प्रल्हाद शर्मा हुमागाई
धुलिखेल । कोरोना भाईरस ऋइख्क्ष्म् ज्ञढ ले कुनैअसर नगरोस भनि धुलिखेल उद्योग वाणिज्य संघ बाट धुलिखेल नगरपालिका वडान.१ का वडा अध्यक्ष रमेश घोरासैनि र वडा नं २ वडा अध्यक्ष देबिप्रसाद कोईराला मार्फत स्वास्थ चौकी लाई साबुन, माक्स र पन्जा हस्तान्तरण गरेको छ ।
नागरिकहरु लाई अति आबश्यक खाधान्न, ग्यास, औषधि र अन्य आबस्यक सामानहरुको आपुर्तिमा सहज बनाउन र बिपन्न बर्गको मजदूरी हरुलाई राहातको लागि वडा अध्यक्षहरुसंग छलफल गरी अगाडी बढेको जानकारी प्राप्त भएको छ । त्यसैगरी नगरबासि तथा ब्यबसायिहरु लाई सुझाव दिदै बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा पनि जोखिममा रहेको हुँदा सावधानि अपनाउनु पर्ने भन्दै विभिन्न बुंदाहरु सार्वजनिक गरिएको छ ।
जसमा अति आबस्यक काम बाहेक घरबाट बाहिर ननिस्कनु हुन साथै भिड हुने स्थान नगईदिनु होला । सम्पुर्ण ब्यबसायिहरुले आफ्नो पसलमा साबुन पानि अथवा सेन्टिराईजरको ब्यबस्थापन गरि ग्राहकले हात धोयर मात्र आउनको लागि अनुरोध गर्ने । कसैलेपनि अति आबस्यक सामाग्रि कृतिम अभाब नगरी उपभोक्ताहरुको माग अनुसार उपलब्ध गराउने । आम उपभोक्ता हरुले पनि अतिआबस्यक सामान आफुलाई चाहिने भन्दा बढि खरिद गरी नथुपार्नहुन अनुरोध गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |