Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा फस्टाउँदो गोलभेडा खेती

प्रभातफेरी अनलाइन ८२३८ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार (६ साल अघि)
नेपालमा फस्टाउँदो गोलभेडा खेती

पञ्चमाया लामा
अध्ययन अनुसार समग्रमा गोलभेडा प्रत्येक नेपालीको छाकको सहारा बनेको छ । यसको खेती पनि भूगोलअनुसार बाह्रै महिना गरिन्छ । अझै पनि गाउँघरमा आँखा कमजोर भयो भने पाकेको रातो काँचो गोलभेडा खा त भन्ने संस्कार जीवन्त छ । यसको अर्थ गोलभेडा खेती परापूर्वकालदेखि हुँदै आएको तथ्य सार्वजनिक रुपमा पुष्टि हुन्छ । यो तरकारीको एक प्रकार साना–साना बोटमा थांग्रो साथी लिएर फल्छ । अध्ययन अनुसार वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति भएको उल्लेख छ । गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्रमा भएको उल्लेख छ । यसको साधारण नाम हिन्दीमा गोलभेडा र नेपालीमा रमभेडा पनि भन्ने गरिन्छ ।

गोलभेडा एक महत्वपूर्ण ‘संरक्षी खाद्य’ भएको विज्ञहरुले प्रमाणित गरेका छन् । गोलभेडा धेरै पौष्टिक तत्व हुनुका साथै यसको व्यापक उत्पादन हुँदै आएको छ । जसअनुसार बजार पनि पर्याप्त मात्रामा छ । विशेषतः आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो तरकारी हो । भान्सामा सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन गोलभेडाको प्रयोग गरिन्छ । भारतको उत्तर प्रदेश, महाराष्ट्र कर्णाटका, बिहार, उडिस्सा लगायत प्रमुख शहर गोलभेडा उत्पादन गर्ने राज्यमा पर्दछन् ।

चिस्यानको सवालमा अत्यन्तै सावधानीपूर्वक उपयोग गर्न सक्नुपर्छ । यसका लागि थोपा सिंचाइ उपयुक्त भएको बाली विज्ञहरुको बुझाइ छ । बालीको चिसोको आवश्यकता पूरा गर्नको निम्ति पानीको स्तरले प्रमुख भूमिका खेल्ने देखिएको छ । ठाडो बालीलाई प्रत्येक पाँचदेखि सात दिनको भित्रमा र भुइँमा झ्याँगिएको बालीलाई हरेक १० दिनमा पानी लगाउनुपर्छ । फल लाग्ने समयमा अचानक धेरै पानी परेपछि सुक्खा अवधि भएमा फल चिरा पर्छ । साधारणतयाः किसानहरुले आफ्नो अनुकूलताअनुसारको माटो तयार गरी खेती गर्छन् । जसलाई भौगोलिक बनौटले जुन रुप दिएको छ, त्यही अनुसार कुलो बनाएर पनि पानी लगाउने प्रचलन छ । यो विधि धेरै किफायती छ र खुला खेतमा गुणस्तरीय गोलभेडा उत्पादन हुन्छ । पछिल्लो समय माथिबाट छिट्ने विधिलाई पनि परिवर्तन गरिएको छ । यो विधि अधिकांश ग्रीनहाउस, ग्लास हाउस वा पोली हाउसमा प्रयोग गरिन्छ । साथै जैविक विषादीहरु पनि स्प्रेबाट प्रयोग गर्ने संस्कारकै रुपमा अगाडि गएको छ । जसले गर्दा सबै कुराहरुमा मितव्ययीता स्थापित हुँदै आएको छ ।

गोलभेडा एक गर्मी मौसमको बाली भनिएता पनि पछिल्लो प्रविधिअनुसार बाह्र महिना खेती गर्न सकिने नगदे बालीको रुपमा स्थापित भएको छ । यसको बोटले धेरै तुषारो सहन सक्दैन । २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यसको उत्पादन राम्रो हुन्छ, तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिन्छ भनिएता पनि किसानहरुले भू–बनौटअनुसार खेती गर्दै आएका छन् ।

तातोयाम र चिसोयाममा उत्पादनमा तलमाथि भएता पनि बजारको भने सदाबहार रहेको छ । तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रङ्ग र फलको पौष्टिक तत्वलाई असर गर्छ ।ख्याल राख्नुपर्ने कुरा यो जातको खेती गर्दा अत्यन्तै सावधानी अपनाउन जरुरी छ । सानोभन्दा सानो कमजोरीले उत्पादन पूरै नष्ट हुनसक्छ । किनकी गोलभेडाले रोगहरुसँग प्रतिरोध गर्न त्यति सक्दैन । जसको कारण गोलभेडामा धेरै रोगहरू लाग्न सक्छ । विशेष गरी ढुसी, ब्याक्टेरिया वा जीवाणु, भाइरस, जरा गुजुल्टाउने त्यान्द्रे जुका वा असामान्य मौसमको परिवेशका कारण रोगहरू लाग्ने गरेको सोसँग सम्बन्धित विज्ञहरुको राय छ ।

गोलभेडामा विशेष गरी समस्याका रुपमा रहेका रोगहरुमध्ये ओस लाग्नु (फिटोपेथोरा वा पिथिमय एसपी) भनिन्छ । जसको लक्षणहरु यसप्रकार रहेको अध्ययनले देखाएको छ । प्रायः नर्सरी ब्याडमै यो रोग लाग्ने गर्दछ । जसको कारण माटोमाथि बाहिर टुसा पलाउनअघि नै कलिलो बिरुवा मर्छ । यो घटना माटोको सतहमा हुने भएकोले बाली राम्रोसँग खडा हुन नसक्नुबाहेक यो रोग प्रायः थाहा पाउन सकिँदैन । तर टुसा पलाएपछि ओस लाग्ने घटना स्पष्ट देख्न सकिन्छ । माटोमा टुसा पलाएपछि आक्रमण झेल्न सकने भएर जबसम्म बोटको काण्ड कडा हुँदैन, कुनै पनि समयमा रोग लागेको बिरुवा लड्न सक्ने यो चरणको रोगको लक्षण हो । रोग अघिबाटै लागेको अवस्थामा फेदमा यसको काण्ड खुम्चिन्छ र बोट ढल्छ ।

गोलभेडामा ओस लाग्ने रोगको निम्ति ट्रिकोडर्मा हर्जियानम र पेनिसिलियम अक्जालिकमको जीवाणु अनि स्युडोमोनस एकपाकिया र स्युडोमोनस फ्लोरेसिनले बीजको बाहिरी आवरणको उपचार गर्नु जैविक–रोकथामको एक असरदार विधि पाइएको छ । त्यस्तै सोलानासियस (बिरुवाको एउटा जात) बालीभन्दा फरक अरू बालीसँग उत्पादन–चक्र मिलाउनुपर्छ ।भिरालो ठाउँमा बिरुवाको ब्याड हुर्काउनु उपयुक्त मानिन्छ । झुरूप्पै बिरुवा लाग्न नदिन पातलो रोप्नुपर्छ । बिरुवाको लागि हल्का बलौटे माटो वा बढेको बिरुवाको लागि मिहिन मसिनो बलौटा मिसिएको धान वा काठको भुसको मिस्रण प्रयोग गर्नुपर्छ । राम्रोसँग पाकेको जैविक मल प्रयोग गरेर हल्का साथै बारम्बार सिँचाइ गर्नुपर्छ । ३० सेन्टीमिटर बाक्लो खेतको डाँठ वा ठूटाठुटीहरू बिरुवाको ब्याडमा जलाएर माटोको जीवाणुहरू मार्ने कार्य गर्नुपर्छ ।

त्यस्तै अर्काे रोग भनेको चाँडै लाग्ने ढुसी (अल्टरनेरिया सोलानी) हो । यसको लक्षण भनेको हाँगाबिगालाई असर गर्ने र कटमेरो फलमा खैरो दागी लाग्ने हुन्छ । यो फल क्रमशः झर्छ अनि व्यापक संक्रमण भएमा बोट नै मर्छ । यसको रोकथामका लागि दुई–तीन वर्षमा एकपल्ट सोलानासियस परिवारमा नपर्ने बालीसँग उत्पादन–चक्र मिलाउनुपर्छ । खेतमा रोग लागेको बोट देख्नेबित्तिकै त्यसलाई उखेलेर जलाउनुपर्छ । रोग लाग्नअघि एक हप्ताको फरकमा बोरेडक्स मिस्रण (१ प्रतिशत) बालीमा छर्कनु वा स्प्रे गर्नुपर्छ ।गोलभेडाको अर्काे समस्या ढिलो लाग्ने ढुसी (फिटोपथोरा इन्फेसटेन्स) हो । यो रोगको लक्षण डाँठ, पात र फललाई असर गर्छ । फलको कुहेको भाग गाँठिलो र उस्तै हुन्छ र खैरो हरियो रंगको बन्छ भने रोग नलागेको फलको भाग पाक्छ ।

यसलाई रोक्नको लागि चिसो लाग्न नदिन पोलीहाउस राम्रोसँग हावा छिर्ने बनाउनुपर्छ । ओसलाई नियन्त्रणमा राख्न बालीमा झारपात आउन दिनु हुँदैन । खेतबारीको छेउछाउमा झारपात उम्रन दिनुहुँदैन । बारीका ठुटाठूटी वा झ्यासझूस जलाउनुपर्छ । यो रोगको रोकथाम गर्नको निम्ति दुई–तीन वर्षमा रोग नलाग्ने बालीसँग उत्पादन–चक्र मिलाउनुपर्छ । क्रमश…

  • नेपालमा फस्टाउँदो गोलभेडा खेती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0