Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ५५५३ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र २५, मंगलबार (३ साल अघि)
पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने

प्रल्हाद शर्मा हुमागाई
पनौती/विश्वव्यापी रुपमा कोभिड–१९ को महामारीले आक्रान्त हुन पुगेको अवस्थामा पनौती नगरपालिकाले नगरभित्र रहेका निम्न आय भएका नागरिकहरुका लागि राहत वितरण कार्य तीव्र पारेको छ । सोही विषयमा राहत संकलन केन्द्रमा प्रतिक्रिया दिन क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नगरवासीलाई भोको बस्नुपर्ने छैन भन्नुभएको छ ।

द्रुत गतिमा राहत वितरण भइरहेको स्मरण गराउँदै कुनै पनि नगरभित्र बसोबास गर्ने नागरिकले लकडाउनको कारण भोको बस्नुपर्ने छैन । त्यसका लागि विभिन्न तह र तप्काका सहयोगी हातहरुले भरपुर सहयोग पु¥याएको प्रमुख न्यौपानेले जानकारी दिँदै यो महामारीसँग लड्न लकडाउनलाई पालना गर्न नगरवासीमा अनुरोध समेत प्रमुख न्यौपानेले गर्नुभएको छ ।

पनौती नगरपालिकाका १२ वटै वडामा स्थायी तथा अस्थायी बसोबास गर्ने निम्न आयस्तर भएका नागरिकहरुको दैनिकीलाई सहज बनाएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार मंगलबारसम्म करिब ४५ सय परिवारलाई राहत वितरण भएको बताउनुभएको छ । नगरपालिका र सहयोगी हातहरुबाट दैनिक रुपमा आर्थिक अवस्था कमजोर भएर जिविकोपार्जनमा समस्या सिर्जना भएकाहरुका लागि खाना, खाजाको समेत व्यवस्थापन गरिएको जानकारी अधिकृत अधिकारीले गराउनुभएको छ । त्यस्तै नगरपालिकाको एकद्वार नीति अन्तर्गत हालसम्म झण्डै ३ दर्जनभन्दा बढी संघसंस्थाहरुले सहयोग उपलब्ध गराइसकेको र स्वतः स्फूर्त रुपमा राहत समेत वितरण भएको बताउनुभएको छ ।

पनौती युवामञ्चका अध्यक्ष सौगात बस्नेतका अनुसार युवाहरुको व्यक्तिगत सहयोगमा मंगलबार साँझसम्म करिब हजारको हाराहारीमा खाजा, खाना वितरण भएको बताउनुभएको छ । लकडाउनलाई मध्यनजर गर्दै प्याकिङ गरेर यथास्थानमा सहयोगी मार्फत् पु¥याउने व्यवस्थासमेत गरिएको अध्यक्ष बस्नेतले बताउनुभएको छ । यस किसिमको सेवा लकडाउन अवधिभर गरिने छ । त्यसका लागि बजेट व्यवस्थापनको कुरा राख्दा अध्यक्ष बस्नेत थप्नुहुन्छ– स्थानीय दाताहरुले खुलेर सहयोग गरेकै कारण यो सेवा दिन सम्भव भएको बताउनुभएको छ । उहाँका अनुसार नगर प्रमुखले दिनुभएको अभिव्यक्ति अनुसार पक्कै पनि पनौती नगरभित्र स्थायी वा अस्थायी बसोबास गर्ने निम्न आयस्तर भएका कुनै पनि नागरिक भोको बस्नुपर्ने छैन । त्यो लक्ष्य पूरा गर्न हामी युवा सक्रिय हुनेछौं भन्दै यो संकटको घडिमा सहयोग पु¥याउनुहुने हातहरुप्रति आभार समेत अध्यक्ष बस्नेतले व्यक्त गर्नुभएको छ ।

त्यसैगरी वडा सचिव राजकुमार श्रेष्ठका अनुसार नगरका सबै वडा समितिले यो समस्यालाई गम्भीर रुपमा लिएको र यसको सामना गर्न नगरवासीलाई उत्प्रेरित गर्ने लक्ष्य सहित बस्तीको अनुगमनमा समर्पित गर्न समेत वडा सचिव श्रेष्ठले बताउनुभयो । जसका कारण पनौती नगरमा लकडाउन प्रभावकारी ढंगबाट कार्यान्वयन हुन सफल भएको धारणा समेत वडा सचिव श्रेष्ठको थियो ।

क्वारेन्टाइन सेवा सहित कोभिड–१९ का विरुद्ध सशक्त ढंगले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि समर्पित पनौती नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफूलाई उभ्याउने जमर्काे गरेको पाइयो । नगरमा छुट्टै डेस्कको व्यवस्थापन गरेर राहत संकलन र वितरणलाई एकद्वार नीति अन्तर्गत पारदर्शी ढंगबाट व्यापक पार्नुको साथै प्रत्येक वडाको अवस्थाका बारेमा दैनिक जानकारी लिइरहेको दृश्यलाई पनि चर्चा गर्न लायक सम्झियो । यसबाट नगर नेतृत्व नगरवासीप्रति कति जिम्मेवार छ भन्ने तथ्य प्रष्ट हुन्छ ।

पछिल्लो समय विश्वमा दैनिक हजारौंको ज्यान लिइरहेको कोरोना भाइरसका विरुद्ध स्थानीय सरकारको प्रयास अनुकरणीय भएको त्यससँग सरोकार राख्ने बौद्धिक विश्लेषकहरुको धारणा पाइन्छ । त्यसैले यस किसिमको व्यवस्थापनलाई जिल्लाका मात्र नभएर मुलुककै स्थानीय सरकारले भौगोलिक विविधता सँगसँगै आफूलाई पनि रुपान्तरण गर्न र कोभिड–१९ का विरुद्ध सशक्त रुपमा उभ्याउन आवश्यक छ । यति मात्र गर्न सकियो भने पनि यो महामारीबाट मुलुकबाट टाढा राख्न बल पुग्छ । त्यसैले स्थानीय सरकारले स्थानीय स्तरमा तथ्यांक संकलन गरी यथार्थता बाहिर ल्याउन जरुरी छ । जसका कारण कोभिड–१९ का बारेमा सहज रुपमा अध्ययन गर्ने बाटो खुल्नेछ ।

  • पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0