Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घरेलु कार्यालयप्रति कृषक तथा साना व्यवसायीहरुको आकर्षण

प्रभातफेरी अनलाइन ५०९१ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण ६, मंगलबार (५ साल अघि)
घरेलु कार्यालयप्रति कृषक तथा साना व्यवसायीहरुको आकर्षण

धुलिखेल/घरेलु कार्यालयका बारेमा केही प्रश्न ग¥यो भने एकताका नाक खुम्च्याउनेको लर्काे नै लाग्थ्यो तर समय सँगसँगै नेतृत्व परिवर्तन भएपश्चात् पछिल्लो समय जिल्ला घरेलु कार्यालय कृषक तथा व्यवसायीहरुको लागि आकर्षकको केन्द्रबिन्दु बन्न पुगेको देखिन्छ । सीप सिक्नेदेखि आय आर्जनको क्षेत्रमा केही गर्छु भनेर जानेहरु खाली हात फर्किनु पर्दैन भन्छन् अधिकांश कृषक तथा साना व्यवसायी ।

अपरझट कार्यालय परिसरमा भेटिएका कृषक हरिप्रसाद हुमागाईं मुलुकको ढाँचा परिवर्तनसँगै जिल्ला घरेलु कार्यालयले कुशल नेतृत्व पाएको महसुस भएको छ भन्दै कृषक हुमागाईं थप्छन्– बल्ल नाम अनुरुपको काम भएको आभाष जिल्ला घरेलु कार्यालयले दिएको छ । यो मैले मात्र भनेको होइन, काभ्रेका हजारौं कृषक तथा साना व्यवसायीहरुको भावना बोलिदिएको हुँ । सक्षम नेतृत्व र असक्षम नेतृत्वबीच यति ठूलो अन्तर हुँदो रहेछ भन्ने पुष्टि यो नेतृत्वले दिएको छ । अतितका नेतृत्व सधैं ललहरि गाउँदै ठिक्क थिए । बजेट छैन, यो छैन, त्यो छैन आदि आदि बहानामै भुलाए तर अहिलेका कार्यालय प्रमुखको मुखबाट हुँदैन, छैन र बजेटको कुनै शब्द नै सुन्नु परेको छैन । मात्रै रोजगारीको चाहना हुनुप¥यो !

सीप सिक्नुहुन्छ, रोजगार सिर्जना गर्नुहुन्छ, के छ चाहना ? बेरोजगार नबस्नुस् । तपाईंलाई कार्यालयले सहयोग गर्न कुनै कञ्जुस्याईं गर्ने छैन । जिल्ला घरेलु कार्यालय केही गर्छु भन्नेहरुका लागि खुल्ला किताब हो । प्रत्येक केही गरौं भन्ने जनहरुले पढ्न सक्नुहुनेछ भन्नुहुन्छ कार्यालय प्रमुख केशवप्रसाद पुडासैनी ।

यो कार्यालयले नै बेरोजगार अन्त्य गर्ने उद्देश्यले स्थापना भएको हो । यसको महत्व समाज समक्ष प्रष्ट्याउन नसक्नु तत्कालिन नेतृत्वको कमी कमजोरी होला । यो मुलुकबाट बेरोजगार अन्त्य गर्छ भने साना उद्योगले गर्छ । त्यसैले पनि जिल्ला घरेलु उद्योग तर्फ नागरिकको ध्यान आकर्षित गर्नु प्रत्येक सचेत मनहरुको दायित्व हुन्छ भन्ने जिकिर कार्यालय प्रमुख पुडासैनीको छ । अतितमा के भए, के भएनन्, तर मेरो कार्यकालमा यस कार्यालयलाई चुस्त दुरुस्त गुणस्तरीय सेवामा कुनै कमी आउन दिने छैन । कार्यालय प्रवेश गरेको १ घण्टाभित्र सेवा दिएर सेवाग्राहीलाई फर्काउने लक्ष्य सहित सेवामा समर्पित हुँदै आइरहेका छौं । १ वर्षको अनुभवले पनि त्यो उद्देश्य प्राप्ति गरेको पुष्टि भएको छ । कार्यालयभित्र १ घण्टा बस्दाको अवधिमा समेत फ्रि वाइफाइ समेत रोजगार सम्बन्धी काउन्सिलिङको व्यवस्था गरेका छौं ।

कार्यालयको उद्देश्य छ, प्रत्येक बेरोजगारहरु कार्यालयबाट निस्किँदा मन्द मुस्कानसहित पाइला अगाडि बढाउने अठोटका साथ जानेछन् भन्ने अपेक्षा अनुरुप नै काम गरेका छौं । यो मेरो प्रण भो । पारदर्शी ढंगबाट सेवा दिएको अनुभूति गराउन सकियो भने त्यही नै ठूलो उपलब्धी मान्नुपर्छ । जिल्ला घरेलु कार्यालय त्यसैमा दत्तचित्त भई लागिपरेको छ । यो सबैको श्रेय यस कार्यालयसँग सम्बन्धित रहेका सम्पूर्ण कर्मचारी मित्रहरुसम्म जान्छ । जिल्ला घरेलु कार्यालय अनेकतामा एकताले नै शिखर चुम्छ भन्ने उदाहरण बनिरहेको दाबी कार्यालय प्रमुख पुडासैनीको छ ।
उक्त अभिव्यक्ति गत बिहीबार सेती देवी कृषि फार्म एवं पशुपालन तथा तरकारी खेतीलाई हाते ट्याक्टर हस्तान्तरण गर्ने क्रममा व्यक्त भएका हुन् ।

  • घरेलु कार्यालयप्रति कृषक तथा साना व्यवसायीहरुको आकर्षण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0