Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यक्तिगत लगानीमा गाउँपालिका अध्यक्षको हस्तक्षेप

प्रभातफेरी अनलाइन ६७०० पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (५ साल अघि)
व्यक्तिगत लगानीमा गाउँपालिका अध्यक्षको हस्तक्षेप

रमन वन
खोटाङ/व्यक्तिगत रुपमा लगानी गरेर खरिद गरेको विद्युत्का पोलहरुमा गाउँपालिका अध्यक्षले हस्तक्षेप गरेका छन् ।
वर्षौदेखि विद्युत पोल अभाबमा अध्यारोमा परेका गाउँलाई उज्यालो बनाउन व्यक्तिगत पहलमा किनेर लैजादै गरेका १ सय ५० थान पोल प्रशासनसँगको मिलेमतोमा नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलासहितको समूहले लुटेर आफूखुसी बाड्न लागेपछि व्यक्तिगत सम्पत्ति अहिले जुन अबस्थामा छ त्यहि अबस्थामा राखी पाउँ भनी कांग्रेस नेता केसीले गत आइतबार दायर गरेको मुद्धाको सुनुवाई गर्दै सर्बोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
गाउँपालिकाको पत्रका आधारमा पछिल्लो समय गत भदौ ४ गते प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका कार्यालयसमेत मिली नेकपा कार्यकर्ताको मिलेमतोमा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अगुवाईमा कार्यालयले बिभिन्न व्यक्ति तथा निकायलाई रोहबरमा पोल बितरण गर्ने निर्णय गरेपछि आफूले लिखित वा मौखिक रुपमा ती पोल कसैलाई पनि प्रयोग गर्न अनुमति नदिएकोले सो निर्णय बदर गरी पाउँ भनी गा.पा. अध्यक्ष ४ असोजमा सर्बोच्चमा हाजिर भएका थिए ।
नेता केसीले गाउपालिका र प्रहरी प्रशासनको मिलेमतोमा सामान कहाँ राखिएको छ र ती सामान आफ्नो सहमति बिना कसैलाई नदिनु भन्दै परमादेश जारी गरी पाउँ भनी निबेदन दिएका थिए । गाउँहरु अध्यारो भएपछि २०७४ मंसिर ८ गते नेपाल यन्त्रशाला इनर्जी नामक कम्पनीसँग निजी पहलमा विद्युत पोल खरिद गरेर केसीले सदरमुकाम सल्लेरीमा राखेका थिए ।
पछिल्लो समय कोरोना भाइरसपछि लकडाउनका बेला घर जाँदा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर दुईवटा ट्याक्टरमा लैजादै गर्दा नेचा सल्यान गापा १ मा प्रहरी र गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको नेतृत्वमा गएको नेकपा कार्यकर्ताको १०÷१२ जनाको समूह र प्रहरीको मिलेमतोमा ट्याक्टर रोकेर तोडफोड गरेको केसीको उजुरीमा उल्लेख छ ।
ट्याक्टर तोडफोडपछि पछ्याउँदै जाने क्रममा आफूमाथि ढुुंगामुढा भएको किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले सुनुवाई नगरेको केसीले गुनासो गरेका छन् । गाउँपालिका अध्यक्षसहित सुहरी ढुंगाना, केशर राई, कृष्णप्रसाद गौतम लगायतका युवाहरुले गुण्डागर्दी शैलीमा आफूमाथि प्रहार गर्दा पनि शान्ति सुरक्षा कायम गर्न बसेको प्रहरी मुकदर्शक भएर बसेको केसीको गुनासो थियो ।
नेता केसीले पोलका बारेमा प्रहरीसँग थप कुरा गर्दा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले ती पोल कहाँबाट ल्याएको हो पत्र देखाउनुस् भनेपछि केसी २०७७ असार ८ गते पत्र लिएर सम्बन्धित कार्यालयमा पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी प्रमुखलाई बोलाई सोधपुछ गर्दा पनि पोल फिर्ता भएनन् ।
यसअघि गत बैशाख ७ गते गाउँपालिका अध्यक्ष डुफकुमारले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी कोरोनाका कारण बाटो बन्द भएकोले पोल ढुवानी गर्न नदिनु भन्दै सरकारी छाप दुरुपयोग गरेको नेता केसीको आरोप छ । केसीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, इलाका प्रहरी कार्यालय बिहिबारे नेचा, दोदी प्रहरी चौकी नेचा र नेचा सल्यान गाउँपालिकालाई बिपक्षी बनाई सर्बोच्चमा मुद्धा दायर गरेका थिए ।
मुद्धाको सुनुवाई गर्दै सर्वोच्चले निबेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ?
माग बमोजिमको आदेश जारी हुनु पर्ने कुनै आधार, कारण र प्रमाण भए प्रमाणित भए म्याद सूचना तामेल भएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न उत्प्रेषण जारी गरेको थियो । केसीका तर्फबाट सो मुद्धामा बरिष्ठ अधिवक्ता शेरबहादुर केसी, अधिवक्ताद्धय रामचन्द्र पौडेल र अधिवक्ता प्रकाश बस्नेतले बहस गरेका थिए ।
सर्बोच्च अदालतले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका लागि भनी नेपाली कांग्रेसका नेता एवं पूर्बमन्त्री बलबहादुर केसीले आफ्नै पहलमा किनेका १ सय ५० थान विद्युत पोल अहिले जुन अबस्थामा छन् त्यहि अबस्थामा राख्नु भनी बिपक्षीका नाममा आदेश जारी गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0