Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना नामक भाइरस र नेपालको सावधानी

प्रभातफेरी अनलाइन ४७०४ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
कोरोना नामक भाइरस र नेपालको सावधानी

आर.एल.श्रेष्ठ
आकस्मिक रुपमा विश्वलाई नै चकित पार्दै निस्किएको कोरोना नामक भाइरसले अहिलेसम्म हजारौं मानवको ज्यान लिइसकेको छ भने झण्डै लाखौंको हाराहारीमा संक्रमित अवस्थामा पुगेका छन् । सुरुमा चीनका विभिन्न सहरमा सुषुप्त रुपमा देखा परेको कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण अहिले विश्वव्यापी फैलिएको छ । चीनको वुहान बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भाइरस पाइएको थियो ।
अहिलेसम्म यो भाइरस श्वासप्रश्वासको मध्यमबाट सरेका कारणबाट हजारभन्दा बढीको मृत्यु भइसकेको छ । बाहिर चर्चामा आएकोभन्दा अझै धेरै चिनियाँहरु यो भाइरसबाट संक्रमित भएको सरोकारवाला विज्ञहरुको दाबी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको प्रकोप पनि बढिरहेकाले यसबारेमा विभिन्न जाँचहरू अनिवार्य रहेको बताएको छ ।

अध्ययन अनुसार कोरोना भाइरस धेरै प्रकारका रहेको र तीमध्ये केवल ६ वटा भाइरसले मात्र संक्रमण फैलाउन सक्ने भनी उल्लेख गरिएको छ । नयाँ भाइरसको जेनेटिक कोडको विश्लेषणबाट मानिसमा ‘सार्स’ को तुलनामा कोरोना भाइरसको संक्रमण छिटो फैलन्छ । सार्स नामक कोरोना भाइरसलाई अरुभन्दा खतरनाक भाइरस भनी मानिन्छ । सन् २००२ मा चीनमा सार्सका कारणबाट ८ हजार ९८ मानिसहरू संक्रमित भएको अध्ययनले जनाएको छ । यसको संक्रमण हुनुभन्दा पहिले रुघाखोकी लाग्ने समस्या हुने चिकित्सकहरुले बताएका छन् । जस्तै उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याहरू देखापर्न थाल्छन् । यसको असर गम्भीर भएमा संक्रमित व्यक्तिको ज्यानै समेत जाने जोखिम पनि बढेर जाने सम्भावना छ ।

सो भाइरसका बारेमा अध्ययन गरिरहेका यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर मार्क बुलहाउस भन्छन्, ‘हामीले यस्तो नयाँ किसिमको कोरोना भाइरस देख्नासाथ यसको असरको बारेमा जान्न धेरै प्रयास ग¥यौं । यो अरु चिसोमा देखापर्ने जस्तो रोग होइन । त्यो नै चिन्ताको विषय भएको उहाँले बताउनुभएको छ । उनका अनुसार अहिले देखिएको कोरोना भाइरस एकदमै नयाँ किसिमको भाइरस हो । यो भाइरस एक जीवबाट सजिलैसँग अर्कोमा सर्न सक्ने किसिमको हुन्छ । यो संक्रमण फैलिसक्दा पनि यसको बारेमा प्रायलाई थाहा हुँदैन ।
त्यस्तै अर्का अध्ययनकर्ता नोटिङ्गम यूनिभर्सिटीका एक भइरोलोजिस्ट प्रोफेसर जोनाथन बलका अनुसार यो एकदमै नयाँ किसिमको भाइरस भएकाले यो भाइरस पशुबाट मानिसमा सरेको अनुमान गरिएको छ ।

छिमेकी राष्ट्र चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि सर्न सक्ने विश्लेषकहरुले विश्लेषण छ । त्यसैले सतर्कता अपनाउनु हाम्रो जिम्मेवारी हो । पछिल्लो समय चीनमा मात्र नभएर जापान र थाइल्याण्ड लगायत यसको संक्रमण देखिन थालेको पाइएको छ ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेर अगाडि बढिरहँदा नेपालको पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्र अहिले अत्यन्तै डरलाग्दो भाइरसका कारण तड्पिएको छ । जसको असर नराम्रोसँग नेपालले भोग्नुपर्ने देखिन्छ । सन् २०१८ मा नेपाल भित्रिने पर्यटकको संख्या हेर्दा चीन दोस्रो ठूलो देश भएको देखिन्छ । यस मानेमा पनि नेपाल यो भाइरसको उच्च जोखिममा देखिन्छ । यस्ता भाइरस नेपालमा भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई विस्तार, चुस्त र प्रविधियुक्त बनाएको छ । त्यसैले प्रत्येक नेपालीले यस किसिमको विपद्लाई गम्भीरलाई लिन जरुरी छ । सानोभन्दा सानो कमजोरी हुन पुग्यो भने पनि जीवन मरणको अवस्थाको विकल्प छैन । त्यसैले सावधानी अपनाउनु नै बुद्धिमानी ठहरिन्छ ।

  • कोरोना नामक भाइरस र नेपालको सावधानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0