Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली सक्षम छन्, मात्र निर्देशनको खाँचो छ

प्रभातफेरी अनलाइन ६८४३ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (५ साल अघि)
नेपाली सक्षम छन्, मात्र निर्देशनको खाँचो छ

बनेपा/विभिन्न बाधा अवरोधका बाबजुद आइपरेका चुनौतीसँग भाग्ने होइन सामना गर्नुपर्छ भन्ने उत्प्रेरणाका साथ स्थानीयस्तरबाट कसैको मुख नताकी नमूनायोग्य कामको शुभारम्भ भएको छ ।
विकास निर्माणमा मौलाएका ढिलासुस्ती र भ्रष्टाचारले शिखर चुमिरहेको अवस्थामा बनेपा नगरपालिका वडा नं. ५ को क्षेत्राधिकार भित्र पर्ने बनेपा चण्डेश्वरी सडक मार्ग अन्तर्गत अस्पताल खण्डको सडक छेउमा बसोबास गरेका स्थानीय घरबेटीहरु अहिले खुशीले ढंग छन् । घरबाट निस्किने अस्वभाविक तरल पदार्थ लगायतका वस्तुहरुको विसर्जन गर्न स्थान नपाएर संकटग्रस्त अवस्थामा वर्षाैंदेखि तड्पिरहेका नगरवासीहरुका लागि उक्त अभियान मलमपट्टि लगाउने साधनको रुपमा स्थापित भएको छ । जसको नेतृत्व वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीले गरेका छन् । यसअघि यस्तै संकटमा परेका केही घरधनीहरुको लागि अस्थायी निकास दिने प्रयास गर्दाको पिडा सम्झँदै वडा अध्यक्ष अधिकारीको कथन थियो– जुन घटना घट्न पुग्यो, त्यसले व्यक्तिगत रुपमा मलाई आजसम्म पनि मर्माहित बनाएको छ । जसको परिणाम आज सकारात्मक रुपमा निस्किएको छ । मेरो जीवनमा कहिल्यै भुल्न नसक्ने घटना थियो त्यो । २१औं शताब्दीमा आएर पनि दासत्व स्वीकार्नुपर्ने जुन किसिमको दादागिरीको सिकार हुन म मात्र नभई स्थानीय समेत बने । त्यसैले दिएको प्रेरणा हो यो आजको निकास । यो अभियानमा कुनै नेताको योगदान छैन, कसैले १ रुपैयाँ लगानी गरेको छैनन्, छ त केवल उपभोक्ताहरुकै लगानी र चाहना छ । यसरी स्वतःस्फूर्त रुपमा उठेको भावनामा चोट पु¥याउन खोज्नु कहाँसम्मको मानवीय धर्म होला ? वडा अध्यक्षको तर्क थियो ।
यता उपभोक्ता समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको कथन छ– यो खण्डमा घरघडेरी हुनेहरु त घेराबन्दीमै परेका हुन् । जसको निकास आज यो ढल व्यवस्थापनले गरेको छ । हामी पिडितले लामो समय बस्यौं, भन्नु नै पर्दा वर्षाैं वर्ष पर्खिरह्यौं । न नगरपालिकाबाट केही होला कि भनेर तर कहिँकसैले कुनै किसिमको सुनुवाई गरेनन्, मात्रै रमिते बने । यो दयनीय अवस्थाको निकास अन्ततः हामी आफैंले दिनुको विकल्प छैन भन्ने अठोटमा पुगेर नै यो चुनौती उठाएका हौं । “विश्व इतिहासमा नेपाली सक्षम छन्, मात्र उनीहरुलाई निर्देशनको खाँचो छ । यो इतिहासलाई पुनः एकपटक व्यवहारमा उतार्ने जमर्काे गरेका छौं ।” यसलाई सहजीकरण र समन्वय गर्ने काम वडा अध्यक्षले गर्नुभएको छ । उहाँले सहमति जुटाइदिएकै कारण आज हामी ढल व्यवस्थापनमा सरिक भएर सफलतातर्फ अगाडि बढिरहेका छौं । सोही निर्देशन अनुसार म प्रल्हाद सापकोटा, वासु श्रेष्ठ र नारायण बडालको महत्वपूर्ण भूमिकाले आज यो सफलता प्राप्त गर्न अग्रसर भइरहेको छ । सम्भवतः बनेपा नगरमा स्थानीयस्तरबाट उठेको पहिलो जागरण हुनुपर्छ । जसबाट सरकारको मुख ताकेर मात्र विकास सम्भव छ भन्नेहरुका लागि प्रेरणाको एउटा स्रोत बनेको छ । यसले सरकारको र नेतामुखी हुनेहरुका लागि चोटिलो झापड पनि दिन खोजेको छ भन्नुहुन्छ अध्यक्ष श्रेष्ठ ।
प्राविधिक स्टमेट अनुसार हाल यो खण्डको २ सय ५० मिटर लम्बाईमा ढल व्यवस्थापन हुनेछ । सोको लागत झण्डै २० लाख भएता पनि १७ लाखमा ठेक्का दिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार यो खण्डमा करिब २५ घरघडेरीका उपभोक्ता रहेकोमा ५÷७ घडेरीका उपभोक्ताहरुले ढल व्यवस्थापनमा आबद्धता जनाउन चाहनुभएन । यसले केही नमिठो त हुनु स्वभाविक हो । हामी एक अर्थमा भन्ने हो भने मानवीय सेवामै छौं । उत्सर्जनलाई व्यवस्थापन गर्नु पनि मानवीय धर्म हो । त्यसका लागि आ–आफ्नो स्थानबाट सहयोग गरौं । जसले बनेपा नगरभित्रको अस्तव्यस्ततालाई अन्त गर्न महत्वपूर्ण भूमिका खेल्छ । यसका लागि पनि हामी सबै एकमत भएर जुट्नुको विकल्प छैन । अर्काे महत्वपूर्ण पाटो यस खण्डमा शीर मेमोरियल अस्पताल र एन.एन.सि.टी.आर. जस्ता महत्वपूर्ण संस्था छन् । उनीहरुले हाम्रो अभियानलाई सकारात्मक बाहकको रुपमा लिनुले पनि हामीमा बढि आशा पलाएको छ । नितान्त सामाजिक कार्य भएकोले सबैबाट यस्तै साथ र सहयोग रहनेछ भन्ने विश्वास श्रेष्ठले व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0