Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किशोरीहरुलाई स्वास्थ्य तथा सरसफाई किट वितरण

प्रभातफेरी अनलाइन ५०२८ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
किशोरीहरुलाई स्वास्थ्य तथा सरसफाई किट वितरण

कपिलवस्तु/कपिलवस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केयर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड–१९ को महामारीवाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यवाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको थियो ।
केयर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा संचालित ‘अब मेरो पालो’ कार्यक्रम अन्र्तगतका क्षेत्रमा स्थानिय जनप्रतिनिधीहरुको रोहबरमा किशोरीहरुलाई किट वितरण गरिएको थियो । जिल्लाको ६ वटा स्थानिय तह अन्तर्गत जम्मा ४ सय ३० जना किशोरीहरुलाई किटहरु वितरण गरिएको हो । ब्याग सहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामग्रीहरु रहेका छन् । प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपट्टा, काईंयो, साबुनदानी, २ थान कपडा धूने साबुन, १ थान टर्च, ब्रस दन्तमंजन, २ थान नुहाउने साबुन, १ थान सेनिटाईजर, सेनिटरी प्याड, रुमाल, १ सेट चप्पल लगायतका सामानहरु रहेका छन् ।
कृष्णा नगर न.पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँपालिका अन्तर्गत वडा नं. १ को जावाबैराठ मा १५ जना, वडा नं. २ को लोहरौलामा २६ जना, वडा नं. ३ को पथरदेइयामा २१ जना, जगदीशपुर डगडउवामा २६ जना, वडा नं. ५ को जुगुनियामा २७, डालपुरमा २७ जना किशोरीहरु किट प्राप्त गरेका छन् भने शिवराज न.पा. अन्र्तगत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका थिए । बुद्धभूमि नगरपालिका अन्र्तगत वडा नं. २ को वडहरा, गोरु सिंहे तथा वडा नं. ६ को महुवा गरी जम्मा ९१ जनाले उक्त किट प्राप्त गरेका छन । महराजगञ्ज न.पा. अन्र्तगत महराजगञ्ज, औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।
सामाग्री वितरणका लागि संस्थातर्फबाट संस्थाका अध्यक्ष राम शरण रैदास, उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायत टिमले किट वितरण तथा सरोकारवालासँग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसियाले सामाग्री वितरणका लागि व्यवस्थापन कार्य गर्नुभएको थियो । यस संस्थाले किशोरीकिशोर, महिला, अपांगता भएका ब्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0