Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ड्रागन खेती कसरी गर्ने ?

प्रभातफेरी अनलाइन ८६८६ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १, बिहिबार (५ साल अघि)
ड्रागन खेती कसरी गर्ने ?

रेणुका कार्की

वनस्पतिक विवरण
ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल Cactaceae परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम –१.२ के.जी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गूदी भएको, पहेलो बोक्रा र सेतो गूदी भएको, रातो बोक्रा र रातो गूदी भएको जात पर्दछ ।
उत्पत्ती र खेति विस्तार
यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन् । नेपालमा भने यसको खेति काभ्रे सुनसरी रुपन्देहि गोरखा झापा धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गर्दै आईएको छ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।

हावापानी र माटो

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भएको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५०–१५० सेन्टिमिटर बर्षा र २०–३० से. तापक्रम हुने ठाउमा खेती गर्द धेरै लाभ लिन सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १०–३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुबिधा भएको ठाउंमा तराइ, भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ ।

माटोको पिएच ५–५ देखी ७ सम्म हुनु पर्ने छ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ ।

बिरुवा प्रशारण र रोप्ने तरिका ः

यो विरुवाको प्रशारण कलमि तथा विऊवाट गर्न सकिन्छ । एक बर्ष अथवा एक बर्ष भन्दा बढी उमेरको बिरुवाबाट कटिङ लिनुपर्छ र कटिङको लम्बाई ६–१५ इन्च सम्मको हुनुपर्दछ । कटिङ लिदा बिरुवामा घाऊ बन्ने भएकोले काटी सकेपछी बिरुवा र कटिङ्को काटियको भागमा बोर्देक्स मिश्रणमा डुबाउन पर्छ ।

कटिङलाई १–२ दिनसम्म अध्यारो ठाउँमा राख्नु पर्दछ र त्यसपछि उक्त कटिङलाई उपयुक्त प्लास्टिकको थैलोमा (polybag) लगाउन पर्छ । पोलिब्यागमा बिरुवा तयार गर्दा माटो वालुवा र प्राग्रांरिक मलको १ः१ः१ मिश्रण बनाई ९९×१३० भर्नुपर्छ । माटोको चिस्यान अवस्था हेरी नर्सरीको विरुवालाई पानि दिनुपर्छ । बढि पानि दिएको खण्डमा जरा कुहिने समस्या आउन सक्छ । कटिङमा जरा बिकास भइसकेपछी ६० से.मि को खाल्डो खनी लगाउन पर्छ ।

मलखाद व्यबस्थापन ः

बिरुवालाई प्राय गरेर प्रांगारिक मल मात्र दिने चलन छ।खासगरि बिरुवा रोप्ने खाडमा ८–१२ के।जि गोबर मल, १५०–२००ग्राम बोकासी मल, ३० ग्राम डिएपि र २५ ग्राम म्युरेट अफ पोटास माटो संग मिलाएर प्रयोग गर्नुपर्छ। बिरुवाको वृदि अवस्थामा नाईट्रोजन मल दिन आवश्यक हुन्छ भने फुल फूल्न सुरु गरेपछि मल दिन बन्द गर्नुपर्छ ।

प्रकाश संस्लेषण क्रिया गर्न खाद्य पदार्थको शोषण गर्न बोटको तापक्रमलाई निरन्तरता दिन र विभिन्न रासायनिक प्रतिक्रिया गराउन नभै नहुने प्रदार्थ पानि हो।बिरुवाको बृद्धि बिकासको बिभिन्न चरणमा पानि नभैहुंदैन यस्तो बेलामा पानि नभएमा उत्पादनमा प्रतिकुल असर पर्दछ। यस्तो समयलाई बिरुवाको कृटिकल स्टेज भनिन्छ । फलको बिकास भैराखेको बेला पानिको अभाब हुनु हुँदैन । गर्मि समयमा ५–७ दिन बिराएर औठि आकारको कुलेसो बनाई सिचाई दिनु पर्दछ ।

महत्व ः

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज–कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । फूल फुलेको चार–पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0