Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण, ब्याज मिनाहको लागि ज्ञापन पत्र

प्रभातफेरी अनलाइन ३६९८ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि)
कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण, ब्याज मिनाहको लागि ज्ञापन पत्र

गंगा लामा
धुलिखेल/कर विभागद्वारा मंगलबार जारी परिपत्र बमोजिम व्यवसायीहरुले व्यवसाय नै सञ्चालन नगरेको अवस्थामा अन्त शुल्क लगायतका विषयमा व्यवसायीहरुको ध्यानाकर्षण गरेको पाइयो । उक्त ध्यानाकर्षणप्रति धुलिखेल उद्योग वाणिज्य संघको गम्भीर आपति रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

धुलिखेल उद्योग वाणिज्य संघले केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा कर विभागद्वारा जारी गरिएको मितिमा कुनै पनि व्यवसायीहरुले विवरण बुझाउन नसक्ने भएको हुँदा समय थपका साथै सहुलियतका लागि पहल गरिदिन भनी मंगलबार नै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयलाई अध्यक्ष मञ्जुकुमार कोजूद्वारा हस्ताक्षर गरिएको पत्र पठाइएको व्यहोरा उल्लेख छ ।

क्षेत्रीय होटल संघद्वारा नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र यस क्षेत्रमा करिब ४ अर्ब बराबरको बैंकको ऋण मात्र लगानी भएकोले बैंकको ब्याज पनि तिर्न नसक्ने गरी व्यवसाय धराशायी अवस्थामा आएकाले प्रमुख जिल्ला अधिकारी मार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उधोग तथा वाणिज्य मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको क्षेत्रीय होटल व्यवसायी संघका सचिव जोत्सना सैंजूले बताउनुभएको छ ।

कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशायी बन्दै गएको भन्दै ७ बुँदासहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा उल्लेख भएअनुसार लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्षको थप गर्न वा ब्याज मिनाहाका लागि समेत आग्रह गरिएको थियो । साथै सबै होटल ब्यबसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको ब्यबस्था गर्न लगायत कर छुट, घरभाडा छुट र बिद्युत महसुल छुट लगायतका माग ज्ञापन पत्रमा प्रस्तुत गरिएको थियो । त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष माग गरिएको पनि जनाइएको छ । क्षेत्रीय होटल संघले यो विपद्को अवस्थामा होटल व्यवसायीहरुको समस्यालाई मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय समेत ज्ञापन पत्रमा उल्लेख गरेको थियो ।

सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले आ–आफ्नो तर्फबाट सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पुर्याउने र सानातिना सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिने समेत बताउनुभएको थियो । उक्त ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय होटल संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थित रहेको थियो ।

  • कर विभागको निर्णयप्रति गम्भीर ध्यानाकर्षण
  • ब्याज मिनाहको लागि ज्ञापन पत्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0