Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१०औं वर्षगाँठको अवसरमा रक्तदान

प्रभातफेरी अनलाइन ६९०४ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (६ साल अघि)
१०औं वर्षगाँठको अवसरमा रक्तदान

बनेपा/सहकारीहरुको बिचमा छुट्टै पहिचान राख्न परिकल्पना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १०औं वर्षगाँठ गत शुक्रबार भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष वर्ण शाक्यले प्रमुख आतिथ्यता गर्नुभएको थियो । प्रमुख अतिथि शाक्यले सहकारीहरुले पैसाको मात्र कारोबार नगरी शेयर सदस्य लगायत नागरिकहरुको आय आर्जन र सामूहिक दायित्वतर्फ ध्यान दिन आवश्यक रहेको स्मरण गराउँदै पछिल्लो समय सहकारीका बारेमा फैलिएको भ्रमलाई चिर्न पारदर्शी ढंगबाट अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले केक काटेर वर्षगाँठको शुभारम्भ गर्नुभएको थियो । १०औं वर्षगाँठ समारोहसम्म आइपुग्दा संस्थाले गरेको प्रगतिप्रति सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तकहरुको अतुलनीय भूमिका रहेकोमा अध्यक्ष श्रेष्ठले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै किसिमको सहयोग र सद्भावको अपेक्षा राखेको बताउनुभएको छ ।

सामाजिक दायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा दर्जनौं रक्तदाताहरुले रक्तदान गरी मानवीय सेवामा अतुलनीय योगदान दिनुभएको थियो । सो समारोहको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव पूर्णचन्द्र सिग्देलले गर्नुभएको थियो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न संस्थाका प्रबन्धक किरण थापा लगायत कर्मचारी टिमले अनुकरणीय भूमिका निर्वाह गरेको देखिन्थ्यो । कार्यक्रममा रक्तदाताहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

  • १०औं वर्षगाँठको अवसरमा रक्तदान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0