Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अर्थतन्त्रको आधार -अदुवा खेती र यसको व्यापार

प्रभातफेरी अनलाइन ५५२३ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २, मंगलबार (५ साल अघि)
अर्थतन्त्रको आधार -अदुवा खेती र यसको व्यापार

रेनुका कार्की

मानव स्वास्थ्यको लागि अदुवा एक महत्वपूर्ण बस्तु हो । विभिन्न खाले स्वाथ्य समस्याका लागि अदुवा अचुक औषधीको रुपमा लिईन्छ । यसलाई आयुर्वेदिक औषधीको रुपमा पनि लिने गरिन्छ । यसका साथै अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । माटोमुनी फल्ने बाली हो । नेपालबाट भारततर्फ निर्यात हुने यो बालीको व्यवसायिक सम्भावना धेरै रहेको छ ।अदुवालाई तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि पनि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ ।

हावापानी र माटो

उष्ण, उपोष्ण र चिस्यानयुक्त हावापानी भएका ठाउँमा अदुवा खेती गरिन्छ । सन्तुलित वर्षा हुने १५०० मिटर सम्मको उचाइमा अदुवा खेती गर्न सकिन्छ । गर्मी याममा अदुवा खन्नु भन्दा अघि २८० देखि ३०० सेल्सियस सम्मको तापक्रम सबैभन्दा बढी उपयुक्त हुन्छ । बढ्ने समयभरि नै अदुवालाई पर्याप्त चिस्यानको आवश्यकता हुन्छ । कालो, हल्का तथा खुकुलो माटो तथा पानीको निकासका लागि ३० से.मि. गहिराइको कुलेंसो बनाइएको ठाउँ अदुवा खेतीका लागि सबैभन्दा राम्रो हुन्छ । सामान्य अम्लता भएका माटामा अदुवाको गानो राम्ररी फस्टाउँछ ।

माटाको तयारी

माटो तथा हावापानीको स्थितिअनुसार जमिनको तयारी गरिन्छ । सामान्यतया १ मिटर चौडाइ, १५ से.मि. उचाइ र ६–७ मिटर लमाइका ड्याङका बिचमा ३० से.मि. को कुलेसो बनाउनु राम्रो हुन्छ ।

विस्तार

अदुवाको गानो काटेर टुक्रा बनाई रोप्नका लागि तयार गरिन्छ । रोप्ने वस्तुको आकार र उत्पादनका बिच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । रोप्नका लागि ३–५ से.मि. लम्बाइ र १५–२० ग्राम तौल टुक्रा बनाइन्छ । प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो हुनुपर्छ । अदुवाका टुक्राहरूलाई जमिनमा रोप्नुभन्दा पहिले कार्बेन्डाजिम र माङ्कोजेब जस्ता ढुसी नाशक विषादीको ३० ग्राम पाउडरलाई १५ लिटर पानीमा घोलेर प्रशोधन गर्नुपर्छ । यसो गर्दा बिउ कुहिँदैन र छिटो उम्रिन्छ पनि ।

रोपाइ

मनसुनको प्रारम्भसँगै अदुवा रोप्ने गरिन्छ । प्रति हेक्टर १५ देखि २० क्विन्टलसम्म बिउ रोप्नु राम्रो मानिन्छ । एउटा ड्याङ र अर्को ड्याङका बिचको दुरी २५ देखि ४५ से.मि. र एउटा बिरुवाबाट अर्को बिरुवाका बिचको दुरी १५ देखि २० से.मि. हुनुपर्छ ।

गोबर मल तथा रासायनिक मल

रोप्ने बेलामा प्रति हेक्टर २५ देखि ३० टन गोबर मल वा कम्पोस्ट मलको हाल्नुपर्छ । त्यसैगरी रासायनिक मल पनि जैविक मलको प्रयोगको अनुपातमा १००–१२० केजी नाइट्रोजन, ७५–८० केजी फोस्फोरस र १००–१२० केजी पोटास प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ । सल्फरको कमी हटाउनका लागि माटाको तयारी गर्दै गर्दा २०–२५ केजी इलिमेन्टल सल्फरको प्रयोग गर्नु राम्रो हुन्छ । नाइट्रोजनको आधा मात्रा र फोस्फोरस तथा पोटासको पूरै मात्रा आधारका रूपमा हाल्नु पर्छ । बाँकी रहेको नाइट्रोजनलाई रोपेको ४५ देखि ९० दिनभित्र दुईपटक गरेर हाल्नुपर्छ ।

