Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना नामक भाइरस र नेपालको सावधानी

प्रभातफेरी अनलाइन ४१३३ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (३ साल अघि)
कोरोना नामक भाइरस र नेपालको सावधानी

आर.एल.श्रेष्ठ
आकस्मिक रुपमा विश्वलाई नै चकित पार्दै निस्किएको कोरोना नामक भाइरसले अहिलेसम्म हजारौं मानवको ज्यान लिइसकेको छ भने झण्डै लाखौंको हाराहारीमा संक्रमित अवस्थामा पुगेका छन् । सुरुमा चीनका विभिन्न सहरमा सुषुप्त रुपमा देखा परेको कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण अहिले विश्वव्यापी फैलिएको छ । चीनको वुहान बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भाइरस पाइएको थियो ।
अहिलेसम्म यो भाइरस श्वासप्रश्वासको मध्यमबाट सरेका कारणबाट हजारभन्दा बढीको मृत्यु भइसकेको छ । बाहिर चर्चामा आएकोभन्दा अझै धेरै चिनियाँहरु यो भाइरसबाट संक्रमित भएको सरोकारवाला विज्ञहरुको दाबी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको प्रकोप पनि बढिरहेकाले यसबारेमा विभिन्न जाँचहरू अनिवार्य रहेको बताएको छ ।

अध्ययन अनुसार कोरोना भाइरस धेरै प्रकारका रहेको र तीमध्ये केवल ६ वटा भाइरसले मात्र संक्रमण फैलाउन सक्ने भनी उल्लेख गरिएको छ । नयाँ भाइरसको जेनेटिक कोडको विश्लेषणबाट मानिसमा ‘सार्स’ को तुलनामा कोरोना भाइरसको संक्रमण छिटो फैलन्छ । सार्स नामक कोरोना भाइरसलाई अरुभन्दा खतरनाक भाइरस भनी मानिन्छ । सन् २००२ मा चीनमा सार्सका कारणबाट ८ हजार ९८ मानिसहरू संक्रमित भएको अध्ययनले जनाएको छ । यसको संक्रमण हुनुभन्दा पहिले रुघाखोकी लाग्ने समस्या हुने चिकित्सकहरुले बताएका छन् । जस्तै उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याहरू देखापर्न थाल्छन् । यसको असर गम्भीर भएमा संक्रमित व्यक्तिको ज्यानै समेत जाने जोखिम पनि बढेर जाने सम्भावना छ ।

सो भाइरसका बारेमा अध्ययन गरिरहेका यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर मार्क बुलहाउस भन्छन्, ‘हामीले यस्तो नयाँ किसिमको कोरोना भाइरस देख्नासाथ यसको असरको बारेमा जान्न धेरै प्रयास ग¥यौं । यो अरु चिसोमा देखापर्ने जस्तो रोग होइन । त्यो नै चिन्ताको विषय भएको उहाँले बताउनुभएको छ । उनका अनुसार अहिले देखिएको कोरोना भाइरस एकदमै नयाँ किसिमको भाइरस हो । यो भाइरस एक जीवबाट सजिलैसँग अर्कोमा सर्न सक्ने किसिमको हुन्छ । यो संक्रमण फैलिसक्दा पनि यसको बारेमा प्रायलाई थाहा हुँदैन ।
त्यस्तै अर्का अध्ययनकर्ता नोटिङ्गम यूनिभर्सिटीका एक भइरोलोजिस्ट प्रोफेसर जोनाथन बलका अनुसार यो एकदमै नयाँ किसिमको भाइरस भएकाले यो भाइरस पशुबाट मानिसमा सरेको अनुमान गरिएको छ ।

छिमेकी राष्ट्र चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि सर्न सक्ने विश्लेषकहरुले विश्लेषण छ । त्यसैले सतर्कता अपनाउनु हाम्रो जिम्मेवारी हो । पछिल्लो समय चीनमा मात्र नभएर जापान र थाइल्याण्ड लगायत यसको संक्रमण देखिन थालेको पाइएको छ ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेर अगाडि बढिरहँदा नेपालको पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्र अहिले अत्यन्तै डरलाग्दो भाइरसका कारण तड्पिएको छ । जसको असर नराम्रोसँग नेपालले भोग्नुपर्ने देखिन्छ । सन् २०१८ मा नेपाल भित्रिने पर्यटकको संख्या हेर्दा चीन दोस्रो ठूलो देश भएको देखिन्छ । यस मानेमा पनि नेपाल यो भाइरसको उच्च जोखिममा देखिन्छ । यस्ता भाइरस नेपालमा भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई विस्तार, चुस्त र प्रविधियुक्त बनाएको छ । त्यसैले प्रत्येक नेपालीले यस किसिमको विपद्लाई गम्भीरलाई लिन जरुरी छ । सानोभन्दा सानो कमजोरी हुन पुग्यो भने पनि जीवन मरणको अवस्थाको विकल्प छैन । त्यसैले सावधानी अपनाउनु नै बुद्धिमानी ठहरिन्छ ।

  • कोरोना नामक भाइरस र नेपालको सावधानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0