बनेपा/कोरोना भाइरसले जिल्लामा पारेको असरका बारेमा जानकारी लिने उद्देश्यले मंगलबार पत्रकार महासंघको सभाकक्षमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता शिवप्रसाद हुमागाईंले राज्यले प्रतिपादन गरेको एकडोर नीति प्रभावकारी सावित भएको स्वीकार गर्दै आज कोभिड–१९ कोरोना भाइरस मानव सभ्यतामाथिको चुनौती बनेको छ भन्नुभयो ।
सामाजिक दुरी कायम गर्दै छलफलमा उठेका जिज्ञासाहरु मेटाउने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन महासंघका संयोजक (नेपाली कांग्रेस निकट) हुमागाईंको थप कथन थियो– खर्च ३ सयको, चुरिफुरि ३ लाख बराबरको ओझ बढाउने गरेको देख्दा मानवको मानवीयता बाँकी छ जस्तो लाग्दैन । एउटा मानवले अर्काे मानवका लागि गर्नुपर्ने कर्तव्यलाई प्रचारमुखी बनाउनु मानवीय सिद्धान्तभित्र नपर्ने जिकीर गर्दै यो खालको चिन्तनबाट केही गरौं भन्ने भावना बोकेका हामी सामाजिक अभियान्ताहरु टाढा रहनुपर्ने नेता हुमागाईंले बताउनुभएको छ ।
कामभन्दा बढी प्रसार गरेर आफूलाई प्रतिष्ठित कहलाउने संस्कारको अन्त्य हुनुपर्छ । जबसम्म कोभिड–१९ का विरुद्ध अग्रपंक्तिमा रहेर कर्तव्य, दायित्व र जिम्मेवारीप्रति समर्पित हुने पहिलो तप्का, सञ्चारकर्मी नै हुन् । जसले घर, परिवार, सुख, सुविधा सारालाई बिर्सिएर मानवीय दायित्व निर्वाह गरेका छन् । यो वर्गका लागि हामी राजनीतिकर्मीले केही जिम्मेवारी बहन गर्नु नै पर्ने हुन आउँछ । यो संक्रमणकालिन अवस्थामा सञ्चारकर्मीको दैनिकी कस्तो छ भनेर चासो राख्ने क्रममा आज तपाईं तमाम सञ्चारकर्मीबीच उपस्थित भएको स्मरण गराउँदै प्रत्येक राजनीतिज्ञको धर्म भएको चर्चा गर्नुभएको थियो । जहाँसम्म श्रमिकले श्रमको मूल्य नपाउने अवस्था सिर्जना भएको छ, त्यसका बारेमा ट्रेड युनियन महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि नेता हुमागाईंले छलफलमा प्रष्ट्याउनुभएको थियो ।
अहिले जिल्लाको अवस्था हेर्ने हो भने हजार जना विदेशिएका नागरिक प्रवेश गर्ने हो भने हाहाकार मच्चिन्छ । यो अवस्थामा सञ्चारकर्मीले गम्भीर भएर संयमता अपनाई आफ्नो दायित्व निर्वाह गर्न आवश्यक छ । भर्खरै पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लाको यथार्थ स्थिति पस्कँदै गर्दा सोमबार राती जिल्ला आइपुगेका नागरिकहरुको क्वारेन्टाइनको अभावले विचल्ली परेको यथार्थता प्रस्तुत गरिरहँदा स्थानीय सरकारहरुले भावी दिनमा आइपर्ने चुनौतीका बारेमा संयमता अपनाउन नसकेको हो कि भन्ने आभाष मिलेको छ । सुन्नमा आएअनुसार जिल्लाभरिमा ३ सय ४२ वटा क्वारेन्टाइनमध्ये पनौती नगरपालिकामा मात्रै एक सय वटा क्वारेन्टाइन बेड रहेको जो नगरपालिकाको आफ्नो स्वामित्वमा भएको समेत बुझिन आएको छ ।
यो अवस्थामा बाहिरबाट आएका व्यक्तित्वहरुको गाँस, बास र कपास सम्बन्धी दयनीय अवस्था सिर्जना हुनु नौलो नभएको तर्क राख्नुहुँदै नेता हुमागाईं थप कथन छ– कोरोना भाइरसको कारण नेपालको वार्षिक बजेट नै प्रभावित हुने निश्चित छ । यसरी पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । यसले मुलुक भयावह अवस्थामा गुज्रिँदै छ भने कोभिड–१९ को कारण नेपालमा झण्डै ६० लाखभन्दा बढी बेरोजगारको संख्या भित्रिने छ । जसको कारण मुलुकमा विकराल समस्या निम्तिँदै छ । यदि समयमै यसको व्यवस्थापन गर्न सकिएन भने मुलुकमा भयावह अवस्था सिर्जना हुन पुग्छ । त्यसैले सञ्चारकर्मीहरुले सावधानीपूर्वक कार्य क्षेत्रमा जान आवश्यक छ । यि यावत् समस्याहरुको बिच यो मुलुकले अर्काे खाद्यान्न समस्या झेल्दै छ । यसतर्फ नीति निर्माण तहमा रहने जानकारहरुलाई घच्घच्याउन वा सुसूचित गराउने दायित्व सञ्चारकर्मीको भएको नेता हुमागाईंले खुलासा गर्नुभयो ।