झ्यास-परालले छोप्ने

झ्यास वा परालले छोप्दा छिटो टुसा हाल्नुका साथै जैविक तत्त्व चाँडै भित्र पस्ने हुन्छ । पहिलो छोपाइ रोप्नेबित्तिकै छिट्टै कुहिने हरिया पातहरूको प्रयोग गरेर गर्नुपर्छ ।

सिँचाइ-पानी

जमिन सुख्खा हुन गएमा चिस्यान हेरी आवश्यकता अनुसार १५ दिनको फरकमा फोहोराबाट सिंचाई दिनुपर्छ । अदुवाले पानी जमेको सहन नसक्ने हुँदा पानी निकासको उपयुक्त व्यवस्था मिलाउनु पर्दछ । अप्रैल वा मई महिनातिर उम्रिएको अदुवालाई माटाको प्रकारका आधारमा सात सात दिनको अन्तरालमा प्रारम्भिक सिँचाइ गर्नु पर्छ । यसपछि मनसुनी वर्षा सुरु हुने भएकाले सेप्टेम्बरसम्म सिँचाइ गर्नु पर्दैन । अक्टोबर महिनाको आधाआधीदेखि १५ डिसेम्बरसम्म १५% ५ दिनको अन्तर पारेर फेरि सिँचाइ गर्नु पर्दछ । अदुवा खेतीमा पाना लाग्ने र बढ्ने समयमा सिँचाइ महत्तत्वपूर्ण मानिन्छ ।

गोडमेल

अदुवा बालीलाई दुईपटक गोड्नु पर्छ । पहिलो गोडमेल दोस्रो पटक छोप्नुभन्दा ठिक अघि गर्नु पर्छ । ४५ देखि ६० दिन पछि दोहोरो गोडमेल गर्नु पर्छ । गोड्ने क्रममा अदुवाका पानालाई हानी नपुगोस् र माटाबाट बाहिर ननिस्कियोस् भन्नेमा विचार पु¥याउनु पर्दछ ।

बिरुवाको संरक्षण

१५ लिटर पानीमा १० मिलिलिटर इन्डोक्साकार्ब मिसाएर वा १५ लिटर पानीमा १० मिलिलिटर नोवालुरोन मिसाएर १५ दिनको अन्तरालमा छिट्नु निकै प्रभावकारी हुन्छ । यसले टुसामा लाग्ने कीरा र पात बेरुवा कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ । बिउ गानालाई एक लिटर पानीमा १ मिलिलिटर क्निनाल्फोस घोलेर डुबाई अदुवाको फलका बोक्रामा लाग्ने कीराहरूलाई नियन्त्रण गर्न सकिन्छ । २ ग्राम स्ट्रेप्टोसाइक्लिनलाई एक लिटर पानीमा ३० मिनेट सम्म घोलेर जीवाणुका कारण ओइलाएको अदुवाको बिउलाई उपचार गर्न सकिन्छ ।

अदुवाको खनाइ (बाली उठाउने)

सामान्यतया अदुवा रोपेको पाँच महिना पुगेपछि खन्ने काम गरिन्छ । पूर्ण रूपमा विकसित हुनुभन्दा अघि नै अदुवा खन्ने गरिन्छ । यसबेला अदुवाका पाना कोमल हुन्छन् र पीरोपना र रेसा तत्त्व कायमै रहन्छ । सुरक्षित अदुवाचाहिँ ५ देखि ७ महिना पछि खन्ने गरिन्छ । सुख्खा मसला तथा तेलका लागि चाहिँ ८ देखि ९ महिना पुगेर पानाहरू पूर्ण रूपमा विकसित भएर पात पहेंला भएपछि अदुवा खनिन्छ ।
बिउका रूपमा प्रयोग गरिने अदुवाचाहिँ पातहरू पहेंलिएर मजाले सुकेपछि मात्र खनिन्छ । पाना खनिसकेपछि एक लिटर पानीमा ३–४ ग्राम मान्कोजेबाट भनिने ढुसीनासक विषादी घोलेर उपचार गर्नुपर्छ र छायामा सुकाउनुपर्छ अनि बालुवाको २० से.मि.को तह बनाएर सुरक्षित रूपले खाडलमा गाड्नुपर्छ । अदुवालाई वर्षा, जमिनको पानी वा घामबाट जोगाउनका लागि छहारी बनाएर खाडल खन्नुपर्छ । यसरी प्रति हेक्टर १२ देखि १५ टन उत्पादन हुन्छ ।

