Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोनासम्बन्धी सावधानी र नेपालीपन

प्रभातफेरी अनलाइन ४८०६ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १८, मंगलबार (३ साल अघि)
कोरोनासम्बन्धी सावधानी र नेपालीपन

आर.एल.श्रेष्ठ
आज विश्वभरका १९९ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि सुरुवात गर्ने तरखरमा छ । यदि नेपालीहरुले खेलाञ्ची गरेको अवस्थामा विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि नहोला भन्न सकिन्नँ । त्यसैले त्यो जोखिमबाट बच्नको लागि राज्यले जुन नीति अख्तियार गरेको छ, त्यसको मुक्तकण्ठले सम्मान गर्दै अगाडि जान बुद्धिमानी ठहर्छ ।

राज्यले जोखिमलाई मध्यनजर गर्दै जनतालाई आतंकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ । आगामी २५ गतेसम्म देश नै पूर्ण लकडाउन गरिएको छ । यदि यो समयावधिमा पनि जोखिम न्यूनिकरणको सम्भावना नदेखिएमा लकडाउन बढाउनुको विकल्प छैन । त्यसैले राज्यले जुन किसिमको नीति अख्तियार गरेको छ, त्यसलाई पछ्याउनु प्रत्येक नेपालीको दायित्व हुन्छ । आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको छ ।

त्यस्तै कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ । त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्पर्कमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ ।

यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यातायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने र प्रभावित व्यक्तिको नजिक नजाने गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सेल्फ क्वारेन्टमा बस्दा ध्यान पु¥याउनुपर्ने १५ वटा नियम सार्वजनिक गरेको छ ।

प्रत्येक नागरिकले म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसंग कम्तिमा १ मिटर दूरी राख्नेछु । छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्नेछु । म आफु बस्ने कोठा आफैं सफा गर्नेछु । म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात जावतलाई सीमित गर्नेछ । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको (वा झ्याल खुला रहने) सुनिश्चित गर्नेछु ।

म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जांदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन । म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु । मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसंग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफा संग धुनेछु । म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन । यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दूरी राख्नेछु र म अर्को व्यक्तिसंग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु । खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु ।

म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फाले पछि तुरून्तै कम्तिमा २० सेकेन्ड सम्मका लागी आफ्ना हातहरू साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासंग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु । म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिईएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु । कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु । म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना स्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नुहुनेछ भनिएको छ ।

तर जति नियमहरु प्रवाह गरिएका छन्, ति नियमहरु नेपाली परिवेशमा अपवाद रुपमा मात्रै लागू हुने अध्ययनले देखाएको छ । किनकी नेपालीहरुको दिनचर्या, रहनसहनसँग ति नियमहरु मेल नखाने देखिएको छ । त्यसैले समस्या समाधान भन्दा समस्या निम्तिनै नदिनु बुद्धिमानी ठहरिन्छ ।

  • कोरोनासम्बन्धी सावधानी र नेपालीपन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0