Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्यका लागि अचुक अश्र आलस

प्रभातफेरी अनलाइन ७६०२ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
स्वास्थ्यका लागि अचुक अश्र आलस

आर.एल.श्रेष्ठ
पछिल्लो समय मानव शरीरमा विभिन्न किसिमका दीर्घ रोगहरु एकपछि अर्काे गर्दै मौलाएका छन् । जसको अचुक औषधीका रुपमा आलसको तेललाई लिने गरेको पाइन्छ । यसैका बारेमा यो स्तम्भमा यो पटक कोर्ने जमर्काे गरेको छु । आलसको तेल अहिले लोकप्रिय बन्दै छ । आलसको छोप अचारमा पनि प्रयोग हुन्छ । आलसलाई बहुगुणी औषधि पनि मानिन्छ । आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो । यसको फल फाइबरयुक्त खाद्य पदार्थको रूपमा उपभोग गरिँदै आएको छ ।

आलसको खेती विश्वका चिसो भूमीमा गरिन्छ । अध्ययन अनुसार संसारमा सबैभन्दा बढी आलस उत्पादन गर्ने देश क्यानडा हो । क्यानडाले विश्वको ४० प्रतिशत बजार ओगटेको छ । क्यानडापछि रसिया, युक्रेन र फ्रान्सले पनि राम्रो आलस उत्पादन गर्ने मुलुकमा पर्दछन् । मानव शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको तत्व हो, ओमेगा–३ फ्याट्टी एसिड, जुन आलसमा प्रशस्त पाइन्छ । कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन् । अचार नै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन् । यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको यो बालीलाई सबैले विस्तारै बुझ्दै गएको पाइन्छ ।

प्राचीनकालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिको खेतीको रूपमा विस्तार भएको छ । विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

अध्ययन अनुसार एक चम्चा अर्थात् १५ ग्राम आलसमा क्यालोरी ३७, प्रोटिन १.३ ग्राम, कार्बोहाइडेड २ ग्राम, फाइबर १.९ ग्राम, चिल्लो ३ ग्राम, ओमेगा फ्याटी एसिड १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट २ ग्राम, भिटमिन बी१ ८ प्रतिशत, भिटमिन बी६ २ प्रतिशत, फोलेट २ प्रतिशत, क्याल्सियम २ प्रतिशत, आइरन २ प्रतिशत, म्याग्नेसियम ७ प्रतिशत, पोटासियम २ प्रतिशत, फस्फोरस ४ प्रतिशत रहेको तथ्य उल्लेख छ ।

आलसमा अत्यधिक मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको एक हो । क्यान्सर जस्तो भयानक रोग लाग्नबाट जोगाउँछ । उच्च रक्तचाप हुनेलाई आलस अमृतसरह मानिन्छ । आलसमा प्रोटिन प्रशस्त पाइने हुँदा शाकाहारीका लागि पनि अति उत्तम मानिन्छ । सुगर लेबल सन्तुलन गर्न पनि आलसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यस्तै भोग जगाउने काम गर्छ र वजन सन्तुलन राख्न पनि विशेष भूमिका खेल्छ । मुटुसम्बधी रोगीका लागि पनि नियमित आलस सेवन गर्नु उत्तम मानिन्छ । खाना पचाउन सहयोग पु¥याउँछ । मधुमेह रोगीका लागि फाइदा पु¥याउँछ । कुनै पनि संक्रमण हुनबाट जोगाउँछ । सुत्केरी महिलाको लागि अति उपयोगी मानिन्छ । आलसको नियमित प्रयोगले अनुहारमा चमक थप्दै जान्छ । नरम र सिल्की कपालका लागि पनि आलस अति उपयोगी छ । आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ । कब्जियत, पाइल्स, फिस्टुलाका बिरामीलाई फाइदा गर्छ । छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने आदि हटाउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाइरहेको हुन्छ ।शरीरको बोसो घटाएर स्फूर्त बनाउन यो उपयोगी छ ।

यसैगरी आयुर्वेदमा ‘दैविक भोजन’ का रूपमा चित्रण गरिएको छ । शैशवावस्थादेखि वृद्धावस्थासम्मका हरेक दिन यो मानव स्वास्थ्यका लागि उपयोगी मानिन्छ । भ्रुणको विकास गराउनुका साथै छाला, केश तथा नङलाई स्वस्थ राख्न सघाउँछ । रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोगी हुने भएकाले यसको उपयोग आवश्यक मानिन्छ । आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित बनाउन मद्दत गर्छ । स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरका बिरामीले आलस खानु राम्रो मानिन्छ । आलसको सेवनले पाचन क्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । आलसले चाँडै बुढो देखिनबाट जोगाउनुका साथै कोषिकाहरु नष्ट भएपछि पुनर्जनन (सेल रिजेनेरेसन) हुने प्रक्रियामा सघाउँछ । कतिपयलाई ग्लुटिन भएको खाना खान हुँदैन । यसले आन्द्रामा समस्या ल्याउँछ र खाएको पच्दैन । यो वंशाणुगत रोग पनि हो । आलसमा ग्लुटिन हुन्न । त्यसैले ‘सेलियाक रोग अर्थात् ग्लुटिन एलर्जी भएकाहरुलाई पनि यो लाभदायक छ । आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिन्छ जसले गर्दा ती शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ ।

आँखाको लागि पनि राम्रो हुन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरुको लागि ओमेगा–३ को सेवन धेरै लाभदायक हुन्छ । सामान्यतया माछाको तेलमा इपिए र डिएचएल दुई प्रकारका ओमेगा–३ फ्याट्टी एसिड पाइन्छन्, तर आलसमा पाइने चाहिँ ‘एएलए’ अर्थात् अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एन्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी मानिन्छन् । तसर्थ, भूगोलअनुसार आलसको खेती गरौं, स्वस्थ जीवन जिउने आधार बनाऔं ।

  • स्वास्थ्यका लागि अचुक अश्र आलस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0