प्रत्येक तीन वर्षमा एकपटक मात्र अदुवा लगाउनु पर्दछ । अदुवा उत्पादनको प्रमुख समस्याका रुपमा रहेको गानो कुहिने–सुके सडन रोगको अतिरिक्त थोप्लेरोग, भण्डारण सडन आदि प्रमुख रुपमा लाग्ने गरेको पाइन्छ । रोगरहित स्थानमा उत्पादन भएको स्वस्थ बीउलाई भण्डारण गर्नु अघि डाईथेन एम–४५ ९०।२५५० ले र रोप्नुअघि डाईथेन एम–४५ ९०।२५५० र बेविस्टीन ९०.१५० ले बिउ उपचार गरी प्रयोग गर्ने । तीन वर्ष बिराएर मात्र अदुवा लगाउने र अदुवा लगाउनु भन्दा अघिल्लो वर्ष कोदो वा घिउसिमी लगाएमा माटोको सुरक्षा हुने विज्ञहरुको तर्क छ ।

यसका साथै पानी नजम्ने ठाउँको छनौट गर्नुको साथै निकासको उचित व्यवस्था गर्नुपर्ने पनि बताईएको छ ।अदुवा लगाउँदा १०० के.जी. प्रति रोपनी निम वा तोरीको पिना र २.५–३ के.जी. टिमुरको धुलोको प्रयोग गर्नुको साथै रोग सहने सक्ने जति जस्तै कपुरकोट अदुवा–१ लगाउनु पर्ने । अदुवामा मुख्य गरी खुम्रे किरा, रातो कमिला, गाने औसा लगायतका किराहरुले आर्थिक दृष्टिकोणले केही हदसम्म क्षति पु¥याएको पाइन्छ । साथै किराको सम्बन्ध गानो कुहिने रोगसँग पनि हुने हुँदा अदुवा लगाउँदा प्रति रोपनी ३ केजीका दरले क्लोरोपाइरिफस धुलो प्रयोग गर्दा राम्रो नतिजा पाइन्छ ।

धुलाइ र सुकाइ

अदुवाका पानामा टाँसिएका जराहरूलाई काट्नुपर्छ । धोएर माटो सफा गर्नुपर्छ । रातभरि पानीमा डुबाएर अदुवालाई सफा गर्नुपर्छ । खुर्केर बोक्रा हटाउनुपर्छ । खुर्किसकेपछि अदुवाका पानालाई एक हप्तासम्म घाममा सुकाउनुपर्छ । यस क्रममा पटकपटक चलाउँदै बोक्रा हटाउनका लागि हातले सफा गरिरहनुपर्छ । यसरी तयार गरिएको अदुवालाई रङ नउडाइएको अदुवा भनिन्छ । अदुवाका पानालाई २५ चुन घोलिएको पानीमा ६ घन्टासम्म डुबाउनुपर्छ भने आर्द्रताको मात्रा ८ देखि १०५ रहनुपर्छ । यसरी तयार गरिएको अदुवालाई रङ उडाइएको अदुवा भनिन्छ जुन हेर्दा हल्का चम्किलो देखिन्छ ।

अन्त
बाली भित्र्याउने अदुवाको लगभग ७५५ सरा सुकेर ढल्न थालेपछि खन्न तयार हुने भएतापनि बजार भाउ राम्रो भएमा, हिउँदे बाली लगाउनु पर्दा वा क्यान्डी बनाउने प्रयोजनका लागि ६ महिनामा र सुठो तथा बीउ बनाउने प्रयोजनको लागि ८–८.५ महिनामा आधा सरा नढल्दै खन्नुपर्छ ।नेपालमा अदुवाको अधिकतम उत्पादन क्षमता ४० मे. टन प्रति हेक्टरसम्म पाइएको भएतापनि औसत राष्ट्रिय उत्पादकत्व ११.६८ मे. टन प्रति हेक्टर छ ।

अदुवालाई खनी सकेपछि भण्डारण गर्दा सुक्ने, चाउरिने र टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने हुँदा सुरक्षित भण्डारणका लागि सावधानी अपनाउनु पर्दछ । यसलाई १२–१४ डि.से. तापक्रम र ६५–७०५ सापेक्षिक आद्रता भएको वातावरणमा ५–६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।

  • अर्थतन्त्रको आधार -अदुवा खेती र यसको व्यापार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0