Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरोकारवाला निकायमा यो रोगको अन्त्य कहिले ?

प्रभातफेरी अनलाइन ६०५४ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण ६, मंगलबार (५ साल अघि)
सरोकारवाला निकायमा यो रोगको अन्त्य कहिले ?

ढाडखोला/रातको १२ बजेर ५७ मिनेट पार गर्दैछ । मुसलधारे पानी परिरहेको छ । लाउन त रेनकोट लगाएको छ तर लुत्थ्रुक्कै मुसो रुझे झैं रुझेर हातमा टर्च लाइट लिएर बिच सडकमा उभिएको व्यक्ति अरु कोहि नभएर ड्युटीको प्रहरी ।

स्टेरिङमा बसेका चालक भन्छन्, कस्तो रहेछ पैसा ! यसले कतिलाई मा¥यो, कतिलाई मालामाल बनायो । यो यसरी मुसलधारे पानीमा बसेर हामीबाट अवैध रकम असुल्छ । हिस्सा लिनेहरु यतिबेला कति मोजमस्तीमा होलान् है सर भन्दै ठट्यौली पारामा मसँग गफ गर्दागर्दै प्रहरी छेउ आइपुगिन्छ । ड्युटीमा बसेको प्रहरीको आवाज आउँछ, के छ दाजुभाइ ? चालकले खिसिक्क हाँसेर यस्तै त हो नि भन्दै हातमा हात जोडेर अघि बढ्छन् ।

फेरि हाम्रो संवाद सुरु हुन्छ, देख्नुभो सर ! यहाँले यो त एउटा टे«लर मात्रै देख्नुभो, इन्ट्री गर्न काउन्टरमा गयो भने मोलमोलाइ गरेर बस्नुपर्छ । भनेजति दिनुपर्ने अवस्था आउँछ, यस्ता त बाटोमा पर्ने अधिकांश पोष्टहरुको दैनिकी हो । अझै भन्नुपर्दा हर्कत नै हो । यति भन्दा नभन्दै दैनिक कति वटा टिपर चल्छन् भनेर सोधें । जवाफ आयो, लगभग १५ सय २ हजार सम्म हुनुपर्छ सर ।

मैले तत्कालै, त्यसो भए कति पैसा कमाउँछन् त ? सामान्यतयाः ८/१० लाख होला नि सर, जवाफ आयो । मसँग कुनै शब्द भएन ! म निःशब्द रहें ।के भो सर ? म झसंग भएँ ! केही नाइँ भनें । किन सर ? यो मुलुकमा कसको भर गर्ने ? कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी कसैमाथि पनि भरोसा रहेन । मलाई अलिअलि याद छ ! मेरा हजुरबुबा उतिबेला राणाकालका सेनाको हवल्दार । उहाँले भनेको झल्झली स्मरण हुन्छ, सेना र प्रहरीमा अनियमितता हुँदैन भन्थे, इज्जत थियो, सम्मान थियो, प्रतिष्ठा थियो, सबैको भरोसा उनीहरुमै थियो तर आज सबैभन्दा बढी तिनै निकायहरुमा अनियमितता मौलाएको देख्दा विरक्त लाग्छ ।

जहाँ–जहाँ इन्ट्री गर्न गइन्छ, त्यहाँ निकै मोलमोलाइ गर्नुपर्छ भन्दा मेरा साखा सन्तानले ती निकायमा प्रवेश नगरोस् भन्ने कामना गर्न पुग्छु । फेरि चालकका अभिव्यक्ति सुनिरहँदा हाम्रा कमी कमजोरी केही चाहिँदैन सर, बहाना कति जन्मिन्छन्, कति जन्मिन्छन्, लेखाजोखा नै हुँदैन । बरु त्यसो गर्नुभन्दा उही उपभोक्ताकै टाउकामा ठोकिने हो भन्दै दिँदै आएका छौं । यिनीहरुलाई कुनै कानून लाग्दैन, यिनीहरु कानूनभन्दा माथि छन् । एकपटक अति भएर हुनुपर्छ अख्तियारले केहीलाई समात्यो, त्यो नौटंकी जस्तै भयो ।

अझ लकडाउनको समयमा पास त थियो नि ! प्रहरीमा जति बाहाना कसैसँग हुँदैन, पास भएपनि प्रति पोष्ट १ हजार देखि १५ सयसम्म दिँदै सामान उपभोक्तासम्म पु¥याएको स्मरण गर्दै अहिले अनियमितता हुन्छ त सबैभन्दा बढी प्रहरीमा हुँदै आएको छ अनि सेनामा भन्दै उनी पनि भावुक हुँदै यदि हजुरलाई बलियो प्रमाण चाहिन्छ भने रासन ठेकेदारसँग सम्पर्क गर्नुस्, सब भेट्नुहुन्छ । एकाउण्टेण्ट मार्फत् कहाँसम्म सेटिङ मिल्छ त्यो सबै खुल्छ, तब थाहा पाउनुहुन्छ । त्यसैले मलाई त लाग्छ नेपालमा अब हिटलर जन्मनुपर्छ । नत्र यस्तै हो, कहिल्यै सुध्रिदैनन् सर । तपाईले चिन्ता लिएर केही हुन्न भन्दाभन्दै रातको २ बजेर १३ मिनेट गएछ । म मेरो गन्तव्य आइपुगें बनेपा । उहाँहरु आफ्नो गन्तव्यतर्फ लाग्नुभयो ।

अहिले बजारमा निर्माण सामग्री अन्तर्गत गिट्टी, बालुवा लगायतका सामानको मूल्य अधिक रुपमा रहेको र आम उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्ने क्रममा यसको उत्पादन र बिक्रि स्थलदेखि उपभोक्तासम्म आइपुग्दाको स्थलगत अध्ययन गर्ने क्रममा गत शुक्रबार बनेपाबाट ढाडखोला र शनिबार बनेपाबाट दोलालघाट आसपासका क्षेत्रहरुको अध्ययन गर्ने क्रममा भेटिएका यथार्थलाई चित्रण गर्ने जमर्काे गरिएको छ ।

  • सरोकारवाला निकायमा यो रोगको अन्त्य कहिले ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0