Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब कसको भरोसा गर्ने ?

प्रभातफेरी अनलाइन ४१९८ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (५ साल अघि)
अब कसको भरोसा गर्ने ?

नियमन गर्ने निकाय नै घात प्रतिघातको खेलमा उत्रिन्छ भने कलम चलाउने कसको भरोसा गर्ने ? सवाल जटिल बनेर आएको छ ।
कुनै समय सञ्चारकर्मी भनेपछि इज्जत, प्रतिष्ठा र सम्मानको लेखाजोखा थिएन तर अहिले पत्रकार भनेर सामाजिक रुपमा परिचय दिँदा नाक नखुम्चाउने कमै मात्र भेट्न सकिन्छ । खुल्ला रुपमा आफ्नो परिचय राख्न पनि हिच्किचाउनु पर्ने अवस्था आउनुमा दोषी को ? अनियमितताका विरुद्ध खरो उत्रने निकाय भनेर चिनिने कलमजीविहरुमै विचलन आएको भन्दा अनौठो मान्नुपर्ने अवस्था रहेन । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सदस्यता नविकरणका विषयमा पेश गरेको विभेदले धेरै सवालहरु यो क्षेत्रमा लाग्नेहरुका लागि उठाइदिएको छ । महासंघको गत ३६औं र ३७औं बैठकमा जुन किसिमका दृश्यहरु जुटे, त्यसले पक्कै पनि सरोकारवालाहरुलाई घच्घच्याएको हुनुपर्छ । जुन आरोप लागेर बाहिरिन पुगेका सदस्यहरु न्यायका लागि सम्बन्धित निकायमा गुहार माग्न पुगेका छन् । यसले के पुष्टि गर्छ, सो सम्बन्धमा सम्बन्धित पक्ष नै जानकार राख्छ । जुन किसिमको गुनासो सहित सरोकारवाला निकायमा पुगे, त्यसले के महासंघलाई उहाँहरुले अपेक्षा गरेकै हुन् त ? जसको कारण सरोकारवाला निकायले महासंघ शाखासँग स्पष्टिकरण मागेको सुनिन आएको छ तर महासंघ शाखाले पुरानै निर्णयलाई दोहो¥याउँदै प्रतिवेदन पठाएको भन्ने सुनिएको छ । के ति सदस्यहरुले महासंघको विधि विधान तोडेकै हुन् ? पत्रकारिता क्षेत्रमा आँच पु¥याएकै हुन् ? नत्र किन त्यस किसिमको तल्लो स्तरको व्यवहार उहाँहरुप्रति गरियो ! पटक–पटक एउटै दृष्टिकोणमा राखेर दाँज्नु न्याय संगत हो ? यो गम्भीर विषय भएको छ । यस्ता खाले व्यवहारले अब पेशाप्रति नै प्रश्न चिन्ह नउठाउला भन्न सकिन्नँ ।
फाँसीमा चढेको अपराधीलाई त अन्तिम इच्छा के छ भनी सोधनी हुन्छ तर यहाँ त पटक–पटक ढोका ढकढक्याउन पुगेका सदस्यहरुलाई अनर्गल लाञ्छना लगाएर पन्छाउने काम भएको छ । के यस किसिमको क्रियाकलापले पत्रकारहरुको आवाजको सम्बोधन हुन्छ ? हक, अधिकारका बारेमा न्याय पाइन्छ ? सोचनीय विषयका रुपमा हाम्रा अगाडि आएको छ । सयौं कल उठ्दैनन् । महासंघको ढोकामा भोटे ताल्चा ठोकिएको हुन्छ । उल्टै नीति र नियमको कुरा गरिन्छ, यो कहाँको नियम हो ? के नेपाल पत्रकार महासंघ काभ्रे शाखा स्वायत्त निकाय हो ? उसलाई कुनै विधि, कानून, ऐन लाग्दैन ? के विधिमा नगएको भए किन गुनासो पोख्न सरोकारवाला निकायसम्म पुग्यौं त हामी ? पिडितको गुनासो छ । आफ्नै कार्यसमितिलाई समेत गुमराहमा राख्न सफल हुनुभएकोमा नेतृत्वलाई सम्मान गर्नैपर्छ भन्छन् पिडितहरु । किनकी यदि गुमराहमा राखिएको थिएन भने उहाँहरुले नविकरणको लागि कागजात र नविकरण शुल्क लिनुहुने थिएन ।
यस किसिमको क्रियाकलापले अब नेपाल पत्रकार महासंघ काभ्रे शाखाप्रति प्रश्न चिन्ह खडा गर्दैन ? पछिल्लो समय महासंघले हामीप्रति जुन आरोप लगाउने कोसिस गरेको छ, त्यसप्रति गम्भीर बनेका छौं भन्छन् पिडितहरु । उहाँहरुको तितो आलोचना छ, महासंघका लागि यो फलामे चिउरा हुनेछ पार्षद जीवन खड्गीको तर्क छ । सम्पूर्ण कागजातसहित रकम सहित बुझिलिने अनि समयमा नआएकोले नविकरण नगरिएको भनेर अफवाह फैलाउने कोसिस गर्नु कहाँसम्मको मूर्खता हो ? भन्नुहुन्छ पार्षद खुबनाथ दुलाल । मैले सयौं पटक कल गरें, कयौं पटक महासंघको कार्यालयमा आफैं गएँ तर सम्पर्क गर्न सकिनँ । के मैले उहाँहरुले लगाएको आरोप स्वीकारेर बस्नुपर्ने हो ? भन्नुहुन्छ पार्षद बसन्त श्रेष्ठ ।
यावत् सवालको जवाफ सरोकारवाला व्यक्तिसँग नभएको ३६औं र ३७औं बैठकको निर्णयको विपक्षमा मत जाहेर गर्ने कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको एक मत छ । उहाँहरुको एउटै तर्क थियो, हामीलाई झुक्याउने काम भयो । हामीले पटक–पटक विधिसम्वत् आएका साथीहरुको नविकरण किन नगरेको भन्दा अर्काे वर्ष गरौंला भन्दै हामीलाई लंगार्ने काम भयो । अन्ततः आएर आलोचनाको भारी बोकाउन पुग्नुभयो । यो विषयमा अत्यन्तै दुःख लागेको छ, उहाँहरुको गुनासो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0