Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकारको गैर जिम्मेवारी गतिविधिप्रति महासंघको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन ६२३२ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (५ साल अघि)
सरकारको गैर जिम्मेवारी गतिविधिप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं/विभिन्न सञ्चारगृह र सूचना विभागद्वारा सञ्चारकर्मीहरुप्रति गरिएको विभेदपूर्ण गतिविधिका बारेमा नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै उक्त क्रियाकलापहरु तत्काल बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय सञ्चारगृहले पत्रकारहरुमाथि गरेको विभेदपूर्ण त्रुटिलाई सच्याउन र यो गम्भीर अवस्थामा खेलेको भूमिकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको र यसलाई निरन्तरता दिइदै जाने हो भने बाध्य भएर सञ्चारगृहका विरुद्ध आन्दोलनको विकल्प नभएको बताएको छ ।
मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, कोरोना सक्रमणको बहानामा विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने जस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघले पटक पटक सम्वन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदै आएको छ । महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह समस्या समाधानप्रति गम्भीर नबन्दा ती सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएको बताइएको छ ।
दशैसम्मुख आइपुग्दासम्म श्रमजीवी पत्रकारहरू एकातिर कोरोनाको कहर र अर्कोतिर तलवविहीन बन्नुपर्दाको पीडाले आक्रान्त छन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्ने सरकार रमिते मात्र बनिरहेको छ । सञ्चार गृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको र न्याय दिनुपर्ने सरकार रमिते मात्रै बनिरहेको वर्तमान अवस्थामा श्रमजीवी पत्रकारहरूका अगाडि संघर्ष गर्नु बाध्यता बनिरहेको छ ।
श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलन मात्र विकल्प देखिएको अहिलेको अवस्थामा नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय समेत गरेको महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । महासंघ मातहतका सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न सञ्चार गृहका पीडित पत्रकारहरुले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति महासंघ जोडदार समर्थन र ऐक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट गर्दछ । पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चारगृहवाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी अग्रभागमा रहेर सञ्चारकर्ममा रहेकै कारण हालसम्म देशभर २ सय ५७ जना सञ्चारकर्मीहरू कोरोना संक्रमणबाट पीडित भएकोमा २ जनाको दुःखद निधन हुन पगेको छ । निधन भएका पत्रकारहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै लक्षणसहित संक्रमित हुन पुगेका पत्रकारहरूको उचित उपचारको प्रवन्ध मिलाउन सरकारसँग माग गर्दछ । कर्म क्षेत्रमा खटिने श्रमजीवी पत्रकारहरूलाई सम्भव भएसम्म घरबाटै काम गर्न वा कार्यालय तथा फिल्डमा खटिँदा प्रर्याप्त स्वास्थ्य सावधानी अपनाउन आह्वान गर्दछ । साथै, कोरोना संक्रमण तीब्र रुपले बढिरहेको अहिलेको अवस्थामा आमनागरिकको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकाले आमनागरिकलाई यो महामारीबाट सुरक्षित राख्न प्रभावकारी र उचित कदम चाल्न महासंघ सरकारसँग आग्रह गर्दछ । सम्पूर्ण पत्रकार र सञ्चार माध्यमलाई सक्रमण फैलन नदिन र नागरिकलाई सचेत बनाउन सत्यतथ्य र सचेतनामूलक सामग्री प्रवाह गर्न पनि महासंघले विज्ञप्तिमार्फत् सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
कोरोना सक्रमणका कारण उत्पन्न परिस्थितिबाट आर्थिक रूपमा संकटमा परेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई सम्बोधन गर्ने गरी सहुलियत र राहत प्रदान गर्न सरकारसँग माग गर्दछ । साथै, रोजगारी गुमाउन बाध्य बनाइएका पत्रकारलाई लेखनवृत्तिसहितका वैकल्पिक कार्यक्रममार्फत राहत दिन पनि महासंघले विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण सूचना तथा प्रसारण विभागबाट हुने सञ्चारमाध्यमको दर्ता, नवीकरण, लोककल्याणकारी रकम भुक्तानी, पत्रकारको प्रेस पास वितरण तथा नवीकरण जस्ता कार्यमा असर परेको छ । यो अवस्थामा सञ्चार माध्यम र पत्रकारका समस्याप्रति समन्वय र सहजीकरण गर्नुको साटो विभागले पत्रकारहरुलाई थप दुःख दिने, हप्की दप्की गर्ने तथा बाहिर जिल्लाबाट आएका पत्रकारको समेत काम नगरी पटकपटक धाउन बाध्य पार्ने लगायतका गलत गतिविधिका विरुद्ध महासंघले ध्यानाकर्षण गराएको छ । महासंघ पेशागत कर्म निर्वाह सहजताका लागि महासंघ वा सम्वन्धित मिडिया हाउसबाट जारी प्रेस कार्डलाई मान्यता दिन आग्रह गर्दछ । साथै, मिडियाको दर्ता, नवीकरण तथा लोककल्याणकारी रकम भुक्तानी जस्ता काम स्थानीय तहबाटै मिलाउन समेत माग गरेको छ ।
हरेक वर्ष असार मसान्तभित्र हुनुपर्ने पत्रपत्रिकाको वगीकरणसम्बन्धी कार्य हालसम्म पनि हुन नसकेको बहानामा सञ्चारमाध्यमलाई गत साउनदेखि लोककल्याणकारी रकम भुक्तानी नदिइएकोमा महासंघको ध्यानाकर्षण भएको छ । महासंघ अविलम्ब पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गर्न, सञ्चार माध्यमले पाउने लोककल्याणकारी रकम नियमित भुक्तानी गर्न तथा सर्वोच्च अदालतको आदेश बमोजिम प्रमुख सञ्चारगृहमा पत्रकार कल्याण कोष स्थापना गर्न आग्रह गर्दछ ।
साथै, कोरोना संक्रमणको प्रभावले कम लगानीका साना मिडियाहरू धरासायी हुँदै गएकाले त्यसलाई जोगाउन मिडियाको वर्गीकरण तथा प्रदान गरिने सुविधामा थप सहुलियत दिन र समानुपातिक विज्ञापनको नीति कार्यान्वयनमा ल्याउन महासचिव विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0