Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रविधिले निम्त्याएको मानसिक समस्या

प्रभातफेरी अनलाइन ६९६३ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार (६ साल अघि)
प्रविधिले निम्त्याएको मानसिक समस्या

आर.एल.श्रेष्ठ
पछिल्लो समय प्रविधिको कारण नेपाली युवायुवतीहरुमा यो समस्या जटिल रुपमा देखिएको छ । त्यसैले यो समस्यालाई निराकरण गर्नु पहिलो प्राथमिकता देखिन्छ । नेपाल सरकारले प्रविधिको नाममा जुन क्रियाकलापहरु भएका छन् त्यसलाई निरुत्साहित गर्नका लागि नीति बनाउन जरुरी छ । हाम्रो समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त छ । अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको भनिएता पनि कता कता शरीरको महत्वपूर्ण पक्ष मष्तिष्कसँग पर्ने प्रभाव जोडिन्छ । दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानसिक समस्याको रोकथाममा मानिसहरुले आफूलाई निरीह वा भूमिकाविहीन सम्झिने अवस्था सिर्जना हुँदै गएको छ ।योसँग सम्बन्धित विशेषज्ञहरुका अनुसार डिप्रेसन केवल शरीरका केमिकलहरुको असन्तुलनको परिणाम मात्र नभई व्यक्तिको शारीरिक, मनोवैज्ञानिक, आध्यात्मिक, सामाजिक एवं वातावरणीय पृष्ठभूमिमा जीवनका परिस्थितिहरुले पार्ने प्रभावको अभिव्यक्ति मानेका छन् ।

अध्ययन अनुसार कयौँ अनुसन्धानको निष्कर्षले यदि कोही डिप्रेस्ड छ भने, ऊ पार्टपूर्जा वा केमिकल बिग्रेको मेसिन नभई इच्छा–आकाँक्षा पूरा नभएको एक मानवको संज्ञा दिएको छ । यसरी डिप्रेसन धेरै कारणको संयोगको फलस्वरुप हुने हुनाले यसको रोकथाममा पनि हाम्रो विशेष भूमिका हुन सक्छ । अर्थात्, शरीरमा डिप्रेसनको जोखिम (भल्नेराबिलिटी) नै छ भने पनि यसलाई ठूलो हुन आवश्यक पर्ने वातावरण वा तत्वहरु नदिएर धेरै हदसम्म रोक्न सकिन्छ । यस्तै विविध कारणहरुले गर्दा आजकल मानसिक समस्यालाई व्यवहारजन्य समस्या भन्नु बढी उपयुक्त हुने अवधारणा समेत चिकित्सा विज्ञानले पुष्टि गरेको छ ।

यो समस्याबाट छुटकारा पाउनका लागि अर्थपूर्ण लक्ष्य पछ्याउनु शारीरिक एवं मानसिक थकानबाट बच्ने प्रमुख माध्यम हो । यसको लागि जीवनका आफ्ना घटनाक्रम एवं क्रियाकलापहरुलाई बृहत अर्थ र लक्ष्यको सन्दर्भ (फ्रेमवर्क) मा हेर्ने बानी बसाल्नु पर्ने हुन्छ ।
एक अध्ययन अनुसार डिप्रेसन प्रायः असहज घटनाहरुपछि सुरु हुने गरेको पाइएको छ । यस कारण जीवनमा आइपर्ने कठिन परिस्थितिसँग जुझ्नसक्ने साहस र कौशलता, विकासका लागि सानो उमेरदेखि नै उमेरसापेक्ष जिम्मेवारी एवं निर्णय लिने साथै परिस्थितिजन्य तनाव सामना गर्ने बानी बसाल्नु जरुरी हुन्छ । यसलाई मनोवैज्ञानिक जिमको रुपमा बुझ्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

कल्पनाभन्दा अगाडि मनोवैज्ञानिक रुपमा कोही अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा दोस्रो हुने भन्दा तेस्रो हुनेको खुसी गुणात्मक रुपमा बढी हुने गरेको अध्ययनले देखाएको छ । प्रायः सबैले मासिक तलब ५० हजार पाउने परिस्थितिमा भन्दा अरु सबैले ३० हजार र आफूले ४० हजार पाउने परिस्थितिमा दीर्घकालीन रुपमा खुसी हुनसक्ने गरेको मानव स्वभाव भएको अध्ययनले देखाएको छ । अर्थात् व्यक्ति कति सफल वा सम्पन्न हुन्छ भन्ने कुराले नभई अपेक्षा र प्राप्तिको अन्तरले खुसीको स्तर निर्धारण गर्छ । यसकारण यथार्थपरक अपेक्षा राख्न सिक्नु डिप्रेसनबाट जोगिने महत्वपूर्ण उपाय भएको सोसँग सम्बन्धित विज्ञहरुले बताएका छन् ।

