Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रुघा खोकी बाट कसरी जोगीने

प्रभातफेरी अनलाइन ५४०५ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार (३ साल अघि)
रुघा खोकी बाट कसरी जोगीने

आर.एल.श्रेष्ठ
मौसम परिवर्तनको समय भएकोले रुघा खोकी लाग्ने संभावना धेरै हुन्छ । यतिखेर कोरोना भाईसरले विश्वव्यापि रुपमा संक्रमण हुदै गरेको छ । कोरोनाको लक्षणपनि रुघा खोकीसंग मिल्दो जुल्दो भएकोले सामान्य रुघा लागेको आशंकामा परि रहंदा जटिल खाले समस्या पनि आउन सक्ने भएकोले सके सम्म रुघा लाग्नै नदिनु उचित रहन्छ ।

नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक,आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस—खस हुने, कान दुख्ने, टाउको दुख्ने, शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघा खोकी भनिन्छ । हाँच्छ्यु एक चोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने सिगान पानी जस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि नाक बन्द हुने गर्छ । प्राय रुघा लाग्दा ज्वरो आउदैन आईहालेमा १००.डिग्री भन्दा माथि खासै जाँदैन । १०० डिग्री भन्दा माथि ज्वरो आयोभने रुघाको मात्र कारण नहुन सक्छ भनि सचेत हुन जरुरी रहन्छ । हाल फैलिएको कोरोना भाईरसको संक्रमण भएमा रुघाको साथमा ज्वरो धेरै आउछ साथै सामान्य सिटामोल खाँदा नियन्त्रण हुंदैन ।

रुघा लाग्नु एक प्रकारको Allergy हो यो चाही बोट—बिरुवामा फूल फुल्ने बेलामा निस्कने pollen, कुनै बिरुवा वा झारबाट निस्कने भुँवा, जीव जनवारका कुकुर, बिरालो, गाई, भैंसी आदिका रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ्ग्ला, मुसा लगाएत अन्य स—साना जीवका मलमुत्र, धुवा धूलाका मसिना कण, सिरक डसनामा वा पुराना किताबमा आँखाले देख्न गार्हो हुने मसिना जीवहरु, घर भित्र वा बाहिरका ढुसी आदिका कारणले रुघा लाग्छ । यस्ता खाले कणले सबैलाई असर गर्दैन तर कसै कसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् । जब यी allergen -allergy बनाउने तत्व शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली immune system सक्रिय हुन थाल्छ ।

रुघाबाट छुटकारा पाउनको लागि Common cold / Flu: of virus लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ करिब ५ दिन आरा गरेमा नियन्त्रण हुन्छ रुघा । घरैमा आराम गर्नाको साथै तातो पानी, सुप, तरकारीको रस लगाएतका झोलिलो पदार्थ बढी पिउने , तातो बाफ लिने सिगान पुच्छ्दा कपडाको सफा रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने paper को प्रयोग गर्ने र trash can  मा फाल्ने रुमालमा ति virus हरु २४—४८ घण्टा वा बढी समय बस्न सक्छन भने नाक पुछ्ने paper मा १५—३० मिनट मात्रै रहने गर्छ ।

प्रत्येक पटक साबुन पानीले हात धुन तौलिया लाई तातो पानीमा भिजाएर निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे paracetamol -acetaminophen वा ibuprofen दिनको ३/४ पटकसम्म खाने १० बर्ष मुनिकाले यस्तो बेलामा ibuprofen खानु हुँदैन । नाक बन्द भएको छ भने नुन पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने नसके नुन पानीको spray गर्नेस यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने Phenylephrine, Chlorpheniramine, Phenylpropanolamine प्रयोग गर्दा पनि हुन्छ । जुन प्राय paracetamolवा अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ । यो १२ बर्ष भन्दा माथि उमेरकोले प्रयोग गर्नु पर्छ त्यसले पनि नभए decongestant spray -fluticasone, triamcinolone, mometasone आदि किनेर दिनको २ पटकसम्म प्रयोग गर्ने गर्दा फाईदा पुग्दछ ।

रुघा लाग्दा कहिले काँही घाँटिमा खकार जमेको जस्तो पनि हुन सक्छ । त्यस्तो भएमा guaifenesin को प्रयोग गरेर खकारलाई पातलो बनाउनेस खोकीले पनि सताउने गरेको छ भनेdextromethorphan लिने वाguaifenesin / dextromethorphan दुवै भएको औषधि प्रयोग गरेमा सहज हुन्छ । खोकीको लागि benzonate पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ । यस्ता औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरकोprescription चाहिने खालको औषधि प्रयोग गर्नु पर्ने पनि हुन सक्छ । रुघा लागेको ५ दिन हुंदापनि लक्षणहरु कम भएनन् र झन् शरीर गल्न थाल्यो भने अस्पतालमा गएर राम्रोसंग परिक्षण गराउन उचित हुन्त । तर यतिखेर कोरोनाको संक्रणको कारण ५ दिन सम्म नकुरी ३ दिनमा रुघा केही कम भएन ज्वरो वढ्दै जान थाल्यो भने स्वास्थ्य परिक्षण गराउनु उचित रहन्छ ।

रुघा लागेपछि Allergy -Allergic Rhinitis यसको लागि पहिला के को allergy हो भनेर पत्ता लगाउनेस TB test जस्तै allergy को skin test गर्न मिल्छ तर नेपालमा सबैतिर यस्तो प्रबिधि उपलब्ध नहुन सक्छ । यदि यस्तो परिक्षण उपलब्ध नभएमा उपचारको प्रबिधि भएको स्थानमा पुग्नु उचित रहन्छ । कुन कुराको allergy हो भनेर पत्ता लगाए पछि सो allergy दिने कुरा -allergen बाट पर हुन सक्यो भने त्यस्ता समस्या नदोहोरिन सक्छ । सामान्य रुपमा घरमै आराम गर्दा समस्या समाधान हुन्छ । त्यसरी राम्रोसंग कारणको पहिचान गर्न नसकेमा allergy को लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्नु उपयुक्त हुन्छ । रुघा लाग्दा चिलाउन कम गर्न र हाँच्छ्यु कम हुने खालको औषधि सामान्य फार्मेसिमा समेत पाईने हुंदा समयमै सेवन गरे छिटै समस्या समाधान हुन्छ ।

रुघाको समस्या भएको बेलामा फार्मेसीमा diphenhydramine पाईन्छ यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा उचित हुन्छ । cetrizine, levocetrizine, fexofenadine, loratidine, desloratadine आदि यी बाहेक अन्य औषधिहरुपनि प्रयोग गर्न सकिन्छ । डाक्टरको prescription चाहिन सक्छ । नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि common cold / flu मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ । नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छ भने ipratropium inhaler को स्प्रे दिनको ३/४ पटक सम्म लिने र सोहि बखत घाँटी खस खस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने azelastine दिनको दुई पटक खान सकिन्छ ।

यतिखेर कोरोनाको कारण रुघा लागेमा मानिसहरु आत्तिहाल्ने अवस्था रहेको छ । त्यसैले रुघा लाग्न नदिएमा आत्तिनु पर्ने अवस्था हुंदैन । रुघा लाग्न नदिनको लागि उपायहरु अपनाउनु पर्नेहुन्छ । जसको लागि हातका औंलाले नाक मुखमा वा अनुहारमा छुनु हुंदैन । बरु मुख पुछ्ने paper को प्रयोग गर्नु उचित रहन्छ । बाहिर निस्कदा खासगरी रुघा खोकी लाग्ने मौसममा मास्क लगाएर निक्सनेस सार्बजनिक स्थलका सामानहरु जस्तै ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने । फोहोर र धुँवा धुलो बाट टाढै रहन उचित हुन्छ ।

  • रुघा खोकी बाट कसरी जोगीने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0