आर.एल.श्रेष्ठ
पछिल्लो समय कोभिड–१९ ले विश्वलाई आतंकित पारिरहेको परिवेशमा त्यसका विरुद्धको भ्याक्सिन तयार गर्नु र लाखौं व्यक्तिको ज्यान जोगाउनु विश्व स्वास्थ्य संगठनको लागि चुनौती भएको छ । केही वर्ष अघिसम्म दादुरा, रुबेला, डेंगु जस्ता रोगहरुको भ्याक्सिन तयार गरेर प्रयोगको लागि पठाउँदा कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहि खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्नु स्वभाविक रुपमा स्वास्थ्यको लागि न्यायसंगत मानिन्न ।
यस किसिमको प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यति चिन्तित छ, यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको उल्लेख गरेको छ । खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे । जस्तो पछिल्लो पटक देखिएको कोरोना भाइरसले पनि त्यही संकट ननिम्त्याउँला भन्न सकिन्न ।
अध्ययन अनुसार यसभन्दा अघि आविष्कार भएका भ्याक्सिनहरु दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाएका थिए । “भ्यारियोलेसन” भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस् । यो अनौठो प्रविधिले नै आज लाखौं मानिसहरुले पुनर्जन्म पाएका छन् ।
आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे गहिरो अध्ययनबाट पुष्टि भएको पाइन्छ । बिफर अत्यन्त संक्रामक रोग थियो जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो । बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर वा अपांग भएर बाँच्नुपर्ने अवस्था थियो ।
परीक्षणकै क्रममा सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरेको अध्ययनले देखाएको छ । ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए । भनिन्छ, लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा प¥यो । जब फिप्स सो रोगबाट निको भए तब जेनरले ति बालकलाई बिफरको पनि सम्पर्कमा पु¥याइदिए । तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो ।
भनिन्छ, सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति पनि सँगै भयो । ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भएको उल्लेख छ ।
जब खोपको आविष्कार भयो तब धेरै रोगहरुबाट मानिसहरुले पुनर्जीवन पाए । सन् १९६८ मा त्यसको खोप विकास नहुन्जेल वार्षिक करिब २६ लाख मानिस दादुराका कारण मर्ने तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको परिमाण ८० प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ ।
यति हुँदाहुँदै पनि केही रुढिवादी संस्कारका अनुयायीहरुले खोपको विरोध नगरेका होइनन् । सन् १८०० को समयताका ब्रिटेनमा खोप विरोधी जमात नै तयार भएको उल्लेख छ । सन् १८७० मा एकजना ब्रिटिश खोपविरोधी अभियानकर्ता विलियम टेबको भ्रमणपश्चात् अमेरिकामा पनि पहिलो खोपविरोधी समूह गठन भएको अध्ययनले देखाएको छ । पछिल्लो समयमा खोपविरोधी आन्दोलनका एक मुख्य अभियानकर्मी एन्ड्र्यु वेकफिल्ड रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा प्रष्ट उल्लेख भएको पाइन्छ ।
जसको पछिल्लो तगारो सन् १९९८ मा ती लन्डनस्थित चिकित्सकले एमएमआर खोप र अटिज्मबीच सम्बन्ध रहेको भ्रामक विवरण प्रकाशन गरेर भ्याक्सिन उपयोगकर्ताहरुको निद हराम गर्ने काम भएको अध्ययनमा पाइन्छ । विभिन्न खोपमध्ये एमएमआर भनेको दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइने खोप हो ।
दुःखको साथ भन्नुपर्ने हुन्छ, खोप विरोधीहरुका कारण सन् २००४ मा मात्र ब्रिटेनमा एमएमआर खोप प्रयोग गर्ने बालबालिकाको संख्या एक लाखले घट्यो । जसले गर्दा त्यसपछिका वर्षहरूमा दादुराको घटना बढ्यो । साथै खोपको विषयमा निकै राजनीतिकरण भयो ।
अध्ययनमा भनिएअनुसार इटलीका आन्तरिक मामिलामन्त्री माट्टियो साल्भिनी खोपविरोधी समूहका नेता नै मानिन्छन् । बिडम्बना हालका विवादित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै प्रमाण खोपलाई अटिज्मसँग जोडिदिए । तर अचेल भने उनले अभिभावकहरूलाई आफ्ना बच्चालाई खोप लगाउन आह्वान गर्ने गर्छन् ।
एक अन्तर्राष्ट्रिय अध्ययनले खोपप्रति सबभन्दा कम विश्वास युरोपेली क्षेत्र र खासगरी फ्रान्समा रहेको देखाएको छ । जब जनसंख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ तब त्यसले रोग फैलन रोकिदिन्छ र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ । यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी भनिन्छ । यदि यस किसिमबाट चेतना नफैलिने हो भने विश्वको पूरै जनसंख्या खतरामा पर्छ ।
हर्ड इम्युनिटी हासिल गर्न कति जनसंख्याले खोप लगाएको हुनुपर्छ भन्ने आँकडा रोगैपिच्छे फरक छ । दादुराको लागि यो ९५ प्रतिशत छ भने पोलियोको लागि ८० प्रतिशत छ । गत वर्ष अमेरिकाको बु्रकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे । सोही समुदाय अहिले अमेरिकामा दशकौँ यता फैलिएको सबैभन्दा ठूलो दादुराको प्रकोपको केन्द्रमा छ । सँगै विज्ञहरुका अनुसार अहिलेको महामारीले पनि त्यही समूहलाई सबैभन्दा बढी प्रभावित बनाएको बताएका छन् ।
डब्लुएचओका अनुसार केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको संख्या ८५ प्रतिशतमा स्थिर रहेको छ । खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख ज्यान जोगाउँदै आएको छ । खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोग दर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा छ । यसर्थ, लकडाउन समस्याको समाधान नभई क्षणिक साधनको रुपमा लिन सकिन्छ । त्यसैले छिटोभन्दा छिटो कोरोना भाइरसको विरुद्धको खोप आविष्कार गर्नका लागि समर्पित हुन आवश्यक छ । माथि उल्लेख गरेअनुसार खोप आविष्कारका लागि राजनैतिक चक्रव्यूहको खेल नहोस् । जसले निकाले पनि मानवको रक्षाका लागि निकाल्ने हो । त्यसैले आजको पहिलो प्राथमिकता भनेको कोभिड–१९ विरुद्धको भ्याक्सिन नै आविष्कार गर्नु बुद्धिमानी मानिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |