Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब कसको भरोसा गर्ने ?

प्रभातफेरी अनलाइन ३७०८ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (२ साल अघि)
अब कसको भरोसा गर्ने ?

नियमन गर्ने निकाय नै घात प्रतिघातको खेलमा उत्रिन्छ भने कलम चलाउने कसको भरोसा गर्ने ? सवाल जटिल बनेर आएको छ ।
कुनै समय सञ्चारकर्मी भनेपछि इज्जत, प्रतिष्ठा र सम्मानको लेखाजोखा थिएन तर अहिले पत्रकार भनेर सामाजिक रुपमा परिचय दिँदा नाक नखुम्चाउने कमै मात्र भेट्न सकिन्छ । खुल्ला रुपमा आफ्नो परिचय राख्न पनि हिच्किचाउनु पर्ने अवस्था आउनुमा दोषी को ? अनियमितताका विरुद्ध खरो उत्रने निकाय भनेर चिनिने कलमजीविहरुमै विचलन आएको भन्दा अनौठो मान्नुपर्ने अवस्था रहेन । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सदस्यता नविकरणका विषयमा पेश गरेको विभेदले धेरै सवालहरु यो क्षेत्रमा लाग्नेहरुका लागि उठाइदिएको छ । महासंघको गत ३६औं र ३७औं बैठकमा जुन किसिमका दृश्यहरु जुटे, त्यसले पक्कै पनि सरोकारवालाहरुलाई घच्घच्याएको हुनुपर्छ । जुन आरोप लागेर बाहिरिन पुगेका सदस्यहरु न्यायका लागि सम्बन्धित निकायमा गुहार माग्न पुगेका छन् । यसले के पुष्टि गर्छ, सो सम्बन्धमा सम्बन्धित पक्ष नै जानकार राख्छ । जुन किसिमको गुनासो सहित सरोकारवाला निकायमा पुगे, त्यसले के महासंघलाई उहाँहरुले अपेक्षा गरेकै हुन् त ? जसको कारण सरोकारवाला निकायले महासंघ शाखासँग स्पष्टिकरण मागेको सुनिन आएको छ तर महासंघ शाखाले पुरानै निर्णयलाई दोहो¥याउँदै प्रतिवेदन पठाएको भन्ने सुनिएको छ । के ति सदस्यहरुले महासंघको विधि विधान तोडेकै हुन् ? पत्रकारिता क्षेत्रमा आँच पु¥याएकै हुन् ? नत्र किन त्यस किसिमको तल्लो स्तरको व्यवहार उहाँहरुप्रति गरियो ! पटक–पटक एउटै दृष्टिकोणमा राखेर दाँज्नु न्याय संगत हो ? यो गम्भीर विषय भएको छ । यस्ता खाले व्यवहारले अब पेशाप्रति नै प्रश्न चिन्ह नउठाउला भन्न सकिन्नँ ।
फाँसीमा चढेको अपराधीलाई त अन्तिम इच्छा के छ भनी सोधनी हुन्छ तर यहाँ त पटक–पटक ढोका ढकढक्याउन पुगेका सदस्यहरुलाई अनर्गल लाञ्छना लगाएर पन्छाउने काम भएको छ । के यस किसिमको क्रियाकलापले पत्रकारहरुको आवाजको सम्बोधन हुन्छ ? हक, अधिकारका बारेमा न्याय पाइन्छ ? सोचनीय विषयका रुपमा हाम्रा अगाडि आएको छ । सयौं कल उठ्दैनन् । महासंघको ढोकामा भोटे ताल्चा ठोकिएको हुन्छ । उल्टै नीति र नियमको कुरा गरिन्छ, यो कहाँको नियम हो ? के नेपाल पत्रकार महासंघ काभ्रे शाखा स्वायत्त निकाय हो ? उसलाई कुनै विधि, कानून, ऐन लाग्दैन ? के विधिमा नगएको भए किन गुनासो पोख्न सरोकारवाला निकायसम्म पुग्यौं त हामी ? पिडितको गुनासो छ । आफ्नै कार्यसमितिलाई समेत गुमराहमा राख्न सफल हुनुभएकोमा नेतृत्वलाई सम्मान गर्नैपर्छ भन्छन् पिडितहरु । किनकी यदि गुमराहमा राखिएको थिएन भने उहाँहरुले नविकरणको लागि कागजात र नविकरण शुल्क लिनुहुने थिएन ।
यस किसिमको क्रियाकलापले अब नेपाल पत्रकार महासंघ काभ्रे शाखाप्रति प्रश्न चिन्ह खडा गर्दैन ? पछिल्लो समय महासंघले हामीप्रति जुन आरोप लगाउने कोसिस गरेको छ, त्यसप्रति गम्भीर बनेका छौं भन्छन् पिडितहरु । उहाँहरुको तितो आलोचना छ, महासंघका लागि यो फलामे चिउरा हुनेछ पार्षद जीवन खड्गीको तर्क छ । सम्पूर्ण कागजातसहित रकम सहित बुझिलिने अनि समयमा नआएकोले नविकरण नगरिएको भनेर अफवाह फैलाउने कोसिस गर्नु कहाँसम्मको मूर्खता हो ? भन्नुहुन्छ पार्षद खुबनाथ दुलाल । मैले सयौं पटक कल गरें, कयौं पटक महासंघको कार्यालयमा आफैं गएँ तर सम्पर्क गर्न सकिनँ । के मैले उहाँहरुले लगाएको आरोप स्वीकारेर बस्नुपर्ने हो ? भन्नुहुन्छ पार्षद बसन्त श्रेष्ठ ।
यावत् सवालको जवाफ सरोकारवाला व्यक्तिसँग नभएको ३६औं र ३७औं बैठकको निर्णयको विपक्षमा मत जाहेर गर्ने कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको एक मत छ । उहाँहरुको एउटै तर्क थियो, हामीलाई झुक्याउने काम भयो । हामीले पटक–पटक विधिसम्वत् आएका साथीहरुको नविकरण किन नगरेको भन्दा अर्काे वर्ष गरौंला भन्दै हामीलाई लंगार्ने काम भयो । अन्ततः आएर आलोचनाको भारी बोकाउन पुग्नुभयो । यो विषयमा अत्यन्तै दुःख लागेको छ, उहाँहरुको गुनासो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0