Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्व जनमुखी हुनुको विकल्प छैन

प्रभातफेरी अनलाइन ६१८३ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (५ साल अघि)
नेतृत्व जनमुखी हुनुको विकल्प छैन

पछिल्लो समय राजनीति भनेपछि युवापिढिंमा निराशा बढ्दै गएको छ । युवापिढिंहरु राजनीतिलाई घृणित खेलको रुपमा परिभाषित गर्न पछि परेका छैनन् । यो सबै नेतृत्वहरुको सुझबुझको कमी हो भन्ने व्यक्तिगत रुपमा मेरो ठम्याई छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न त्यति सहज छैन । धेरै अड्चन, बाधा, व्यवधानहरु पार गरेपश्चात् मात्रै नेतृत्व कहलाउन सकिन्छ । हाम्रो समाजमा आफ्नो परिवार मिलाउन नसक्नेहरु कन्दनी चुँडिने गरी नेतृत्वको आलोचना गर्न पछि पर्दैनन् । तसर्थ, आजका युवापंक्तिले के बुझ्न जरुरी छ भने नेतृत्वदायी भूमिकामा बाँधिन ठूलै बलिदानको आवश्यक पर्छ । तब मात्र सफल नेतृत्व गर्न सक्षम ठहरिन सक्छ । यस किसिमको संघर्षबाट उठेको व्यक्तित्व मात्रै नेता हुनसक्छ ।
नेता ठूलो संघर्ष बलिदान र त्यागबाट मात्रै प्राप्त हुने उपमा हो । जनताबाट लिएको सियो पनि फिर्ता गर ः क. माओको उक्त अभिव्यक्तिले जुनसुकै कम्युनिष्ट आचारण बोकेका नेतादेखि कार्यकर्तासम्म मात्रै होइन कम्युनिष्टको नामै सुन्न नचाहनेहरुलाई पनि आकर्षित हुन बाध्य पारेको छ ।
तर आफूलाई कम्युनिष्टको हिमायती उपल्लो दर्जाको कम्युनिष्ट भन्न रुचाउनेहरुले भने विचार, सिद्धान्त, विधि, नीति सबैलाई कुल्चिएर अगाडि बढेको देख्दा निष्ठावान् कार्यकर्तामाथि चोट पुग्नु नौलो होइन ।
यो साता नेपाल कम्युनिष्ट पार्टी काभ्रेले कम्युनिष्ट आन्दोलनमा दुई जना होनहार हस्ती गुमाउन पुगेको छ । दुवै जनाको अन्तिम श्रद्धाञ्जली कार्यक्रमलाई नजिकबाट नियाल्ने अवसर यो पंक्तिकारले पायो । उक्त अवसरमा देखिएका परिदृश्यहरुलाई नजरअन्दाज लगाउँदा नेताहरुमा देखिएको ध्रविकरण र मपाईंत्व देख्दा कसरी नेतृत्वमा पुगे होलान् भन्ने जिज्ञासा जाग्नु स्वभाविक हो । स्वयं यो पंक्तिकारले कम्युनिष्ट पार्टीको एउटा समर्थक भएर जोडिँदाको त्यो क्षण सम्झँदा टिठ् लागेर आउँछ ।
कम्युनिष्ट भनेका समानताका प्रतिक हुन्छन्, यहाँ कोहि ठूलो, सानो हुँदैन, सबैको सम्मान हैसियत रहन्छ, कम्युनिष्ट सत्तामा विभेदको अन्त हुन्छ भन्ने सुनेको, पढेको थिएँ । हुन त त्यो इतिहास पुरानो पनि भयो । सायद २०३५÷०३६ सालतिरको कुरो हो । अहिले समय सापेक्षिक रुपान्तरण भएर आएको हो कि मैले बुझ्न सकिनँ । यहाँसम्म कि नेताहरुमा वरियताक्रम तलमाथि भयो भनेर श्रद्धाञ्जली जस्तो संवेदनशील कार्यक्रममा सहभागिता जनाउन पनि कञ्जुस्याईं गर्न पुगेको गाईंगुईं नसुनेको होइन । यसले कम्युनिष्ट नेतृत्वभित्र मौलाएको संकीर्ण सोच भन्दा फरक नपर्ला ।
यस्ता अनुत्तरित प्रश्नहरु खडा हुने गरी कम्युनिष्ट पार्टीभित्र नेतृत्वपंक्ति प्रस्तुत भएको देख्दा निराशाले बिज्रारोपण हुनु स्वभाविक हो । आज प्रत्येक कर्मठशील कार्यकर्ताको गुनासो छ, नेतृत्व कहिलेबाट जनमुखी होला ? नेतृत्वले आफूलाई जनताको माझमा निसंकोच ढंगबाट उभ्याउने दिनको पर्खाईमा बस्नुको विकल्प रहेन ।
यो संगीन अवस्थामा कम्युनिष्ट पार्टी पुग्नु भनेको शुभ संकेत पक्कै पनि होइन । यसले तमाम न्यायप्रेमी, क्रान्तिकारी योद्धाहरुमा नैराश्यता सिर्जना गराउँदछ । यसको परिणाम साम्राज्यवादीहरुले कल्पना गरेजस्तै सदाको लागि विश्व इतिहासबाट सच्चा कम्युनिष्टहरु अस्ताउने छन् । त्यसैले नेतृत्वले वरियताक्रम होइन, जनमुखी हुन सिक्नु आजको पहिलो कर्तव्य रहन आउँछ । त्यसतर्फ नेतृत्वको विवेक पलाउने छ भन्ने अपेक्षा यो पंक्तिकारले राखेको छ । “पहिला जनता बन्नुस् अनि जनताले तपाईंलाई नेता मान्नेछ । मपाईंत्वबाट आफूलाई माथि उठाउनुस्, यहि नै कम्युनिष्ट आस्था, धरोहरलाई जीवन्त दिनेछ ।” भन्ने आग्रह गर्न चाहन्छु । चेतना भया ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0