Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारले कसका लागि समाचार लेख्छन् !

प्रभातफेरी अनलाइन ६८३९ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख २४, बुधबार (५ साल अघि)
पत्रकारले कसका लागि समाचार लेख्छन् !

प्रल्हाद शर्मा हुमागाई
बनेपा/सधैंझैं यो पंक्तिकार गत बुधबार आफ्नो बासस्थानबाट बजारतिर जाँदै थियो । अनायास आवाज कानमा ठोकिन पुग्छ, के पत्रकारले समाचार कसका लागि लेख्छन् ? झस्किँदै रोकिएँ प्रस्तुत पात्रप्रति हेरें, दाइ व्यक्तिगत रुपमा मैले हजुरलाई भनेको चाहिँ होइन तर जुन अवस्थामा देखें त्यही पिडा बाहिरिएको हो भन्दै आफ्नो सफाई एकैपलमा पोख्न पुग्नुभो । मैले कुनै प्रतिक्रिया दिने हिम्मत नै गरिनँ । एकपटक घोत्लिन बाध्य भएँ । त्यो अभिव्यक्तिले त्यसपछिका दिन मेरा लागि ज्वारभाटा बनेर आए । यो जटिल प्रश्नले हप्ताभरि यो पंक्तिकारलाई घोचिरह्यो झट्ट हेर्दा सामान्य देखिएता पनि यो प्रश्नले जटिलता निम्त्याएको महसुस भइरह्यो । आफ्नो ३० वर्ष पहिलाको पत्रकारितालाई मनन गर्न पुगें, आफ्नो यात्राका बारेमा व्यहोरेका आरोह–अवरोहलाई फेरि एकपटक नियाल्ने जमर्काे गरें, निकै गमें, जुन प्रश्न नौलो थिएन, फेरि पनि किन यसले मलाई चिमोटिरहेको भान हुन्छ, यि अनुत्तरित प्रश्नहरुले ओइरो एकपछि अर्काे गरी सताइरह्यो । तब म बाध्य भएँ, नेपालको पछिल्लो राजनीतिक जोड घटाउका बारेमा सोच्न । पक्कै पनि त्यो प्रश्न त्यतिकै आएको थिएन, त्यसमा अनगिन्ती जवाफ थिए । सम्बोधन कताबाट सुरु गर्ने यही अन्यौलताका बिचबाट सम्बोधन गर्न खोजें, जता गएपनि फेद न टुप्पो मात्र हुन्छ । जसको कारण पेशाप्रति नै निराशा नै निराशा मात्र भेट्न पुगें । यसैबीच यात्राका सहयात्रीको एउटा शब्द आएर ठोकियो “पित् पत्रकारिता” मेरो यात्राको सुरुवाती यो वाक्यले निकै स्थान पाएको झल्यास्स सम्झिएँ, तब कलम चलाउने अठोट गरें । यि हरफहरु जोड्ने जमर्काे गरें ।

आज सक्षम नागरिकले उठाउने प्रश्नको रुपमा स्थापित भएको यो प्रश्न आउनु नौलो होइन । नागरिक समाजले आँखाको नानीको रुपमा हेरेको वर्ग भनेकै पत्रकार जगत् हो तर दुःखका साथ भन्नुपर्छ, पत्रकारितालाई राजनीतिक चलखेल गर्ने साधन बनाउने काम भयो । तल्लो स्तरका नागरिकको जीवनस्तर उकास्न र विकृति, विसंगति एवं शोषणरहित समाज निर्माणका लागि समर्पित हुनुपर्ने वर्ग कालाबजारियाहरुको कठ्पुतली मात्र बनेनन्, कुनै माफियाको कुर्सी जोगाउने र चरित्रवान्, कर्मठ व्यक्तित्वको अस्तित्व मेटाउने खेलमा पत्रकार ढाल बनेर निस्कियो, जसका कारण यस्ता अनुत्तरित प्रश्नहरुले एकपछि अर्काे गर्दै स्थान बनाउन सफल भए । यसका बारेमा पत्रकारिता क्षेत्रको मियो नै निरिह बनेको तथ्य हाम्रा अगाडि छ । जसको पहिलो उदाहरण कोभिड–१९ का बारेमा फैलिएको अफवाह मात्र होइन, त्यसको व्यवस्थापनमा आएको कमी कमजोरी र कमिशनको चलखेललाई ढाकछोप गर्न अन्धभक्त भएर कात्रोमाथिको ¥याल चुहाइ यसका प्रमाण हुन् ।

जुन प्रवृत्ति पछिल्लो समय देखियो, त्यसले नेपालीलाई नजिकबाट नियाल्नेहरुले अभिशाप भन्दा अरु केही देखाएनन् । जसको परिणाम लकडाउनलाई अपहेलित गरेर लाखौं नागरिकहरुको जीवन समाप्त पार्ने खेलमा आफूलाई महान् सम्झने यो वर्ग आलोचनाको सिकार भयो । हिजोका दिन यो पेशाप्रतिको सम्मान सम्झँदा भावुकताले मन चंगा बन्छ तर आज यो पेशाप्रति जनमानसमा छाएको घृणताले आत्मग्लानी मात्र होइन, पिडाले तड्पिनुको विकल्प छैन । पेशाको दुरुपयोगले निम्त्याएका अनगिन्ती प्रश्नहरुको जिम्मेवार पेशाकर्मी नै भएको पुष्टि हुन्छ । किनकी संकटका बेला दुरुपयोग भएको पदीय मर्यादाका साथै अर्काे परिचयपत्र वा पासका बारेमा देखिएको गम्भीर त्रुटिप्रति सरोकारवाला निकायको ध्यानाकर्षण हुनु स्वभाविक भएको तथ्य नौलो होइन । यसबाट नीति निर्माण तहमा रहेका र कार्यान्वयनको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पक्षले ख्याल पु¥याउँ भन्ने विश्वास समग्र परिवर्तनकारीहरुको ढुकढुकी बनेको छ । यसर्थ, पत्रकारले समाचार लेख्दा यथार्थता लुकाउनु हुँदैन । यदि यसो गर्न सकिएन भने पत्रकारिता पर्चाकारितामा परिणत हुन धेरै समय नलाग्ने सरोकारवालाहरुको टिप्पणी रहेको छ ।

  • पत्रकारले कसका लागि समाचार लेख्छन् !
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0