Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिनप्रतिदिन आत्महत्या बढ्नुको कारण खोज्दैन सरकार !

प्रभातफेरी अनलाइन ९३९८ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
दिनप्रतिदिन आत्महत्या बढ्नुको कारण खोज्दैन सरकार !

कोभिड–१९ का कारण पछिल्लो समय आर्यघाटमा दाहसंस्कार गर्ने लास भएन, कहाँ गए मर्ने मान्छे भन्दै चित्कार एकातर्फ सुरु भएको छ भने अर्काेतर्फ आत्महत्याले इतिहास रच्दै छ ।
यस किसिमको घटनाक्रमले नेपाली जनतालाई के सन्देश दिन खोजिरहेको छ ? सम्बन्धित सरोकार राख्ने निकाय के हेरेर बसेको छ ? यतिबेला सबैको चासोको विषय कोभिड–१९ भन्दा पनि आत्महत्या भएको छ ।
बालकदेखि वृद्धसम्मले आत्महत्या गर्ने क्रम बढेको छ । यो जटिल परिस्थितिका बारेमा गम्भीर रुपमा अध्ययन नगर्ने हो भने समस्या भयावह भएर नआउला भन्न सकिन्नँ । दिनप्रतिदिन आत्महत्या बढ्दै जाँदा प्रत्येक नेपाली जनहरु संशकित भएका छन् । चिया पसलदेखि सिंहदरबारसम्म विभिन्न किसिमका अड्कलबाजी चलिरहेका छन् । पछिल्लो घटनाक्रमका बारेमा व्यक्तिपिच्छे फरक फरक किसिमका अड्कलले बजार छाएको छ । पछिल्लो समय भक्तपुरका एक परिवारमा भएको त्रासदीपूर्ण घटनाले कसको मन नछोला ? मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरामा अधिकारी परिवारमा घटेको त्रासदीपूर्ण घटनाले एकपटक हामी सबैलाई गिज्याउँछ ।
जुन घटनाको सिकार यो परिवार हुनपुग्यो त्यसको मुख्य कारण वित्तीय संस्था भएको बजारमा चर्चा परिचर्चा छ । कोभिड–१९ ले सिंगो विश्वको अर्थतन्त्र तहसनहस भईरहँदा नेपालीहरु पनि त्यसबाट अछूतो रहनसक्ने अवस्थै रहेन । यो अवस्थामा गुज्रिरहेको जीवनयापनको परिवेशमा वित्तीय संस्थाहरुले मानवीय विवेक नपु¥याउँदा यस किसिमका घटनाहरु यसभन्दा अगाडि पनि नघटेका होइनन् । यस अवस्थामा इज्जत, प्रतिष्ठामा आँच पुग्ने किसिमले वित्तीय संस्था प्रस्तुत भईदिँदा यस्ता किसिमका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । जुन अवस्था कोभिडका नाममा सिर्जना भयो, यो यथार्थता सबैमाझ छर्लङ्ग छ । यस्तो विषम परिस्थितिमा वित्तीय संस्थाले जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसलाई भुलेकै भन्दा फरक पर्दैन । आफ्नो व्यवसाय मात्र देख्ने वित्तीय संस्थाले कसैको मान, मर्दनमा आँच पुग्न गयो भने यस्ता घटनाहरु निम्तिन सक्छन् भन्ने तर्फ कहिल्यै विचार पु¥याएनन् । यो परिवेशमा भर्खरै पारित प्रचलित नियमानुसार यो अवस्थामा पु¥याउनको लागि उत्प्रेरित गर्ने जो कोहि पनि कानूनको भागीदारी हुन जरुरी छ । त्यसका लागि सम्बन्धित निकायले गम्भीर रुपमा आफूलाई उभ्याउने छ भन्ने अपेक्षा आम नागरिकको छ । जब आफ्नो मान, मर्दन र प्रतिष्ठामा आँच आउने भएपछि मर्नुको विकल्प नदेखेको अधिकारी परिवारले त्यो बाटो रोज्नु नौलो नभएको अभिव्यक्ति बाक्लै सुन्न पाइन्छ ।
यो लकडाउन अवधिभरमा मात्रै आत्महत्याका घटनालाई लिने हो भने अधिकारी परिवारलाई प्रतिनिधिमूलक घटनाको रुपमा लिन सकिन्छ । यस अघिका अधिकांश आत्महत्याले पनि यिनै अभिव्यक्तिलाई संकेत गरेको यससँग सरोकार राख्ने मनोविश्लेषकहरुको राय छ ।
तर सम्बन्धित सरोकारवाला निकाय अनुसन्धानमा दिनरात नभनी खटेको छ । ढिलो चाँडो घटनाको यथार्थ चित्रण सार्वजनिक गर्ने नै छ । जसले यस किसिमका घटनालाई प्रोत्साहित गर्न प्रेरित गरेका छन् तिनीहरु कानूनको कठघरामा उभिनेछन् भन्ने अपेक्षा नेपाली जनताले राखेका छन् । नेपाली जनताको चासो छ, अब आइन्दा यस किसिमका घटनाहरुलाई निरुत्साहित बनाउन बल मिल्ने किसिमको चित्रण अनुसन्धानमा खटिएका निकायले दिनेछ भन्ने चाहना यो पंक्तिकारले पनि राखेको छ । एकातिर आत्महत्या बढ्नु, अर्काेतर्फ कोरोनाको त्रासदीले शिथिल बनाउनु नेपाली जनताका लागि अत्यन्तै पीडादायी क्षण हो भन्नुहुन्छ मनोविद् डा. करुणा कुँवर । त्यसैले यस किसिमका परिदृश्यबाट नेपाली जनतालाई उन्मुक्ति दिनका लागि केही त गर सरकार !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0