सुभद्रा दाहाल
एउटा गुरुकुल आश्रममा गुरुले शिष्यहरुलाई शिक्षा दिन्थे । शिक्षार्थीहरु पनि निकै मिहिनेती, इमान्दार र गुरुभक्त थिए । तिनीहरुको गुरुदेवप्रति साह्रै ठूलो श्रद्धा थियो । एकदिन एउटा शिष्यले आफू दशैं र तिहारमा घर जानको लागि बिदा मागे । गुरुदेवले पनि चाडपर्व मान्नको कसरी नपठाउनु घर पठाइदिने निधो भयो । बाटोमा ठूलो खोला तर्नु भने पर्दथ्यो ।
खोला साह्रै ठूलो र ठाडो थियो । अब जे भए पनि घर त जानु नै थियो । उसले पनि निधो र सम्झियो “मेरो गुरुप्रति ठूलो आस्था, श्रद्धा छ मेरा गुरुमा निकै शक्ति छ उनैको नाम लिँदै खोला तर्छु” भनेर ऊ बाटो लाग्यो । जब ऊ खोलामा पुगेको थियो, खोलो पनि उर्लेर आइरहेको थियो । शिष्य निकै जोशिलो र गुरुप्रति सदा श्रद्धाभक्ति राख्ने पनि थियो । उसले अठोट ग¥यो ‘म यो खोलो तर्दा मेरा गुरुदेवको नाम लिएर खाला तर्छु’ भनी खोला तर्न थाल्यो । केहि छिनमै ऊ खोलो पार ग¥यो । खोलो पार गर्दा उसले भन्यो “जय गुरुदेव” भनी ठूलो स्वरले कराउँदै तरेको थियो । साँच्चै ! उसले पार पनि गरिछाड्यो । घर पनि पुग्यो दशैं, तिहार चाडपर्व मानेर केही दिनपछि ऊ फेरि गुरुकुलमा फर्किये । शिष्यले त्यत्रो खोला तरेर घर पुगिकन फेरि फर्केर आएको देखि गुरु अचम्मित भई सोध्दा शिष्यले सबै बेलिविस्तार लगाए ।
गुरुमा पनि म त ठूलो नै सिद्धि प्राप्ति गुरु रहेछु भन्ने घमण्ड जाग्यो । शिष्यको कुराले मात्र उनलाई चित्त बुझेन उनले आफू पनि त्यो खोलो हेर्ने भनेर शिष्यलाई लिएर त्यही खोला नजिकै पुगे । शिष्य किनारमा नै थिए, गुरु आफ्नो सिद्धि प्राप्तिको घमण्ड गर्दै खोलामा हाम फाले । खोला ठूलो थियो । गुरुले खोला तर्न सकेनन् उनलाई बगाउँदै लग्यो । उता शिष्यलाई चिन्ता बढ्यो । हत्त न पत्त उनी खोलामा फाल हालेर गुरु भएतिरै पौडी खेल्दै गई बचाई किनार लाए । यसरी श्रद्धा भक्ति साथ गुरुको सेवा गरेकाले उनले आफ्नो घर पनि पुगे, गुरुलाई पनि बचाए । त्यसैले श्रद्धाभक्ति नै ठूलो मानिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |