Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सोल्मामा सुधारिएको गोठ निर्माणका लागि जस्तापाता वितरण

प्रभातफेरी अनलाइन ६८८९ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (५ साल अघि)
सोल्मामा सुधारिएको गोठ निर्माणका लागि जस्तापाता वितरण

रमन वन
खोटाङ/खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । क्रिष्टियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा सञ्चालित सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता वी फिल परियोजनाअन्तर्गत अजम्बरी कृषक समूहमा पशुलानका लागि कार्यक्रम ल्याइएको हो ।
दिगो भू–व्यवस्थापनका माध्ययमबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकको जीवनस्तर सुधार गरी अत्मानिर्भरता तर्फ उन्मुख गराउनका साथै समृद्ध नगर निर्माणमा नगरपालिकालाई सहयोग पु¥याउन, कम्पोष्ट मल प्रवर्धन मार्फत अर्गानिक कृषि उत्पादनमा जोड दिन नगरपालिकासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रबन्धक युवराज रिजालले जानकारी दिनुभयो ।
सोल्मा स्थित अजम्बरी कृषक समूहका १९ घर परिवारमा सुधारिएको स्थायी र दिगो जस्तापाताको छाना सहितको फलामे ट्रष्ट लगाएर गोठ निर्माण गरिएको छ । नगरपालिकाले गोठ निर्माणका लागि सिमेन्ट उपलब्ध गराएको छ भने अन्य ट्रष्ट तथा छाना निर्माण कार्यका लागि बालसेवा समाज नेपालको करीब ७ लाख ९५ हजार रुपैयाँ र समूदायको समेत थप लगानीमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
एउटा गोठ निर्माण गर्न करीब ६५ हजार लागत लागेको र नगरपालिका, बालसेवा समाज तथा स्थानीय जनसमूदाय समेतको करीब १२ लाख ३५ हजार लगानीमा यो कार्य सम्पन्न गर्न सम्भव भएको प्रवन्धक रिजालको भनाई छ ।
नगरपालिकाले स्थापना गरेको कम्पोष्ट मल प्लान्ट सञ्चालनका लागि सहयोग पु¥याउने उदेश्यले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालको बाहलीबाट उक्त कृषक समूहका १९ घर परिवालाई संस्थामार्फत जस्ता पाता हस्तान्तरण गरिएको हो ।
पूर्वी नेपालमा अवस्थित खोटाङ जिल्लामै पहिलो पटक कृषक समूह गठन गरी एकै ठाउँमा यस किसिमको गोठ निर्माण गरिएको छ । संस्थाले ५० वटा गोठ सुधारको लक्ष्य राखेकोमा खार्मी र पाथेकामा पनि अन्य गोठ निर्माणको कार्य अन्तिम चरणमा पुगेकोे जनाएको छ । उक्त गोठ पनि चाँडै हस्तान्तरण गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0