Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किवी फलको खेती गर्ने प्रबिधि

प्रभातफेरी अनलाइन ५१८० पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (५ साल अघि)
किवी फलको खेती गर्ने प्रबिधि

परिचय ः
किवी खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किवीलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।
यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् ।
बिभिन्न फलफूलहरु मध्येमा संसारका बिकसीत मुलुकहरुमा किवी फल धेरै सताब्दि अघि देखी नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देशमा भने यो फल भर्खरै मात्र जानकारीमा आएको छ । साधारण भाषामा ‘किवी’ भन्नाले न्यूजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ । यो हेर्दा खैरो देखिनुका साथै निक्कै ठूलो देखिन्छ । यसै गरी किवी फलको खेतीको शुरुवात १६आँै शताब्दीमा चीनबाट शुरुवात भएको पाइन्छ । त्यस बेला यस फलको नाम चाइनिज भाषामा थियो । पछि सन् १९०६ देखि न्यूजिल्याण्ड बाट नै व्यापक रुपमा खेती गर्न शुरुवात भएको हुनाले यो फलको नाम पनि किवी रहन गएको हो ।
यसबाट न्यूजिल्याण्ड देशको नाम पनि झन प्रशिद्ध भएको पाइन्छ । प्राचिन समय देखि नै चीनको वाङ्गतेइ प्रान्तमा पाइने चाइनेज गुजेवरी, याङ्गतावो, म्याक्यू पिच, मिहूतावो, भाइन पियर आदि नामले प्रख्यात रहेको यो फललाई २० औं शताव्दी को शुरु तिर चाइनामा सुसमाचारिय कार्यमा आइपुगेकी वाङ्गगाउई कन्या कलेजकी प्रिन्सिपल ईसाई धर्मावलम्वी म्यारी ईसावेल फ्रासरले सर्बप्रथम यसको बिरुवा न्यूजिल्याण्ड लगि खेती गरेको पाइन्छ । प्रथम र दोस्रो बिश्वयुद्य पश्चात चाइनिज नाम बाट त्यस समयमा यूरोप, अमेरिका आदि मुलुकहरुमा बिक्री वितरण गर्न कठिनाइ परेकोले न्यूजिल्याण्ड कै राष्ट्रिय चराको नाम संग मिल्ने गरी यस फलको नयां नाम किवी फल भनि नामाकरण गरिएको देखिन्छ ।
किवीको व्यवसायिक खेतीका लागि उयुक्त हावापानी समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको उचाइ हो । तथापि उचित सिँचाइ र स्याहार सुसार पुगे समुद्री सतहबाट ८०० देखि २९०० मिटरसम्म यसको खेती गर्न सकिने विज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा १६०० देखि २५०० मिटरसम्मको नेपालको पहाडी जंगलमा किवी पाइन्छ । हिउँद र सक्खा गर्मी मौसममा किवीलाई सिंचाइको आवश्यक व्यवस्था गर्नु पर्दछ । माइनस २ डिग्रीसेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन सक्दैन । ५ देखि ६.८ पि.एच. भएको माटो विकीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० केजी प्राङ्गरिक मल आवशयक पर्दछ । विरुवा रोप्दाको दुरी –स्पेसिङ) ६ मिटर × ६ मिटर हुनु पर्दछ । प्रतिरोपनी १३ देखि १५ विरुवा रोप्नु राम्रो हुन्छ । कतिपयले प्रति रोपनी ५० बोटसम्म भनेका छन् । कम्तिमा एक बोट किवीलाई २०० वर्गफिट जमिन आवश्यक पर्दछ ।
उपोष्ण हावापानीमा हुने किवीफ्रुटले १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम सहन सक्दैन । उपयुक्त हावापानी भएको अवस्थमा २२० दिनमा किवी परिवक्व भएर पाक्दछ । नेपाली जंगलमा पाइने किवी कार्तिक–मंसिरमा पाक्ने गर्दछ । मार्च अन्तिमबाट पाउला पलाउने किवी मध्य मेमा फुल फुल्दछ । पोथी र भाले छुट्टाछुट्टै बोट हुन भएकोले दुबै खालको किवी रोप्नु पर्दछ । १० बोट पाथी बराबर १ बोट भाले आवश्यक पर्दछ ।
खेती गर्ने तरीका ः
किवी फलको खेती समशितोष्ण र शितोष्ण प्रदेशमा गर्न सकिने हुंदा समुद्री सतह देखि ८०० मीटर देखि २९०० मीटर सम्मको पहाडी भू–भागमा यसको खेती गर्न सकिन्छ । औषतमा राम्रो उत्पादन भने १३०० मीटर देखि २२०० मीटर सम्मको भू–भागमा हुने गरेको पाइएको छ । सालाखाला बर्षा कम्तिमा १५०० मी.मी. सम्म हुनुपर्दछ । पहाडको सबै खाले माटोमा यस फलको खेती गर्न सकिन्छ भने मलिलो दोमट माटोमा ज्यादै राम्रो खेती हुन्छ ।
