Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्वको निर्देशनको अवज्ञाले निम्त्याउन सक्ने अनिष्ट

प्रभातफेरी अनलाइन ७१७१ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र २, मंगलबार (२ साल अघि)
नेतृत्वको निर्देशनको अवज्ञाले निम्त्याउन सक्ने अनिष्ट

प्रल्हाद शर्मा हुमागाई


कुनै पनि प्राणी होस् या समूहको एकजना मूली हुन्छ । उसैको निर्देशनमा त्यो प्राणी, त्यो समूह परिचालित भएर नै आजको सभ्य समाज स्थापित भएको तथ्य हामीले विभिन्न दस्तावेजहरुमा पाउँछौं । हामीले अध्ययन गर्दै आएको दस्तावेजले पनि हामीलाई गणेश थाप्नु वा गुरु पुज्नु भनिन्छ ।

तर, पछिल्लो समय आफ्नो अगुवालाई रतिभर नगन्ने संस्कार बोकेर सदस्यहरु निस्किएको देख्दा यसले भोलिको दिन कस्तो प्रभाव पार्ला भन्न सकिन्न । पछिल्लो समय नेपालको राजनीतिमा यसको खेती राम्रै मौलाएको छ । विशेष गरी नेकपा काभ्रेको नेतृत्वको उपहास गर्दै कार्यकर्ताहरु सडकहरुमा छरप्रष्ट भएको देखिन्छ । यसैको प्रतिबिम्बको रुपमा नेकपा काभ्रेको अध्यक्षको निर्देशनलाई हाँसोको पात्र बनाइएको छ । यसले के पुष्टि गर्छ भने अब समाज विचलनतर्फ धकेलिँदै छ । आफ्नै परिवारको अग्रजका विरुद्ध उभिनुले उसको यथार्थ चरित्र उदांगिएको छ । जुन किसिमको हाँसोको पात्र बनाउने खेल खेलियो, त्यसले क्षणिक मूतान्यानो त भयो होला, कालान्तरमा गएर निम्त्याउने गम्भीर संकटको जिम्मेवार को हुने ? त्यसतर्फ नेतृत्व चनाखो हुन आवश्यक छ । नेतृत्वप्रति हुँदै आएको तल्लोस्तरका क्रियाकलापले आफैं लज्जित हुनुपर्ने अवस्था कुनै दिन सिर्जना नहोला भन्न सकिँदैन । कसैको लहलहैमा लागेर कसैलाई खुइल्याउन खोज्नु गम्भीर त्रुटि भन्दा अरु केही हुन सक्दैन । त्यसैले नेतृत्वको निर्देशनलाई अवज्ञा गर्दै जाँदा एकदिन अनिष्टको सिकार हुन सक्छ । त्यतिबेला न्याउली मारी पछुतो हुनेछ । त्यसैले नेतृत्वलाई गलत रुपमा परिभाषित गर्दै जुन हर्कतहरु एकपछि अर्काे हुँदै गएका छन्, त्यसले नेकपा काभ्रेको भविष्य अन्यौलतर्फ केन्द्रित गरेको विश्लेषकहरुको निचोड छ ।

अहिले दुई तिहाईको कम्युनिष्ट सरकारको असफलताले भविष्यमा नेपालको कम्युनिष्ट आन्दोलनले दक्षिणपन्थी रुप लिने जग निर्माण गरेको पुष्टि गर्दछ । यसको सूत्राधार कार्यकारी प्रमुख भएको विश्लेषकहरुको धारणा छ । धेरै चाँडो वा वर्तमान सत्ताधारी कम्युनिष्ट ट्रयाकबाट मुक्त हुने संकेत गरिरहेको छ । कम्युनिष्ट भनेर नागरिकबीच जान राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीमण्डलका सदस्यहरुलाई असहज भइरहेको छ । यो लक्षण कम्युनिष्ट आन्दोलनको लागि शुभ होइन । हामीले पढ्दै आएको इतिहासको पानालाई कोट्याउने हो भने रुसमा जसरी कम्युनिष्ट पार्टीको मृत्यु भयो र पछि दक्षिणपन्थी पुटिनले अहिलेको सत्ता सम्हालेका छन्, अन्ततः नेपालको कम्युनिष्ट आन्दोलन त्यही दिशामा गएर ठोकिने छ । यो सबैको जड मौजुदा सरकार हुनेछ । यसको संकेत माथि पनि उल्लेख गरिसकें अहम्तावादी मानसिकताबाट ग्रसित आफूभन्दा अरुलाई कम्युनिष्ट नै नदेख्ने मनोवृत्तिको उपज हो ।पछिल्लो समय कम्युनिष्ट सरकारका कार्यकारिणीले विषय वा प्रसंगलाई अन्यत्रै मोडिदिएर राम मन्दिर निर्माणमा लाग्न निर्देशन दिनु पहिलो खुड्किलो मान्न सकिन्छ ।

त्यसैले पनि पछिल्लो समय कम्युनिष्ट पार्टीको नाममा निम्तिएका शब्दहरु नागरिकबाट आलोचनाका सिकार हुँदै आएका छन् । यसकारण पनि वर्तमान संविधान ओझेलमा रहने सम्भावना प्रचुर मात्रामा रहेको विश्लेषकहरुको ठम्याई छ । तसर्थ, १० वर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने हो भने हामीले हाम्रो नेतृत्वलाई स्वीकार्नुको विकल्प छैन । कुनै व्यक्ति विशेषको नभई संस्थागत रुपमा विकास भएको नेतृत्वलाई काम गर्ने वातावरण सिर्जना गरिदिने दायित्व प्रत्येक कार्यकर्ताको हो । अतित हामीले भुल्नु हुँदैन ।

०६२/०६३ को आन्दोलन अगाडि बढिरहँदा राजावादी र पुनउत्थानवादीहरुले परिवर्तनकारी शक्तिमाथि बोलेको एउटा धावाले आज पनि झल्यास्स पार्दछ । त्यतिबेला तत्कालिन माओवादीले परिवर्तनको नाममा केही गर्न नसकेपनि एउटा ढुंगा भएपनि हान भनेर गाउँबाट जनताहरुलाई सहर नखेदेको भए आज यो मुलुकको मुहार फेरिने थिएन । अनि जुन नेताहरु अहिले आफूलाई मसिहा ठान्दछन्, उनीहरुको हैसियत कहाँ हुन्थ्यो ? भनिराख्न नपर्ला । त्यसैले अतितलाई भुलेर वर्तमानमा तल्लोस्तरको हर्कत देखाउने कुचेष्टा नगर्नु नै बुद्धिमानी ठानिन्छ । नेपाली जनताले जुन स्थायित्वको कल्पना गरेर मतदान गरेर त्यो ठाउँमा पु¥याएका छन्, त्यसको सम्मान गर्न चुक्यौं भने जीवनभर पछुताउनुको विकल्प छैन । त्यसैले अहम्ता त्यागेर सभ्य र सरल भूमिका सहित नेकपाका इमान्दार कार्यकर्ताहरुको आस्थामा ठेस नपुग्ने गरी आफू र आफूलाई परिचालित गर्नु नै आजको पहिलो आवश्यकता महसुस भएको छ ।

  • नेतृत्वको निर्देशनको अवज्ञाले निम्त्याएको अनिष्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

    रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

  • आर्थिक बिकासका लागि सहकारीको भूमिका

    आर्थिक बिकासका लागि सहकारीको भूमिका

  • समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

    समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

  • प्रभातफेरीः मेरो दृष्टिमा

    प्रभातफेरीः मेरो दृष्टिमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0