Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भगवती मन्दिरको लागि जग्गाखरिद गर्न सप्ताह

प्रभातफेरी अनलाइन ६७३१ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (६ साल अघि)
भगवती मन्दिरको लागि जग्गाखरिद गर्न सप्ताह

आर.एल.श्रेष्ठ
पलाञ्चोक/पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरको हातामा रहेको जग्गा खरिद गर्नको आगामी चैत्र १८ गतेबाट सप्ताह लगाईने भएको छ ।

हाल मन्दिर दर्शन गर्न आउनेहरुले सवारी पार्कीङ्ग गर्दै आएको जग्गा व्यक्तिको भएकोले उक्त जग्गा खरिद गरी मन्दिरलाई थप व्यवस्थित गर्ने उद्देश्यले सप्ताहको आयोजना गरेको पत्रकार सम्मेलबाट जानकारी गराइएको छ ।

ऐतिहासिक मन्दिरकोे उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको भएकोले सो जग्गा खरिद नगर्दा मन्दिर दर्शनको लागि आउने भक्तजनहरुको सवारी साधन पार्क गर्ने ठाउंको अभाव हुनेभएकोले जग्गा खरिद गर्न लागेको सप्ताह मुल आयोजक समितिका संयोजक एवं पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी गराउनु भयो ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा आउने भक्तजनहरुको सुबिधा साथै मंन्दिरको सौन्दर्यताको लागि सो जग्गाको आवश्यक हुने र खरिद गर्नको लागि अन्य स्रोत नभएकोले सप्ताहको आयोजना गरेको बताउनु भयो । मन्दिरलाई आवश्यक पर्ने जग्गा ७ रोपनि भएकोले सो खरिदको लागी ३ करोड ५० लाख रकमको आवश्यक हुने हुँदा सप्ताह लगाउनुको विकल्प नरहेको वताउनु भयो ।

पत्रकार सम्मेलनमा पाँचखाल नगरका प्रमुख (मेयर) एवं मंदिरको संरक्षक महेश खरेलले पलाञ्चोक भगवती नेपालकैै सवै भन्दा महत्वपुर्ण शक्ति पिठ रहेको बताउनु भयो । उहाँले भन्नुभयो त्यस्तो महत्वपुर्ण शक्ति पिठको उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउमा रहेकोले खरिद गर्नुपर्ने भएको बताउनु भयो । व्यक्तिकै भएपनि हाल सम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाकको लागि सवारी पार्किङ्ग गर्दै आएको जग्गा खरिदको लागि सप्ताहको आयोजना गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख खरेलले भन्नुभयो हाल खरिद गर्न लागेको जग्गाको स्थानिय मुल्ये न्युनतम मुल्य प्रति आना १० लाख देखि १४ लाख सम्म रहेपनि जग्गावालाहरुले मन्दिरको लागि प्रतिआना ३ लाखमा जग्गा उपलब्ध गराउने सहमति भएको बताउनु भयो । मंन्दिरको नाउमा हाल १७ रोपनि जग्गा भएपनि मंन्दिर हातामा ५ रोपनि मात्रै भएकोले मन्दिरको थप व्यवस्थापनको लागि जग्गाको आवश्यक भएको बताउनु भयो । पलाञ्चोक भगवतिको नाउमा दान गर्नु सवै भन्दा उत्तम भएकोले सप्ताहमा दान गर्ने दानविरहरुको दानबाट जग्गा खरिद गरी थप व्यवस्थापन गर्ने वताउंदै पत्रकार सम्मेलनकै क्रममा उहाँले १ लाख ८ हजार दान गर्ने बताउंदै त्यसमा थप गर्ने संभावना समेत रहेको बताउनु भयो ।

हाल सम्म मंन्दिरको बिभिन्न कोषमा गरी ४० लाख रकम रहेको र पाँचखाल नगरपालिकाले ३० लाख उपलब्ध गराउने तयारी गरेको जानकारी प्राप्त भएको छ । सप्ताहको आयोजना गरी ५ करोड संकलन गर्ने लक्ष लिएर मुल आयोजक समिति अगाडी बढेको छ । जग्गा खरिद विक्रिको लागि जग्गावालाहरुसंग सहमति भएपछि वैना बापत १० लाख रकम जग्गावालालाई दिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता रामशरण रेग्मिले पाँचखाल नगरको १३ वटै वडाका वासिन्दाले सप्ताहको आयोजना गरी मन्दिरको लागि अति आवश्यक जग्गा खरिदको लागि सप्ताहको आयोजना गर्नुपर्ने सुझावको आधारमा अगिबढेको बताउनु भयो । पलाञ्चोक भगवति पाँचखाल नगरको मात्रै गहना नभई मुलुककै गहना भएकोले यस्तो महत्वपुर्ण मंन्दिरको संरक्षण,व्यवस्थापनको लागि सवै नेपालीबाट साथ मिल्ने बताउनु भयो । मंन्दिरको लागि आवश्यक जग्गाको लागि जग्गावालाहरुले ठुलो त्याग गरेको वताउंदै यस्तो महत्वपुर्ण कार्यमा चन्दा दिने अवसर रहेको बताउनु भयो ।

राजाराम पौडेल द्वारा सञ्चालित उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोरे बहादुर थापा, नेपाली काँगे्रस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगाएतले सप्ताह सहज ढंगबाट सम्पन्न गर्नको लागि आ—आफ्नो स्थानबाट सक्दो सहयोग हुने बताउनु भएको थियो ।

  • भगवती मन्दिरको लागि जग्गाखरिद गर्न सप्ताह
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0