Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किसानको भरपर्दाे खेती गाजर

प्रभातफेरी अनलाइन ६७६४ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
किसानको भरपर्दाे खेती गाजर

पञ्चमायाँ तामाङ
फस्टाउँदो नगदे बालीको रुपमा सदाबहार बजार लिन सफल गाजर अहिले नेपाली किसानहरुको भरपर्दाे आम्दानीको स्रोत भएको छ । मौजुदा बजारमा सदाबहार उपयोग हुने सलाद र गाजरको हलुवा यसका विशेषता हुन् । विशेष गरी पछिल्लो समय काँचै खाने प्रचलन व्याप्त भएको छ ।
विशेष गरी गाजर चिसो मौसममा हुने जरे बाली भनिएता पनि पछिल्लो विकास क्रममा यो बाली सदाबहार बन्न पुगेको छ । यो बाली उष्ण र उपोष्ण क्षेत्रमा जाडो मौसममा र शीतोष्ण क्षेत्रमा वसन्त, ग्रीष्म र शरद ऋतुमा लगाइन्छ । यो ज्यादै महत्वपूर्ण तरकारी तथा सलाद बालीको रूपमा चिनिन्छ । गाजर सलादको रूपमा काँचै खान पनि सकिन्छ र अरू तरकारीका रूपमा, अचारको रूपमा, गाजर हलुवा, जुस आदि बनाएर खान गरिन्छ । यो अल्फा र विटा क्यारोटिन भिटामिन ए. बन्ने कच्चा पदार्थ प्रचुर मात्रामा पाइने जरे तरकारीको नाम हो गाजर बाली । गाजरमा भिटामिन ए लगायत थायमिन, रिवोल्फादिन, नियासिन र फोलिक अम्ल पनि प्रशस्त मात्रामा पाइन्छ । अझ गाजरको पातमा जराभन्दा बढी भिटामिन, फलाम, फस्फोरस एवं क्याल्सियम पाइन्छ ।

तर चेतनाको अभावले यसको उपयोग भएको पाइँदैन । हुन त गाजरलाई औषधिका रूपमा पनि प्रयोग गरिएका उदाहरणहरु पाउँछौं । यसको प्रयोग नीतिगत रुपमा गर्न सके पिसाबको मात्रा बढ्ने र यूरिक एसिडलाई सहज रुपमा निको बनाउँछ भन्ने अध्ययनले देखाएको छ । गाजरमा जीवाणुबाट हुने रोगलाई कम गर्न सकिने औषधीय गुण छ भनिन्छ । त्यस्तै मृगौलाको रोगका लागि लाभदायक मानिन्छ । बढी प्रोटीन भएको खाना खाँदा गाजर खाएमा प्रोटिनलाई सन्तुलन राख्न मद्दत गर्छ । गाजरको बीउबाट निकालिएको तेल खाद्यपदार्थहरू वासनादार बनाउन उपयोग गरिन्छ । यसको तेलले पाचन रसको स्राव गराउने र पेटमा ग्यास भरिएमा उपयोगी हुन्छ भनिएको छ ।

