र प्रगतीको लागी आयातमा कडाई अत्यन्त जरुरी छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |