Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समस्या समाधानको लागि लकडाउन होइन,यो त केवल साधन मात्रै हो

प्रभातफेरी अनलाइन ७३६२ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख २४, बुधबार (६ साल अघि)
समस्या समाधानको लागि लकडाउन होइन,यो त केवल साधन मात्रै हो

आर.एल.श्रेष्ठ
पछिल्लो समय कोभिड–१९ ले विश्वलाई आतंकित पारिरहेको परिवेशमा त्यसका विरुद्धको भ्याक्सिन तयार गर्नु र लाखौं व्यक्तिको ज्यान जोगाउनु विश्व स्वास्थ्य संगठनको लागि चुनौती भएको छ । केही वर्ष अघिसम्म दादुरा, रुबेला, डेंगु जस्ता रोगहरुको भ्याक्सिन तयार गरेर प्रयोगको लागि पठाउँदा कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहि खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्नु स्वभाविक रुपमा स्वास्थ्यको लागि न्यायसंगत मानिन्न ।

यस किसिमको प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यति चिन्तित छ, यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको उल्लेख गरेको छ । खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे । जस्तो पछिल्लो पटक देखिएको कोरोना भाइरसले पनि त्यही संकट ननिम्त्याउँला भन्न सकिन्न ।

अध्ययन अनुसार यसभन्दा अघि आविष्कार भएका भ्याक्सिनहरु दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाएका थिए । “भ्यारियोलेसन” भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस् । यो अनौठो प्रविधिले नै आज लाखौं मानिसहरुले पुनर्जन्म पाएका छन् ।

आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे गहिरो अध्ययनबाट पुष्टि भएको पाइन्छ । बिफर अत्यन्त संक्रामक रोग थियो जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो । बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर वा अपांग भएर बाँच्नुपर्ने अवस्था थियो ।

परीक्षणकै क्रममा सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरेको अध्ययनले देखाएको छ । ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए । भनिन्छ, लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा प¥यो । जब फिप्स सो रोगबाट निको भए तब जेनरले ति बालकलाई बिफरको पनि सम्पर्कमा पु¥याइदिए । तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो ।

भनिन्छ, सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति पनि सँगै भयो । ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भएको उल्लेख छ ।

जब खोपको आविष्कार भयो तब धेरै रोगहरुबाट मानिसहरुले पुनर्जीवन पाए । सन् १९६८ मा त्यसको खोप विकास नहुन्जेल वार्षिक करिब २६ लाख मानिस दादुराका कारण मर्ने तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको परिमाण ८० प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ ।

यति हुँदाहुँदै पनि केही रुढिवादी संस्कारका अनुयायीहरुले खोपको विरोध नगरेका होइनन् । सन् १८०० को समयताका ब्रिटेनमा खोप विरोधी जमात नै तयार भएको उल्लेख छ । सन् १८७० मा एकजना ब्रिटिश खोपविरोधी अभियानकर्ता विलियम टेबको भ्रमणपश्चात् अमेरिकामा पनि पहिलो खोपविरोधी समूह गठन भएको अध्ययनले देखाएको छ । पछिल्लो समयमा खोपविरोधी आन्दोलनका एक मुख्य अभियानकर्मी एन्ड्र्यु वेकफिल्ड रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा प्रष्ट उल्लेख भएको पाइन्छ ।

जसको पछिल्लो तगारो सन् १९९८ मा ती लन्डनस्थित चिकित्सकले एमएमआर खोप र अटिज्मबीच सम्बन्ध रहेको भ्रामक विवरण प्रकाशन गरेर भ्याक्सिन उपयोगकर्ताहरुको निद हराम गर्ने काम भएको अध्ययनमा पाइन्छ । विभिन्न खोपमध्ये एमएमआर भनेको दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइने खोप हो ।

दुःखको साथ भन्नुपर्ने हुन्छ, खोप विरोधीहरुका कारण सन् २००४ मा मात्र ब्रिटेनमा एमएमआर खोप प्रयोग गर्ने बालबालिकाको संख्या एक लाखले घट्यो । जसले गर्दा त्यसपछिका वर्षहरूमा दादुराको घटना बढ्यो । साथै खोपको विषयमा निकै राजनीतिकरण भयो ।
अध्ययनमा भनिएअनुसार इटलीका आन्तरिक मामिलामन्त्री माट्टियो साल्भिनी खोपविरोधी समूहका नेता नै मानिन्छन् । बिडम्बना हालका विवादित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै प्रमाण खोपलाई अटिज्मसँग जोडिदिए । तर अचेल भने उनले अभिभावकहरूलाई आफ्ना बच्चालाई खोप लगाउन आह्वान गर्ने गर्छन् ।

एक अन्तर्राष्ट्रिय अध्ययनले खोपप्रति सबभन्दा कम विश्वास युरोपेली क्षेत्र र खासगरी फ्रान्समा रहेको देखाएको छ । जब जनसंख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ तब त्यसले रोग फैलन रोकिदिन्छ र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ । यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी भनिन्छ । यदि यस किसिमबाट चेतना नफैलिने हो भने विश्वको पूरै जनसंख्या खतरामा पर्छ ।
हर्ड इम्युनिटी हासिल गर्न कति जनसंख्याले खोप लगाएको हुनुपर्छ भन्ने आँकडा रोगैपिच्छे फरक छ । दादुराको लागि यो ९५ प्रतिशत छ भने पोलियोको लागि ८० प्रतिशत छ । गत वर्ष अमेरिकाको बु्रकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे । सोही समुदाय अहिले अमेरिकामा दशकौँ यता फैलिएको सबैभन्दा ठूलो दादुराको प्रकोपको केन्द्रमा छ । सँगै विज्ञहरुका अनुसार अहिलेको महामारीले पनि त्यही समूहलाई सबैभन्दा बढी प्रभावित बनाएको बताएका छन् ।

डब्लुएचओका अनुसार केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको संख्या ८५ प्रतिशतमा स्थिर रहेको छ । खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख ज्यान जोगाउँदै आएको छ । खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोग दर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा छ । यसर्थ, लकडाउन समस्याको समाधान नभई क्षणिक साधनको रुपमा लिन सकिन्छ । त्यसैले छिटोभन्दा छिटो कोरोना भाइरसको विरुद्धको खोप आविष्कार गर्नका लागि समर्पित हुन आवश्यक छ । माथि उल्लेख गरेअनुसार खोप आविष्कारका लागि राजनैतिक चक्रव्यूहको खेल नहोस् । जसले निकाले पनि मानवको रक्षाका लागि निकाल्ने हो । त्यसैले आजको पहिलो प्राथमिकता भनेको कोभिड–१९ विरुद्धको भ्याक्सिन नै आविष्कार गर्नु बुद्धिमानी मानिन्छ ।

  • यो त केवल साधन मात्रै हो
  • समस्या समाधानको लागि लकडाउन होइन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0