एक अध्ययन अनुसार व्यक्ति सधैं दुःखी भइरहने प्रमुख कारण आफूलाई अरुसँग तुलना गर्नु हो । व्यक्तिको प्रकृति, व्यक्तित्व, पारिवारिक वातावरण, रुचि, लक्ष्य, जीवनका मूल्य–मान्यता एवं दृष्टिकोण आदिको कारण दुई व्यक्तिबीचको तुलना अर्थहीन हुन जान्छ । यो कुरा मनन गरेर अरुको सफलतालाई मापदण्ड नमानी आफ्ना वर्तमान लक्ष्य अनुरुपका स–साना उपलब्धिमा पनि रमाउन सिक्नु डिप्रेसनबाट जोगिने अर्को महत्वपूर्ण तरिका हो ।

डिप्रेसनका बिरामीहरुले विशेष गरी शारीरिक व्यायाममा ख्याल राख्न सके आइपर्ने समस्याहरु सहज रुपमा अन्त हुनेछन् । खासगरी शारीरिक, मानसिक एवं यौनजन्य उत्साह तथा ऊर्जा बढाउनमा प्रमुख भूमिका निभाउने ‘टेस्टोस्टेरोन हर्मोन’ कमी हुने गर्छ । त्यसको परिपूर्तिका लागि पनि व्यायाम अति आवश्यक हुन्छ । हल्का पसिना आउने गरी दैनिकजसो एक्सरसाइज वा योग गर्नु शरीरमा टेस्टोस्टेरोन हर्मोन बढाउने सबभन्दा सजिलो एवं प्राकृतिक तरिका हो । यो भिटामिन डी र क्याल्सियमको शरीरमा सदुपयोगको लागि पनि आवश्यक हुन्छ । मानसिक स्वास्थ्यमा योग सञ्जीवनी बुटिका रुपमा सावित भएको छ ।

डिप्रेसनको समस्यामा रहेका व्यक्तिहरुमा डर, रिस जस्ता संवेदनाहरुमा प्रत्यक्ष नियन्त्रण पाउन धेरैलाई कठिन हुन्छ । तर यी सबैको हद निर्धारणमा श्वासप्रश्वासको विशेष भूमिका हुन्छ । अर्थात् साँच्चिकै गहिरो श्वासप्रश्वास पनि लिने र रिसाउने वा अत्यन्त डराउने गर्नु एकै पटक सम्भव हुँदैन । यसरी भावनात्मक नियमनको मूल अस्त्र श्वासप्रश्वास हो । यसैकारण आजकल पश्चिमा मुलुकमा योग र प्राणायाम अति लोकप्रिय बनेको छ ।

डिप्रेसनका पिडितहरुमा विशेष गरी एन्जाइटी र डिप्रेसनका सम्भावित बिरामीमा ससाना तनावको विषयमा समेत यथार्थ भन्दा अति बढी जोखिम ठान्ने र सामना गर्नको लागि आवश्यकता भन्दा अति बढी जीवन ऊर्जा नष्ट गर्ने बानी परेको हुन्छ ।
डिप्रेसनमा आध्यात्मिक पक्षको पनि महत्वपूर्ण भूमिका रहन्छ । कुनै व्यक्तिलाई जबसम्म सबै कुरा इच्छाअनुसार प्राप्त हुन्छ, तबसम्म ऊ आफूलाई नै सर्वशक्तिमान सम्झिन्छ । स्वास्थ्य समस्या, वृद्धावस्था वा अन्य कारणले आशक्त हुन थालेपछि बल्ल ऊ जीवनमा र मृत्युमा समेत अर्थ खोज्न थाल्छ । त्यसैले पनि आध्यात्मिक पक्षको भूमिका महत्वपूर्ण सावित भएको छ । असजिला परिस्थिति एवं घटनालाई संकेत, सिक्ने अवसर एवं दिशानिर्देशको रुपमा लिई अगाडि बढ्न वा यिनीहरुमा अर्थ खोज्न आध्यात्मिकताले पिडितलाई सान्त्वना प्राप्त हुन्छ । जीवनको प्रमुख भयबाट मुक्ति, स्वस्थ आहरबिहार, सामाजिक घुलमिल जस्ता माध्यमबाट समेत आध्यात्मिकताले डिप्रेसनबाट जोगाउने वैज्ञानिक अध्ययनहरुले पुष्टि गरेका छन् ।

विशेष गरी पिडितहरुका लागि कमसेकम एक जनाले भावना एवं समस्या सेयर गर्नु, नम्र भाषामा ‘नो’ भन्न सक्नु (एसर्टिभनेस), फुर्सदको लागि कुनै सोख संगीत, नृत्य, कलाको विकास गर्नु, समय व्यवस्थापन र मुस्कानको बानी बसाल्न सकियो भने डिप्रेसनबाट जोगाउन र जोगिन सकिन्छ ।

  • प्रविधिले निम्त्याएको मानसिक समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0