एउटा महत्वपूर्ण पक्ष लकडाउन समस्याको समाधान होइन, यो त मात्र साधन हो । यसलाई माध्यम बनाएर हामी वर्षाैंसम्म चल्नुपर्छ । अहिले सबैभन्दा बढी समस्या झेल्नुपर्ने वर्ग भनेकै स्थानीय जनप्रतिनिधि हुन् । जसले अग्रपंक्तिमा रहेर कोरोना विरुद्धको लडाईं लडिरहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर कोभिड–१९ विरुद्धको लडाईं लडिरहेको तथ्य हाम्रा सामु छ । तसर्थ पनि यो वर्गलाई उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिनुहुनेछ भन्ने अपेक्षा समेत नेता हुमागाईंले छलफलमा व्यक्त गर्नुभएको थियो । उक्त छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले सम्पूर्ण सहभागी पत्रकारहरुको तर्फबाट सुझाव राख्दै सुरक्षित भएर पेशाको निरन्तरता आजको अपरिहार्य भएको बताउनुभएको छ । कोभिड–१९ को कारण पत्रपत्रिका वितरणमा अभाव सिर्जना हुन गई दर्जनौं मजदुरहरुले सेवा, सुविधा पाउनबाट बञ्चित हुन परेको तितो यथार्थता पेश गर्दाै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सामाजिक दूरी कायम गरेर पेशालाई निरन्तरता दिनु आजको आवश्यकता भएको समेत बताउनुभएको छ ।
यो संकटको अवस्थालाई मध्यनजर गर्दै सञ्चारकर्मीको लागि केही राहतको व्यवस्था समेत भएको खुलासा समेत अध्यक्ष तिमल्सिनाले छलफलमा गर्नुभएको थियो । जसमा बागमती प्रदेश सरकार, प्रेस संगठन बागमती प्रदेश धन्यवादका पात्र हुन् । जसले जिल्लामा क्रियाशील ६२ जना सञ्चार माध्यमसँग आबद्ध पत्रकारहरुका लागि खाद्यान्न, मास्क, सेनिटाइजर लगायतका आवश्यक सामग्री उपलब्ध गराएको समेत कार्यक्रममा व्यक्त गर्नुभएको थियो ।
कोरोनाको कारण मानवीय क्षति दिनप्रतिदिन बढ्दै गइरहेको परिवेशमा काभे्र जिल्लामा क्रियाशील १ सय ४९ जना सञ्चारकर्मीहरुको कोरोना बीमा भएको र जिल्लामा प्रकाशित सञ्चार माध्यमहरुका लागि स्थानीय निकायहरुबाट लोककल्याणकारी विज्ञापनको पहल भएको जानकारी समेत अध्यक्ष तिमल्सिनाले दिनुभयो । त्यसैगरी मंगलबारसम्मको जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउने क्रममा सोमबार राती बाहिरी मुलुकबाट जिल्ला प्रवेश गरेका २३ जना नागरिकहरुको लागि जिल्लामा रहेका क्वारेन्टाइनको कारण उनीहरुको अवस्था दयनीय हुन पुगेको यथार्थता चित्रण गर्दै स्थानीय निकायले यि दर्दनाक पिडाहरुलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्ने चासो राख्नुपर्ने अध्यक्ष तिमल्सिनाको जिकीर थियो ।
छलफल कार्यक्रममा अनलाइन मिडियाहरुको तर्फबाट अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो) ले अनलाइन मिडियाहरुको जिल्लाको यथार्थता चित्रण गर्दै मजदुर नेता मार्फत् यि समस्याहरु सम्बन्धित निकायमा पुग्नेछन् भन्ने अपेक्षा समेत व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले गरेका थिए भने सञ्चालन पूर्व नेपाल पत्रकार महासंघ अध्यक्ष एवं टे«ड युनियन महासंघ काभ्रे शाखाका सचिव नारायण तिमल्सिनाले गरेका थिए । उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव दिनेश लामा, प्रदेश सभा उम्मेदवार सुन्दरमणि आचार्य, नेता रमेश हुमागाईं, समिर ब्याञ्जु लगायतको नेतृत्वको सहभागिता रहेको थियो भने नेपाल पत्रकार महासंघसँग आबद्ध सयौं सञ्चारकर्मीहरुको उपस्थितिका बिच छलफल कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संयोजन प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरुका लागि मायाको चिनो स्वरुप ल्ढछ मास्क र प्रेस लेखिएको ज्याकेट प्रदान गरिएको थियो । यसैबीच जीपि फाउण्डेशनले केही हप्ता अगाडि फोटो पत्रकार लक्षित गरी २ थान ज्याकेट र मास्क, सेनिटाइजर वितरण गरेको प्रेस विज्ञप्तिद्वारा जानकारी गराएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |