Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटनमा फड्को मार्दै होटेल व्यवसायी

प्रभातफेरी अनलाइन ७८८५ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
पर्यटनमा फड्को मार्दै होटेल व्यवसायी

धुलिखेल/गत सोमबार काभ्रेको पर्यटकीय नगरी धुलिखेलमा रहेका होटल व्यवसायीहरुले आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर योजनाहरु पेश गरेका छन् । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि थला परेको काभ्रेको पर्यटन व्यवसाय पुनर्जीवित गर्न क्षेत्रीय होटल संघ (रेहान) काभ्रेको पहलमा विशेष गरी तीन वटा पर्यटकीय क्षेत्रलाई समेटेर प्याकेज ल्याएको छ ।

राजधानीको नजिकै रहेको पर्यटकीय नगरी धुलिखेलमा रहेका होटलहरुको व्यवसायलाई केही राहत दिने जमर्काे सहित प्याकेजका रुपमा आफूहरुले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने तीन प्याकेज ल्याएको संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले बताउनुभएको छ । रेहानले विशेष गरी परिवारलाई लक्षित गरेर गत आईतबार ति योजनाहरु सार्वजनिक गरेको बताएको छ । रेहानका अध्यक्ष श्रेष्ठका अनुसार अहिलेको संक्रमित अवस्थामा सम्पूर्ण आगन्तुक आन्तरिक पर्यटनहरुको स्वास्थ्यलाई ख्याल गर्दै नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्डलाई आत्मसात गरेर सेवा प्रवाह गरिने भेटमा बताएका छन् ।

त्यसैगरी रेहानकी महासचिव ज्योत्सना सैँजुले धुलिखेललाई पर्यटकीय हबको रुपमा विस्तार गर्ने योजनालाई कोभिडले केही पछि धकेले पनि अब विस्तारै अगाडि बढ्ने जमर्काे सहित फर ‘कल्चर एण्ड नेचर’, धुलिखेल फर ‘सुपर म्यान फिलिङ’ र धुलिखेल फर ‘तीनधारे झरना’ प्याकेज ल्याएको बताउनुभएको छ । सैँजुका अनुसार तीनै वटा प्याकेजलाई क्रमशः होटलहरुको सामिप्यतामा सम्बोधन गरेर लैजानेछौं । जसले आन्तरिक पर्यटनलाई बल पुग्ने विश्वास लिएका छौं । जसअन्तर्गत पहिलो प्याकेजमा धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’ मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको भेटमा बताउनुभएको छ ।

 

जुन प्याकेजहरु अन्तर्गत सिलसिलेवार रुपमा अगाडि जानेछन् । जसमा पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउने वित्तिकै वेलकम टि र सामान्य खाजाले स्वागत गरिनेछ । सोही साँझ धुलिखेलको लखनडबलीमा लाखे नाच देखाइनेछ, त्यसको भोलिपल्ट बिहान चिया वा कफी पिएर हजार सिँढीको हाइकिङ गर्दै धुलिखेलको देवीस्थानमा रहेको काली देवीको दर्शन तथा शान्ति वनमा रहेको बुद्ध मूर्तिको अवलोकनका साथै देवीस्थानबाट चारैतिरको मनोरम दृश्यावलोकन पश्चात काली देवी र बुद्ध मूर्तिको अवलोकनपछि होटलमा फर्कि ब्रेकफास्ट गराइनेछ र दिउँसोको खानापछि होटल छोड्नुपर्ने व्यवस्था मिलाएका छौं, सैंजूले भन्नुभयो ।

यसरी धुलिखेलको आन्तरिक पर्यटनसँगै होटल व्यवसायलाई मूर्त रुप दिन व्यवसायीहरु एक भएका हुन् । जसबाट धुलिखेलको रमणीय स्थलहरुमा आन्तरिक पर्यटनले फड्को मार्ने विश्वास रेहानले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0