कोभिड–१९ का कारण पछिल्लो समय आर्यघाटमा दाहसंस्कार गर्ने लास भएन, कहाँ गए मर्ने मान्छे भन्दै चित्कार एकातर्फ सुरु भएको छ भने अर्काेतर्फ आत्महत्याले इतिहास रच्दै छ ।
यस किसिमको घटनाक्रमले नेपाली जनतालाई के सन्देश दिन खोजिरहेको छ ? सम्बन्धित सरोकार राख्ने निकाय के हेरेर बसेको छ ? यतिबेला सबैको चासोको विषय कोभिड–१९ भन्दा पनि आत्महत्या भएको छ ।
बालकदेखि वृद्धसम्मले आत्महत्या गर्ने क्रम बढेको छ । यो जटिल परिस्थितिका बारेमा गम्भीर रुपमा अध्ययन नगर्ने हो भने समस्या भयावह भएर नआउला भन्न सकिन्नँ । दिनप्रतिदिन आत्महत्या बढ्दै जाँदा प्रत्येक नेपाली जनहरु संशकित भएका छन् । चिया पसलदेखि सिंहदरबारसम्म विभिन्न किसिमका अड्कलबाजी चलिरहेका छन् । पछिल्लो घटनाक्रमका बारेमा व्यक्तिपिच्छे फरक फरक किसिमका अड्कलले बजार छाएको छ । पछिल्लो समय भक्तपुरका एक परिवारमा भएको त्रासदीपूर्ण घटनाले कसको मन नछोला ? मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरामा अधिकारी परिवारमा घटेको त्रासदीपूर्ण घटनाले एकपटक हामी सबैलाई गिज्याउँछ ।
जुन घटनाको सिकार यो परिवार हुनपुग्यो त्यसको मुख्य कारण वित्तीय संस्था भएको बजारमा चर्चा परिचर्चा छ । कोभिड–१९ ले सिंगो विश्वको अर्थतन्त्र तहसनहस भईरहँदा नेपालीहरु पनि त्यसबाट अछूतो रहनसक्ने अवस्थै रहेन । यो अवस्थामा गुज्रिरहेको जीवनयापनको परिवेशमा वित्तीय संस्थाहरुले मानवीय विवेक नपु¥याउँदा यस किसिमका घटनाहरु यसभन्दा अगाडि पनि नघटेका होइनन् । यस अवस्थामा इज्जत, प्रतिष्ठामा आँच पुग्ने किसिमले वित्तीय संस्था प्रस्तुत भईदिँदा यस्ता किसिमका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । जुन अवस्था कोभिडका नाममा सिर्जना भयो, यो यथार्थता सबैमाझ छर्लङ्ग छ । यस्तो विषम परिस्थितिमा वित्तीय संस्थाले जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसलाई भुलेकै भन्दा फरक पर्दैन । आफ्नो व्यवसाय मात्र देख्ने वित्तीय संस्थाले कसैको मान, मर्दनमा आँच पुग्न गयो भने यस्ता घटनाहरु निम्तिन सक्छन् भन्ने तर्फ कहिल्यै विचार पु¥याएनन् । यो परिवेशमा भर्खरै पारित प्रचलित नियमानुसार यो अवस्थामा पु¥याउनको लागि उत्प्रेरित गर्ने जो कोहि पनि कानूनको भागीदारी हुन जरुरी छ । त्यसका लागि सम्बन्धित निकायले गम्भीर रुपमा आफूलाई उभ्याउने छ भन्ने अपेक्षा आम नागरिकको छ । जब आफ्नो मान, मर्दन र प्रतिष्ठामा आँच आउने भएपछि मर्नुको विकल्प नदेखेको अधिकारी परिवारले त्यो बाटो रोज्नु नौलो नभएको अभिव्यक्ति बाक्लै सुन्न पाइन्छ ।
यो लकडाउन अवधिभरमा मात्रै आत्महत्याका घटनालाई लिने हो भने अधिकारी परिवारलाई प्रतिनिधिमूलक घटनाको रुपमा लिन सकिन्छ । यस अघिका अधिकांश आत्महत्याले पनि यिनै अभिव्यक्तिलाई संकेत गरेको यससँग सरोकार राख्ने मनोविश्लेषकहरुको राय छ ।
तर सम्बन्धित सरोकारवाला निकाय अनुसन्धानमा दिनरात नभनी खटेको छ । ढिलो चाँडो घटनाको यथार्थ चित्रण सार्वजनिक गर्ने नै छ । जसले यस किसिमका घटनालाई प्रोत्साहित गर्न प्रेरित गरेका छन् तिनीहरु कानूनको कठघरामा उभिनेछन् भन्ने अपेक्षा नेपाली जनताले राखेका छन् । नेपाली जनताको चासो छ, अब आइन्दा यस किसिमका घटनाहरुलाई निरुत्साहित बनाउन बल मिल्ने किसिमको चित्रण अनुसन्धानमा खटिएका निकायले दिनेछ भन्ने चाहना यो पंक्तिकारले पनि राखेको छ । एकातिर आत्महत्या बढ्नु, अर्काेतर्फ कोरोनाको त्रासदीले शिथिल बनाउनु नेपाली जनताका लागि अत्यन्तै पीडादायी क्षण हो भन्नुहुन्छ मनोविद् डा. करुणा कुँवर । त्यसैले यस किसिमका परिदृश्यबाट नेपाली जनतालाई उन्मुक्ति दिनका लागि केही त गर सरकार !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |