Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिनावारी निराकरणका १३ विकल्प

प्रभातफेरी अनलाइन ४४५५ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २७, मंगलबार (३ साल अघि)
महिनावारी निराकरणका १३ विकल्प

आर.एल.श्रेष्ठ
प्राकृतिक रुपमा महिलाहरुमा देखापर्ने रजस्वला वा महिनावारी प्रक्रिया एक पूर्णताको संकेत पनि हो । जसले महिलाहरुलाई सन्तान उत्पादनका लागि आवश्यक पर्ने एस्ट्रोजन हर्माेनको सुरुवाती संकेत हो भन्ने बुझाउँछ । युरोपेली मुलुकहरुमा जब आफ्ना छोरीमा रजस्वला हुन्छ उनीहरु खुशीयाली मनाउँद छन् । किनकी छोरीले परिपक्वता हासिल गरेको खुशीयालीमा गरिने एक किसिमको मनोरञ्जनका रुपमा पनि परिभाषित गरिन्छ । तर पूर्वीय दर्शन अन्तर्गत नेपालमा भने अलि फरक प्रकृतिबाट यसका बारेमा चर्चा हुँदै आएको छ । पछिल्लो पिढीले यसलाई विज्ञानसम्वत् रुपमा लिएको पाइन्छ । सोही क्रममा जीवनको उत्तरार्धमा हुने एउटा प्रक्रिया हो महिनावारी सुक्नु । यसका बारेमा चिकित्सा विज्ञानले बताएअनुसार लगातार १२ महिनाको अवधिमा १ पटक पनि महिनावारी भएको देखिँदैन, तब महिनावारी बन्द भएछ भन्ने बुझ्नुपर्छ ।

विशेषतः यो प्रक्रियालाई प्राकृतिक रुप दिएता पनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले तलमाथि हुनसक्छ । महिलाहरुमा विशेषतः खानपान, रहनसहनले केही तलमाथि पार्छ । जसअन्तर्गत चित्किसा विज्ञानले प्रमाणित गरेअनुसार महिलाको औसत उमेर ४५ देखि ५५ सम्म तोकिएको छ ।

यो अवस्थामा महिलाहरुमा असामान्य किसिमका प्रतिक्रियाहरु देखा पर्दछन् । जसको कारण महिलाहरुमा मनोवैज्ञानिक असरहरु देखिन्छ । त्यसैले महिनावारी सुक्ने कारणहरुका बारेमा सामान्य जानकारी हुन उपयुक्त मानिन्छ । यति भयो भने पनि मनोवैज्ञानिक कारणले सिर्जना हुने नैराश्यताहरुको अन्त्य हुनेछ ।

किशोरीहरुमा विभिन्न किसिमका हर्माेनहरु उत्पादन हुने क्रममा एस्ट्रोजन नामक हर्मोन पनि उत्पादन हुन्छ । जसले यो सृष्टिलाई निरन्तरता दिने काम गरेको छ । यो यस्तो हर्मोन हो, जुन महिलाको डिम्बासयले उत्पादन गर्छ । जुन हर्माेनको कारण किशोरीहरुमा शक्तिको पूर्णता पनि देखाउँदछ । साथै उमेर बढेसँगै एस्ट्रोजनको उत्पादनमा विस्तारै कमी हुँदै जान्छ र महिनावारी सुक्ने लक्षणहरु क्रमशः देखा पर्न थाल्छन् ।

यसका लक्षणहरु पीडादायक हुन सक्छन् । तर प्रायः समयको साथै सुधार हुँदै जान्छ ।

लक्षण

– महिनावारी चक्रमा परिर्वतन

– निद्रामा समस्या

– उर्जामा (जाँगर/आलस्यता) परिवर्तन आउनु

– शरीर तात्ने, गर्मी महसुस हुने र पसिना आउने

– टाउको दुख्ने

– चिन्तित हुने

– योनीमा सुख्खापन

– यौन इच्छामा कमी हुने, सहवास गरेमा पीडादायी हुने

– छाला र कपालमा सुख्खापन

समाधान
– पसिना सोस्ने सुतीको खुकुलो सजिलो कपडा लगाउने ।

– कोठा र शरीरलाई शीतल बनाएर राख्ने ।

– गर्मीमा हलुका खाना खाने ।

– हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने ।

– तनाव घटाउने, आराम गर्ने, योग, ध्यान गर्ने ।

– नियमित एउटै समयमा सुत्ने र उठ्ने ।

– संयमता कायम राख्न मनपर्ने सामाजिक, परिवारिक गतिविधिहरुमा सहभागी हुने ।

– आवश्यक परेमा चिकित्सकसँग एवं मनोविज्ञसँग परामर्श सेवा लिने ।

– छाला÷कपाल धेरै सुख्खा भए, स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने ।

– योनीको सुख्खापन वा यौन समस्या समाधानका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह लिने ।

– महिलाले प्रत्येक महिना स्वयं स्तन जाँच गर्नुपर्छ । जसले समयमै स्तन क्यान्सरजस्ता डरलाग्दा समस्या पत्ता लगाउन मद्दत गर्छ ।

– ३० वर्ष पुगिसकेका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्छ ।

– क्याल्सियमको मात्रा पनि समय–समयमा हेर्नुपर्छ किनभने उमेर बढेसँगै क्याल्सियमको मात्रा कम हुँदै जान्छ र हड्डी कमजोर बनाउँछ ।

तसर्थ सामान्यतयाः अध्ययनअनुसार यी कुराहरुको ज्ञान लिन सके मात्रै पनि स्वस्थ जीवन जिउनका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका छन् । साथै पानी शरीरको आवश्यकतानुसार पिउनु नै बुद्धिमानी हुन्छ ।

  • महिनावारी निराकरणका १३ विकल्प
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0