Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ड्रागन खेती कसरी गर्ने ?

प्रभातफेरी अनलाइन ७८२८ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १, बिहिबार (२ साल अघि)
ड्रागन खेती कसरी गर्ने ?

रेणुका कार्की

वनस्पतिक विवरण
ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल Cactaceae परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम –१.२ के.जी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गूदी भएको, पहेलो बोक्रा र सेतो गूदी भएको, रातो बोक्रा र रातो गूदी भएको जात पर्दछ ।
उत्पत्ती र खेति विस्तार
यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन् । नेपालमा भने यसको खेति काभ्रे सुनसरी रुपन्देहि गोरखा झापा धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गर्दै आईएको छ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।

हावापानी र माटो

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भएको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५०–१५० सेन्टिमिटर बर्षा र २०–३० से. तापक्रम हुने ठाउमा खेती गर्द धेरै लाभ लिन सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १०–३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुबिधा भएको ठाउंमा तराइ, भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ ।

माटोको पिएच ५–५ देखी ७ सम्म हुनु पर्ने छ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ ।

बिरुवा प्रशारण र रोप्ने तरिका ः

यो विरुवाको प्रशारण कलमि तथा विऊवाट गर्न सकिन्छ । एक बर्ष अथवा एक बर्ष भन्दा बढी उमेरको बिरुवाबाट कटिङ लिनुपर्छ र कटिङको लम्बाई ६–१५ इन्च सम्मको हुनुपर्दछ । कटिङ लिदा बिरुवामा घाऊ बन्ने भएकोले काटी सकेपछी बिरुवा र कटिङ्को काटियको भागमा बोर्देक्स मिश्रणमा डुबाउन पर्छ ।

कटिङलाई १–२ दिनसम्म अध्यारो ठाउँमा राख्नु पर्दछ र त्यसपछि उक्त कटिङलाई उपयुक्त प्लास्टिकको थैलोमा (polybag) लगाउन पर्छ । पोलिब्यागमा बिरुवा तयार गर्दा माटो वालुवा र प्राग्रांरिक मलको १ः१ः१ मिश्रण बनाई ९९×१३० भर्नुपर्छ । माटोको चिस्यान अवस्था हेरी नर्सरीको विरुवालाई पानि दिनुपर्छ । बढि पानि दिएको खण्डमा जरा कुहिने समस्या आउन सक्छ । कटिङमा जरा बिकास भइसकेपछी ६० से.मि को खाल्डो खनी लगाउन पर्छ ।

मलखाद व्यबस्थापन ः

बिरुवालाई प्राय गरेर प्रांगारिक मल मात्र दिने चलन छ।खासगरि बिरुवा रोप्ने खाडमा ८–१२ के।जि गोबर मल, १५०–२००ग्राम बोकासी मल, ३० ग्राम डिएपि र २५ ग्राम म्युरेट अफ पोटास माटो संग मिलाएर प्रयोग गर्नुपर्छ। बिरुवाको वृदि अवस्थामा नाईट्रोजन मल दिन आवश्यक हुन्छ भने फुल फूल्न सुरु गरेपछि मल दिन बन्द गर्नुपर्छ ।

प्रकाश संस्लेषण क्रिया गर्न खाद्य पदार्थको शोषण गर्न बोटको तापक्रमलाई निरन्तरता दिन र विभिन्न रासायनिक प्रतिक्रिया गराउन नभै नहुने प्रदार्थ पानि हो।बिरुवाको बृद्धि बिकासको बिभिन्न चरणमा पानि नभैहुंदैन यस्तो बेलामा पानि नभएमा उत्पादनमा प्रतिकुल असर पर्दछ। यस्तो समयलाई बिरुवाको कृटिकल स्टेज भनिन्छ । फलको बिकास भैराखेको बेला पानिको अभाब हुनु हुँदैन । गर्मि समयमा ५–७ दिन बिराएर औठि आकारको कुलेसो बनाई सिचाई दिनु पर्दछ ।

महत्व ः

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज–कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । फूल फुलेको चार–पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • गह्रौं मृत्युवरण गरेका क. कैले थामी (गहन)

    गह्रौं मृत्युवरण गरेका क. कैले थामी (गहन)

  • किन छोड्दैनन् गोमांस संस्कृति ?

    किन छोड्दैनन् गोमांस संस्कृति ?

  • योगी नरहरिनाथको देवता–तीर्थ–माला

    योगी नरहरिनाथको देवता–तीर्थ–माला

  • शिक्षाका कुरा

    शिक्षाका कुरा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0