Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

९०औं स्थापना दिवस विपन्नहरुबीच सम्पन्न

प्रभातफेरी अनलाइन ५४५३ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र १६, मंगलबार (५ साल अघि)
९०औं स्थापना दिवस विपन्नहरुबीच सम्पन्न

बनेपा/आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सव कोभिड–१९ का विरुद्ध विपन्नहरु माझमा गएर बिजनेश एण्ड प्रोफेशनल वोमन बनेपा शाखाले गरिब, विपन्न, कोभिड सम्बन्धी चेतना फैलाउँदै सोमबार एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
शाखाका अध्यक्ष ईश्वरी श्रेष्ठका अनुसार माउ संस्थाको स्थापना दिवसको अवसर पारेर बटुवा, विपन्न, गरिब वर्गहरुलाई लक्षित सेनिटाइजर, साबुन, मास्क वितरण गर्नुको सँगसँगै कोरोनाका बारेमा चेतनामूलक फ्लेक्स बोर्डहरु शहरका विभिन्न स्थानमा झुण्ड्याएर सुसूचित गराउने कार्य सम्पन्न भएको बताउनुभएको छ ।


नेपालमा लकडाउन सुरु भएको पनि १ सय ५७ दिन पार गरिरहँदा कति सर्वसाधारणलाई न लकडाउनको बारे थाहा छ, न कोरोनाकै बारेमा जानकार छन् । ति अशिक्षित, चेतनाविहिन वर्गहरुलाई सुसूचित गरेर आफ्नो स्थापना दिवस मनाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यात्रामा रहेका बटुवाहरुलाई मास्क लगाउन सिकाउनुको साथै साबुनपानीको महत्व समेत बताएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ । नितान्त महिलाहरुप्रति लक्षित उद्देश्य साथ स्थापना भएको बिजनेश एण्ड प्रोफेशनल वोमन अन्तर्राष्ट्रियस्तरको गैर सरकारी संस्थाको रुपमा नेपालमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा बिजनेश एण्ड प्रोफेशनल वोमन बनेपा शाखाले संस्थाको वार्षिकोत्सवलाई उल्लेखित क्रियाकलाप गरेर मनाएको हो ।

उक्त कार्यक्रममा बनेपा शाखाका अध्यक्ष ईश्वरी बादे श्रेष्ठ, सचिव सुवासना श्रेष्ठ, सदस्यहरु रचना मानन्धर, जिना श्रेष्ठ र सरिता पलाञ्चोकेले कार्यक्रममा आवश्यक पर्ने भौतिक सामग्रीहरु साबुन, सेनिटाइजर, मास्क र फ्लेक्स बोर्डहरु लगायत उपलब्ध गराउनुभएको थियो । कार्यक्रमलाई संस्थाका पदाधिकारी र स्वयंसेवकहरुले सघाएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0