पछिल्लो समय कोरोना भाइरसले गर्दा वैदेशिक रोजगार गुमेका कारण आफ्नो साहारा गिट्टि, ढुंगा र बालुवालाई लिएका छन् ।
मुलुकका अधिकांश गाउँपालिका, नगरपालिका लगायतका क्षेत्रमा यो समस्याको रुपमा देखिएको छ । विशेष गरी यो समस्यामा भारत गएर गुजारा टार्नेहरु नै निशाना बनेका छन् । अहिले ति पिडितहरु यो पेशालाई प्राथमिकतामा राखेर जीविकोपार्जन गरिरहेका छन् भन्नुहुन्छ डडेल्धुरा पोखरा निवासी महिला स्वास्थ्य स्वयंसेविका प्रियंका भाट । आफू प्रत्येक पिडितहरुको पिडाहरुमा सँगसँगै रहेका कारण पनि यो समस्यालाई नजिकैबाट पढ्ने मौका मिलेको उहाँको तर्क छ । सरकारले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सहुलियत ढंगबाट लगानी गर्ने भनिएता पनि उनीहरुले कुनै सुविधा नपाएका कारण नदी, किनारमा हजारौंको संख्यामा मजदुरी गरेर पेट पाल्नेहरु भेटिएका छन् भन्नुहुन्छ स्वयंसेविका भाट ।
विशेष गरी सूदुरपश्चिम र मध्य पश्चिमका हजारौं हजार श्रमिकहरु श्रमको खोजीमा भारत निर्भर पर्दै आएका छन् । कोभिड–१९ का कारण यसरी भारतमा रोजगारीका लागि गएका श्रमिकहरु बाध्य भएर स्वदेश फर्किएका छन् । उनीहरुका लागि सरकारको तर्फबाट उपयुक्त निकास दिन नसक्दा कति श्रमिकहरु त बाध्य भएर फेरि भारतै तर्फ मरे मरियोस् भन्दै लागे । बाँकी रहेकाहरु पनि घर न घाटका हुने अवस्था आएको यो गम्भीर स्थितिमा स्थानीय सरकारले ति पिडितहरुका लागि केही गरोस् भन्ने अपेक्षा रहेको स्वयंसेविका भाटले संवादमा बताउनुभएको छ । उहाँ थप्नुहुन्छ–पछिल्लो समय यो समस्या सूदुरपश्चिम र मध्य पश्चिम मात्र नभई सिंगो मुलुकमै जर्जर बन्दै आएको छ । यो गम्भीर अवस्थाका बारेमा हिजो राहत बोकेर टोलटोल दौडिनेहरु आज कहाँ छन् ? खोजीको विषय भएको छ भन्नुहुन्छ स्वयंसेविका भाट ।
यसरी बेरोजगारहरुको आश्रयस्थल बनेको नदी किनारा जसको आम्दानीले बालबच्चा, परिवार धान्न हम्मेहम्मे भएको छ । हिजो भारतमा मासिक बिसौं हजारको जागिर थियो, के गर्ने कोरोनाले सबै खोसिदियो । अहिले यहि इन्द्रावतीकै बगर रुग्नु परेको छ भन्छन् श्रमिक इन्द्र दनुवार । अब रुगाई पनि लामो होला जस्तो छैन । किनकी मेसिन नै नदीमा ल्याएर नदीजन्य वस्तु लोड गर्छन् । यसले हाम्रो पेशालाई धरासायी बनाइसकेको छ । यो अवस्थामा यो पेशा पनि धेरै दिन टिक्ला जस्तो लाग्दैन । आफ्नो भन्दा नि बालबच्चाको चिन्ता बढेको छ । ४÷४ जनाको सन्तान पाल्न त सकसै भएको छ सर भन्न पुग्छन् दनुवार ।
त्यस्तै दुखेसो आइपुग्छन् भीमटार निवासी माईलो दमाईको गुनासो छ– नदीमा मेसिन प्रयोग नगरिदिए हामीलाई राहत हुने थियो । नत्र हाम्रो रोजगारी मात्र गुम्दैन, बालबालिकाको मुखमा माड पनि लाग्दैन । त्यसैले हाम्रो रोजगारी गुम्ने निश्चित देखेका छौं । यसले हाम्रो मात्र नभई हाम्रा बालबालिकाको भविष्य पनि अनिश्चित भएको छ । यसतर्फ सरोकारवाला निकायले चासो दिए हुने थियो दमाईले दुखेसो पोखे ।
यो अवस्थामा नदीजन्यको उपयोगबाट को कतिले गुजारा चलाइरहेका छन् भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँहरु देखिएता पनि समस्त मजदुरहरुको विकराल समस्याको प्रतिबिम्ब हुन् यि वाक्यांशहरु । जसले नदीजन्य वस्तुको दोहनमा अहम् भूमिका निभाएका छन् उनीहरुले सोच्नु अवश्य पर्छ । ति प्रतिनिधि पात्रका अभिव्यक्तिलाई साथ लिने हो भने भू–धरातल मात्र नभई त्यसमा आश्रित हुने परिवारहरुको लामै लिष्ट संकटग्रस्त अवस्थामा हुनेछ । यो अवस्था आएको खण्डमा राज्यबाट सञ्चालित कयौं महत्वाकांक्षी योजनाहरुमाथि धक्का नलाग्ला भन्न सकिन्नँ । त्यसैले यस सम्बन्धी सरोकारवाला पक्षको ध्यान जान जरुरी छ । तसर्थ, नदीजन्य वस्तुको दोहनले निम्त्याउने संकटका बारेमा सचेत हुनु आजको पहिलो आवश्यकता देखिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |