Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यो प्रश्नको उत्तर कता छ ?

प्रभातफेरी अनलाइन ५५६६ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार (६ साल अघि)
यो प्रश्नको उत्तर कता छ ?

जन्म पहाडमा भयो हुर्किएको बजारमा हो अहिले जिन्दगी खाडिमा रुमलिएको छ । त्यही पेरिफेरिमा जिन्दगीका केही प्रश्न र त्यसका अनुत्तरित उत्तरको खोजी नै मेरो आजको लेखाइको बिषय हो ।

घर कहिले फर्कन्छस्

मुलुकको जमिन छोडेर प्लेन चढेको दिनदेखि आजसम्म हरेकले मलाई सोध्ने मध्येको मुख्य प्रश्न हो यो । चाहे खाडीमुलुक होस् अथवा अन्य कुनै विकसित मुलुक त्यहाँ पुग्ने हरेकलाई पुग्दा बितिक्कै देखि आफन्त शुभचिन्तकले बारम्बार तेर्साउने प्रश्न हो यो । जिन्दगिका अनवरत यात्रामा धेरैसँग भेट हुन्छ अनि छुट्टिन्छ सबै सम्झनामा पनि रहनेछैन अनि बिर्सिन्छ पनि तर बाल्यकालमा सँगै पढेका साथीहरु कहिले पनि भुल्न सकिन्न । त्यस्ता साथिहरु सामाजिक सञ्जालमा कहिले कसो भेटिन्छन् अनि निकै खुशी लाग्छ । आफ्नो बालापनको कुराकानीमा रमाउन मन भएको मलाई उनीहरुले सोध्ने पहिलो प्रश्न हुन्छ तँ कति कमाएर मात्र बस्छस् हो परदेशमा ? कमाइ त राम्रै गरिस् होला अहिले सम्म । अब त फर्किने बेला भएन र ? म अक्क न बक्क हुने गर्दछु यस्ता प्रश्नहरुमा । खै मैले कसरी भन्न सकुम्ला सोच्छु मेरो वेदना म कसरी व्यक्त गरौं । मैले जवाफ दिने बाटो भेट्दिन अनि म ब्यस्त छु है पछि बोलम्ला भन्दै बिदा हुनुको बिकल्प रहन्न । अनलाइनमा साथी भेटिएको खुशी केही समय पनि टिक्नै नपाई आफैंले निँउ पारेर बिदा माग्नुपर्छ यो कस्तो बिडम्बना ।

जिवनमा धन ठूलो कि बिद्या ठूलो भन्ने शीर्षकमा वादबिबाद प्रतियोगितामा बिद्या ठूलो भनेर राम्रो तर्क दिएको भनेर पुरस्कृत गर्ने आदरणीय गुरुबा गुरुआमा हरु लाइ पनि कहिले कसो सामाजिक संजालले भेटाउने गर्छु । उहाँहरु सोध्नु हुन्छ के छ कता छौ म रमाएर उत्तर दिन्छु म परदेश छु । फेरि सोध्नु हुन्छ कति भयो गयको म भन्छु ३ बर्ष पुग्न लाग्यो । अन्तिममा सोध्नु हुन्छ कहिले फर्किन्छौ त ? मेरो उत्तर हुन्छ सबैतिर राम्रै भयो भने अर्को साल फर्कने सोच बनाएको छु । अस्ति एकदिन भने माधब गुरुलाई मन बलियो बनाएर सोध्ने आँट गरेर एउटा प्रश्न गरेँ । गुरु सर जिन्दगीको यो मोडमा आइपुग्दा हजुरलाइ के लाग्यो धन ठूलो रैछ कि बिद्या ? उहाँको उत्तर थियो पढाइ र भोगाइ फरक रहेछ बाबु । यदि बिद्या ठूलो हुन्थ्यो भने आफ्ना ४ सन्तान परदेशमा हुँदा तिम्रो गुरुआमा र म यो बुढेसकालमा एक्लै यो आँगन कुरेर बस्नु पर्ने थिएन होला । सायद बोल्दै गर्दा गला अबरुद्ध भएको महसुस मलाइ पनि भयो उहाँले थोरै ब्यस्त छु पछि बोलम्ला है भनेर फोन काट्नु भयो ।

आखिर मैल कुरा बुझेको छु त्यो ब्यस्तता के हो भनेर हामी सरकारी स्कुल पढेका निम्न मध्यम परिवारका युवाहरु खाडिमा अनि उच्च मध्यम परिवारका जवानहरु अस्ट्रेलिया, युरोप अनि अमेरिकाको चिल्ला गाडिमा पसिनामा जीवन साटी रहेका छन । वैदेशिक रोजगारी को खोजी सबैलाइ छ मात्र लगानी र शिक्षा को आधारमा को कुन देशमा भासिएको छ भन्ने कुराले मात्र महत्व राख्दछ । आखिर गुरुसर को कथा पनि त्यो भन्दा फरक रैनछ । यो कस्तो बिडम्बना हो जसले हामीलाई “जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी” भनेर सिकाउनु भयो त्यो कुरा चाहे हाम्रो जिन्दगीमा होस चाहे उहाँको परिवारमा पाठ्यक्रमको सिकाइमा मात्र सिमित भयो भन्ने सोच्दै बस्नुको बिकल्प रहेन । एउटा गुरुले आफ्नो शिष्यलाई दिनु भएको शिक्षाको बिषयमा प्रश्न खडा भएको अवस्थामा बोल्न नसकेर गला अवरुद्ध हुनुपर्ने हाम्रो मुलुकको यो कस्तो शिक्षा निति हो ?

मेरो दैनिक कुरा हुनेहरु मध्येमा सबैभन्दा फरक जसलाई ढाँट्नु मेरो लागि सदा सर्बदा असम्भब हुने गर्दछ उहाँको पनि मलाई सोधाई त्यहि आउने गर्दछ बेलाबेलामा । मैले फोनमा दर्शन मामु भन्नू मात्रै पर्छ अब घर आउनलाई कति दिन कति महिना बाँकी छ बाबू तेरो भनेर पहिलो प्रश्न तेर्साइहाल्नु हुन्छ । अब अर्को बर्ष आइहाल्छु नी आमा भन्यो खै त्यसपछी के के भन्नू हुन्छ के के आँसुले गालाको बाटो गर्दै ओठ चुम्न पुग्दछ । मलाई तेरो कमाइ चाहिन्न बाबू छिटो घर फर्की खै मैले तेरो मुख पो देख्न पाउने पो हो कि हैन त्यही चिन्ताले मलाई सधैं खाइरहेको छ भनेर आमाले भनी नसक्दै फेरि सानो छोरोले आमाको हातबाट फोन खोसेर बाबा हजुलाई मेरो माया लाग्दैन हो भन्छ किन त्यसो भनेको बाबू भनेर मैले सोधेको किन हुनु नी मेरो माया भए त आइहाल्नु हुन्थ्यो नि मलाई भेट्न अरु साथीहरुको बाबा सधैं साथैमा बस्नु हुन्छ बाइकमा राखेर स्कुल पुराउन र लिन जानुहुन्छ आफ्नो बाबा भने देख्न पनि पाइन्न अनि के भन्नू त दिने जवाफ केही नभएकोले म ब्यस्त छु पछि कुरा गर्छु है भनेर फोन काट्नुको बिकल्प हुन्न त्यतिबेला । म कसरी भन्नू उसलाई कि मैले गरेको दुःख र मिहेनत सबै उसैको सुनौलो भविष्यको लागि हो भनेर । आज मैले यो खाडिमा पसिना बगाएको भोलि मेरो सन्तान यही खाडीमा आफ्नो आउन नपरोस् भनेर हो भन्ने बुझाउन नसक्नु यो कस्तो बिडम्बना हो जिन्दगीको ।

मनभरी मिलनको सपना सजायर नौडाँडापारी मलाई कुरिरहेकी जीवन संगीनीको पनि कम गुनासो हुने गर्दैन । बाबा आमाको बुढेसकालमा हुने गनगने व्यबहार अनि केटाकेटीको बचपन अनि चकचकले दिक्क भएर कहिले कहिले त आउने भए आउ आफ्नो घर सम्हाल्न हैन भने मलाई मात्र दोष नदेउ पछि पर्दिनँ । उसलाई राम्रोसंग थाहा छ मैले मरभुमीमा पसिना बगाएको त्यही संसार सजाउनको लागि हो । मलाई यो परदेशमा बस्न पटक्कै मन छैन भन्ने कुरा उसले जति राम्रोसित कसैले बुझेको छैन र बुझ्न पनि सक्दैन तर पनि उसले पनि सोध्ने गर्छे बेलाबेलामा अब हजुर घर आउने बेला भएन र भन्या कहिले हो के हजुर नेपाल फर्किनीँ ? आफ्नै जीवनसाथीलाई पनि ढुक्क भएर म यो दिन घर फर्कन्छु भन्न नसक्नु यो कस्तो बिडम्बना हो जिन्दगीको ।

मेरो जिवनको आजको थोरै प्रगति गर्दै गरेको समय देखेर सम्पन्नताको आँकलन गर्नेहरुको माझमा मेरो निकै कालो गरिबीले भरिएको त्यो दुःखद अतीत छैन जसमा मेरो अभाव र तनाब बाहेक अर्को कुनै साथी थिएन । बिगतलाई हेरेर बर्तमानलाइ सुधार गरेमा मात्र भविस्य सुन्दर बनाउन सकिन्छ भनेर संघर्ष गरिरहेको कुनै पनि युवालाइ घर कहिले फर्किन्छस् भनेर सोध्नु भन्दा पहिला त्यो युवाले भोलि मुलुकमा फर्कियो भने के गरेर आफ्नो परिवार पाल्ला ?

भनेर सोचिदिनु हुन अनुरोध गर्दछु किन भने जब परदेश छोडेर घरदेश फर्कन्छ अनि उसलाई बेरोजगारी ले सताउन थाल्दछ । फर्किएको केही महिनामा फेरि अब कुन देश जाने होला भनेर म्यानपावरको ढोकाढोकामा झोला बोकेर पुग्नु पर्ने हाम्रो आजको बाध्यता हो । गाउँमा कोहि बिरामी मात्र हैन लास नै परे पनि घाट सम्म लास बोकेर लान सक्ने दर्हो काँध भयका युवा शक्ति नेपालमा छैनन थाहा छ तर पनि बुढाबुढी बाआमा लाई कालको मुखमा छोडेर अपरिचित बिरानो देशमा आफ्नो भबिस्य खोज्दै हिँड्न कसलाई पो रहर होला खै । आफ्नो मुलुकमा फर्केपछि त्यतै केही आफ्नै ब्यबसाय गरेर बस्नी मन कस्लाइपो हुन्नहोला र त्यसैले त्यो खालको बातावरण मुलुकमा छिट्टै निर्माणहोस हामी कोहि कसैले पनि मुग्लानमा आफ्नो रगत सरहको पसिना बगाउन नपरोस् किनकी यस्तो जिन्दगीको रहर हामी कसैलाइ थिएन छैन र भोलिको दिनमा पनि हुने छैन किनकि यो मन त मेरो नेपाली हो । आगामी दिन हरुमा मैले परदेशको दुखले भरिएको बिलौना नभएर पर्यटक बनेर परदेश घुमेको कथा लेख्न पाउने आशा गर्दै आगामी दिनहरु मा हाम्रो देश नेपाल अनि हामी सम्पुर्ण नेपाली को सुनौलो भविस्य को कामना ब्यक्त गर्न चाहन्छु ।

  • यो प्रश्नको उत्तर कता छ ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0