Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता

प्रभातफेरी अनलाइन ६७४६ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (२ साल अघि)
पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता

बिपशना शाक्य
पनौती/दोस्रो मेलम्ची आयोजना भनेर चिनिने काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले आर्थिक रुपमा मेलम्चीकै स्वरुप धारणा गर्ने पक्कापक्की भएको उपभोक्ताहरुको भनाई छ ।

उपभोक्ताहरुको भनाई अनुसार खानीजन्य उत्पादनको रोयल्टी बुझाउनुपर्छ भने खानेपानीको पनि मुहानवाला पक्षलाई रोयल्टी छुट्याउनुपर्ने माग छ । यसरी आवाजहरु बुलन्द हुँदै आएका छन् । दुई वर्ष अघि नै सम्पन्न भई उपभोक्ताको घरघरमा पुग्नुपर्ने पानी यतिबेलासम्म कागजमा ९८ प्रतिशत काम सम्पन्न भएको देखाइएको छ । व्यवहारतः पनौती क्षेत्रमा धेरै पाइप लाइनका कामहरु बाँकी रहेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । यो समाचार तयार पार्दासम्म पनौती नगरभित्र कम्तीमा पनि ३५ देखि ५० प्रतिशतसम्म पाइप लाइनको काम बाँकी रहेको उपभोक्ताहरुको निष्कर्ष छ ।

यता धुलिखेल नगरपालिकाले आफ्ना सबै वडाहरुमा पाइप लाइनदेखि ट्यांकीसम्मका कामहरु पूरा गरिसकेको छ भने बनेपाले करिब करिब पाइप लाइनको लागि अन्तिम अवस्थामा पु¥याएको उपभोक्ताहरुको दाबी छ । यदि यो अवस्थामा पानी सोझै वितरण गरिन्छ भने त्यो हाम्रा लागि पाच्य हुन्न भन्छन् स्थानीय उपभोक्ता श्यामकृष्ण श्रेष्ठ । उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उपभोक्ताहरुको समग्र प्रतिनिधि पात्रको रुपमा वहाँका वाक्यहरुलाई जस्ताको तस्तै राख्ने जमर्काे गरेको छौं । धुलिखेल नगरपालिकाले आफ्नो नगरवासीहरुको तथ्यांकमा फर्जी जनसंख्या खडा गरेर पेश गरेको वहाँको आरोप छ । सँगसँगै वितरण प्रणालीलाई समानुपातिक ढंगबाट जनगणनाको आधार बनाएर पानीको बाँडफाँड गर्नुपर्ने सम्पूर्ण उपभोक्ताहरुको आग्रह छ ।

त्यस्तै धुलिखेल, पनौती र बनेपा नगरीभित्र रहेका खानेपानीका स्रोतहरुलाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा मर्ज गर्नुपर्ने उपभोक्ताहरुको आग्रह छ भने खानेपानी बोर्डको नेतृत्व चक्रिय प्रणाली बमोजिम हुने प्रावधानको तत्काल कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरिएको छ । आम उपभोक्ताले तिर्ने खानेपानी महसुलबाट मुहान संरक्षणका लागि कोषको व्यवस्था गरिनुपर्ने र उक्त कोष पारदर्शी ढंगबाट चल्नुपर्ने उपभोक्ताहरुको माग छ । साथै धुलिखेल खानेपानी तथा सरसफाई आयोजनाले मुहानतर्फको पाइप लाइनको मुखमा ठूलो पाइप राखी पानी ल्याउन लागेको भन्ने गाईंगुईं सुनिएको छ । यदि त्यस्तो हो भने तत्काल त्यस्ता गतिविधिहरु बन्द हुनुपर्ने उपभोक्ताहरुको माग छ ।

विविध पक्षहरुलाई अध्ययन गर्दा धुलिखेल नगरपालिकाले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई आफ्नो अनुकुलतामा प्रयोग गरेको आम उपभोक्ताहरुको आरोप छ । यदि त्यस्तो हो भने हामी उपभोक्ताहरु त्यस किसिमको विभेद सहने पक्षमा छैनौं भन्छन् पनौतीका उपभोक्ता कृष्ण थापा । जुन किसिमबाट पानीमाथि राजनीति गरिएको छ, त्यसलाई स्वीकार्ने पक्षमा आफूहरु नरहेको उपभोक्ताहरुको चुनौती थियो । खानेपानीका सवालमा नीति विपरित तीनै वटा नगरभित्र बनाइएका डिप बोरिङ कार्यलाई तत्काल रोकी त्यस्तो कार्य गर्नेलाई कडाभन्दा कडा कारवाही हुन आवश्यक छ । यदि त्यस किसिमको कार्य गर्न आनाकानी गरिन्छ भने त्यसका विरुद्ध सशक्त आन्दोलन गर्न आफूहरु पछि नपर्ने पनौती सरोकार समाजका संयोजक विश्वेश्वर बञ्जाराले चुनौती दिएका छन् ।

उहाँका अनुसार स्थानीय जलाधर क्षेत्र संरक्षण, सिंचाईको वैकल्पिक व्यवस्था र पनौती जलविद्युत् आयोजनाको निरन्तर सञ्चालनको लागि पानीको उचित व्यवस्था गर्न चेक ड्यामहरुको निर्माण गर्नु आवश्यक छ । त्यसका लागि आयोजना गम्भीर हुनुपर्ने बञ्जाराको राय छ । समग्रमा उपभोक्ताहरुको मागअनुसार काम नभएको र फर्जी प्रतिवेदन पेश गरेर उपभोक्ताहरुको आँखामा छारो हाल्ने काम आयोजनाले गरेको भन्दै उपभोक्ताहरु उक्त क्रियाकलापको विरुद्ध खनिएको स्थलगत अध्ययनले देखाएको छ । स्थलगत अध्ययनको आधारमा तयार पारिएको ।

 

 

  • पानीको पनि रोयल्टी पाउनुपर्छ- उपभोक्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0