माटोको पि.एच.५ देखि ६.५ सम्म हुनु पर्दछ । बिरुवा रोप्दा ६×४ वा ५×५ वा ५×५.५ मीटरको दुरीमा सिधा लाइनमा रेखाङ्कंन गरी खाडल खनी अर्गानिक मल ं जैविक मल प्रयोग गरी माटो र मल राम्ररी मिलाई खाडल पुरी १ देखि १.५ फीट उच्चा गरी पानी नजम्ने गरी बिरुवा रोप्नु पर्दछ । बिरुवा रोपिसकेपछि फेदमा मल्चिङ्ग गर्न आवश्यक हुन्छ, भने वर्षातलाई ख्याल गरी बिरुवा रोपेपछि वर्षात शुरु नभए सम्म ३÷४ दिनको अन्तरमा बिरुवालाई पानी दिइराख्नु पर्दछ । बिरुवा सरी सकेपछि भने दोस्रो वर्ष देखि २०÷२२ दिनको अन्तरमा हिंउदमा पानी दिनु पर्दछ । अर्गानिक मल २५÷३० के.जी प्रति बर्ष आश्विन कात्तिक र फाल्गुन÷चैत्रमा दिने गर्नु पर्दछ ।
जेठ असारमा वर्षै पनिङ्ग र मंसिर पुषमा हिउंदे कटिङ्गर पनिङ्ग गर्नु आवश्यक हुन्छ । किवी फल लहरा प्रजातीको हुदां माचको आवश्यकता पर्दछ । त्यसका लागि ५÷६ फिट अग्लो र ६ फिट चौडा माच बनाउनु पर्दछ । तारको पातलो जाली र सिमेन्टको खम्वा प्रयोग गर्नाले धेरै वर्ष सम्म टिकाउ हुने हुन्छ । प्रत्येक ८ पोथी बोट वरावर १ बोट भाले रोप्नु पर्दछ । यो पराग सेचनका लागि आवश्यक हुन्छ । खेती गरिएको ठांउमा मौरी पालन र पशु पालन गर्न वढी लाभदायक हुन्छ ।
रोग र उपचार ः–
यो फल ज्यादै कडा बनस्पती प्रजातीको हुंदा धेरै रोगले आक्रमण गरेको पाइँदैन । तापनि खुम्ले किरा, शंखे किरा, र फट्यांग्राले जरा र पात खाने हुँदा यसको राम्रोसँग नियन्त्रण गनृ पर्दछ । फेदमा पानी जमेमा जरा कुहिने हुंदा पानी जम्न दिनु हुंदैन भने पात डढुवा लागेमा वा डाठको भागलाई किराले काटेमा निमको झोल तितेपाती आदि जैविक औषधि प्रयोग गर्नु पर्दछ ।
फल टिप्ने एवं भण्डारण ः–
किवीको फूल बैशाखमा शुरु हुने र चिचिला समेत देखिने हुंदा जेठर असार र श्रावण मा ३ पटक बीच–बीचको फल टिपेर फाल्नु पर्दछ । नत्र समान किसिमको फल फल्दैन । कत्तिक महिनामा फलमा रहेको नाप गरी फल टिपी भण्डारण गर्न सकिन्छ । फल बोटमा नै पाक्दैन र ज्यादै अमिलो पनि हुने हुंदा टिपेर केरा पकाए जस्तै गुम्साएर राखे पछि ७÷१० दिनमा पाक्दछ र गुलियो हुने भई खान वा बिक्री वितरणको लागि योग्य हुन्छ । यसरी तयार भएको फल १ देखि डेढ महिना सम्म पनि राख्न सकिन्छ । आलु जस्तै फिँजाएर त्यसै राखेको खण्डमा ६ महिना सम्म पनि बिग्रदैन । यस लाई ताछेर वा चाना काटि सलादको रुपमा वा मासु एंव अन्य खाद्य पदार्थमा मिलाएर खाएमा समेत ज्यादै स्वादिलो हुन्छ ।
सम्भावना
किवी फल खेती फाइदा र सम्भावनालाइ मध्य नजर गर्दै देशैभरिबाट व्यापक रुपमा चासो बढे पछि हाल इलाम जिल्ला सुलुबु ५ स्थीत बातावरण संरक्षण तथा बैकल्पिक उर्जा बिकास प्रा.ली नामक नीजि कम्पनीले स्वस्थ र गुणस्तरका ६० हजार बिरुवा उत्पादन गरी सुलभ मुल्यमा बिक्री बितरण गर्दै किवी खेती सम्बन्धी प्रबिधि समेत हस्तान्तरण गरी किवी खेतीलाई अगाडी बढाउन लागीपरेको छ ।
हाम्रो जस्तो अविकसित मुलुकमा ७० प्रतिसत भन्दा बढी नागरिकहरु कृषि पेशामा आश्रित हुँदाहुँदै पनि उत्पादित वस्तुबाट ६ महिना सम्म पनि खान लाउन पुगिरहेको छैन भने अर्को तर्फ राजनैतिक अस्थिरता र वस्तुपरक शिक्षा को अभाव बाट बर्षैनी लाखौ युवा युबती शैक्षिक बेरोजगारी भै हात मुख जोर्नै र सुन्दर भविष्य कोर्ने सुनौला सपना बोकेर साहुको ऋणको पगरी गुथेर भए पनि जवानीको जोस जागर र रगत पसिना बिभिन्न बिदेशी भूमिमा पोख्न बाद्य्य भइरहेको बिद्यमान अवस्थामा यदि व्यवसाहिक रुपमा किवी खेत गर्नै हो भने आफ्नै देशमा रोजगारीको अवसर सृजना हुने र मनग्य आय आर्जन हुने हुन्छ । तसर्थ नेपालको पूर्व देखि पश्चिम सम्मका पहाडी भू—भागमा किवी फल खेती गरी जाम, जेली र जुसको कारखाना स्थापना गर्ने हो भने लाखौ व्यक्तिले आय आर्जन गर्ने बीसौ लाख ब्यक्तिले रोजगारी पाई अरवौ सम्पति आर्जन हुन सक्ने प्रवल सम्भावना रहेको हुदा राज्यले यस खेतीको लागि चासो राखी सहयोग र हौसला गर्नु पर्ने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0