अन्य तरकारी जस्तै गाजर पनि तराई र मध्य पहाडमा जाडो मौसममा खेती गरिन्छ भने उच्च पहाडमा गर्मी याममा खेती हुन्छ । बीउको उमार र जराको वृद्घि माटोको तापक्रमले यसलाई असर पु¥याउँछ । विज्ञहरुका अनुसार बीउ उम्रनको लागि ७.२ डि.से. देखि २३.९ डि.से. सेल्सियस आवश्यक पर्दछ । सबभन्दा ठूलो जरा १०.०–१५.६ डि.से. तापक्रममा पाइएको छ र १५.६–२१.१ डि.से. को बीचमा जराको विकास राम्रो भएको पाइएन तर रंग भने राम्रो पाइएको बताएका छन् ।
पछिल्लो परीक्षण अनुसार पूर्वीय जात (जापानिज, कोरियन) तराईमा राम्रो हुन्छ भने पश्चिमी जातहरू पहाडी तथा उच्च पहाडी भागमा जहाँ ४.८०– १०.०० से तापक्रममा राम्रो भएको अध्ययनले देखाएको छ । बीउ उत्पादन पनि धेरै चिसो क्षेत्रमा मात्र हुन्छ । बीउ उत्पादनका लागि पनि ४.८–१० से. तापक्रम ४ देखि ६ सप्ताह चाहिन्छ अनि मात्रै बीउको लागि डुकु निस्किन्छ । गाजर खेती प्रायः सबै किसिमको माटोमा गरिन्छ तर गहिरो, खुकुलो र दोमट माटोमा राम्रो हुन्छ । चाँडो बाली उत्पादनको लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ । धेरै अम्लीय माटोमा गाजरको वृद्घि विकास राम्रो हुँदैन । धेरै गह्रौं खालको माटोमा चुना हालेर बढी उत्पादन लिन सकिन्छ ।
प्राविधिकका अनुसार जमिनलाई ४–५ पटक जोती बुर्बुराउँदो बनाउनुपर्दछ र जमिनको सतह एकनासले मिलाउनुपर्दछ । जमिनको अन्तिम तयारीमा १.५ मे. टन राम्रो पाकेको गोबर मल प्रति रोपनी एकनासले माटोमा मिलाउनुपर्दछ र साथमा युरिया ४ के.जी., डी.ए.पी. २.५ के.जी., ३ के.जी. पोटास जमिनको अन्तिम तयारीमा नै हाल्नुपर्दछ ।
त्यस्तै तराई तथा मध्य पहाडमा भदौ महिना देखि पुस महिनासम्ममा गाजर रोपिन्छ र पहाड तथा उच्च पहाडमा, युरोपियन जातहरू फागुनको तेस्रो हप्ता देखि साउनको पहिलो हप्तासम्म रोपिने गरिन्छ । गाजरको बीउ लगाउँदा धर्सो कोरेर या छरेर लगाउन सकिन्छ । गाजरको बीउ मसिनो भएकोले सुख्खा बालुवा मिसाई छर्दा एकनासको राम्रो देखिन्छ ।
किसानले अत्यन्तै महत्वपूर्ण ख्याल राख्नुपर्ने लाइनमा लगाउँदा २५×७.२ से.मि.को फरकमा र २ से.मि. गहिराइमा पर्दछ । बिरुवा उम्रन साधारणतया दुई देखि तीन साता लाग्छ भने बीउ लगाउनुभन्दा एकदिन पहिले बीउ भिजाएर लगाएमा १०–१२ दिनमा पनि उम्रन्छ । प्रति रोपनी ४००–५०० ग्राम बीउको आवश्यकता पर्दछ ।
विशेष गरी गाजरलाई आफ्नो जीवन चक्रमा धेरै चिस्यानको आवश्यक पर्ने हुँदा चिस्यान कम भएमा उत्पादन कम हुन्छ । पानीको मात्रा धेरै भएमा पनि पात बढी, हुने राम्रोसँग जरा नबढ्ने र बाली तथा बीउ तयार हुन ढिलो हुन्छ । गाजरलाई छर्ने बित्तिकै सिंचाइ गर्नु राम्रो हुन्छ र त्यसपछि हरेक ६ दिनमा सिंचाइ गर्नुपर्दछ तर फोहरा तरिकाबाट सिंचाइ गर्नु उपयुक्त मानिन्छ ।

छिटो तयार हुने जातको गाजरलाई पूरा विकास भै नसक्दा नै पहिले उखेलिन्छ र उखेलिँदा माटोमा चिस्यानको मात्रा राम्रो हुनुपर्दछ । त्यसपछि छिप्पिएका पातहरू हटाएर राम्रोसँग पखालेर सफा गरी टोकरी या बोरामा हाली बिक्री गर्न लगिन्छ । गाजर खास गरी साधारण तापक्रममा नै बढीमा ७ दिनसम्म रहन सक्छ । शीत भण्डारमा भण्डारण गर्दा १२० से.मि. र ९८ प्रतिशत आद्रतामा गर्नुपर्दछ र यसरी भण्डारण गर्दा लामो समयसम्म राख्न सकिन्छ । नेपालमा सरदरमा गाजरको उत्पादन करिब एक टन प्रति रोपनी हुने गरेको तथ्यांक पाइन्छ । जसको कारणले यो खेतीप्रति किसानहरुको आकर्षण बढेको छ । राम्रो बजार र राम्रो मूल्य नै यसको आकर्षणको मर्म हो ।

  • किसानको भरपर्दाे खेती गाजर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0