आर. एल. श्रेष्ठ
बनेपा/यो संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका साथै सञ्चारकर्मीले पनि अग्रदस्ताको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । जसअन्तर्गत सञ्चारकर्मीहरुको पहलमा काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा काभ्रे युवा उद्यमी मञ्चले विपन्न, गरिब, दुःखीहरुका लागि खाद्यान्न राहत वितरण गरेको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठ, महासचिव सुरेन्द्र सुद्धाकार, सदस्य अनिश प्रजापति र काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेको उपस्थितिमा सिन्धुली जिल्लाको मरिन गाउँपालिका वडा नं १ बस्ने ज्ञानलाल पाख्रिन लगायतलाई राहत वितरण गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |